गौशाला नगरपालिकाद्वारा बजारमा सरकारी जग्गा मिचेर बनाइएको घरहरु भत्काउन सुरु
निरन्जन कुमार साह
महोत्तरी , चैत्र २ गते
महोत्तरीको गौशालामा सरकारी जग्गा मिचेर बनाइएको घरहरु नगरपालिकाले भत्काउन सुरु गरेको छ । गौशाला नगरपालिका -५ बजार स्थित अनाधिकृत रुपमा सरकारी जग्गामा बनाइएको घर भत्काउन थालिएको हो । जस अनुसार आज नगरपालिकाले गौशाला -५ जल्पा मन्दिर स्थित रहेको सिकिन्दर चौरसियाको घर भत्काएको छ ।


गौशाला नगरपालिकामा सरकारी जग्गा (गाई गौशालाको जग्गा) मिचेर बनाइएको घरहरु २०७६ साल फाल्गुन १८ गते भुमि व्यवस्था सहकारी तथा गरिवि निवारण मन्त्रि पद्मा अर्यालले हेलिकप्टर चढी गौशालामा आएर करिब ३० ओटा घर टहराहरु डोर्जर लगाएर भत्काएकी थिइन् । जसमध्य ३ घर मात्र सुकुमबासी साबित भएको पदमा अर्यालको भनाई थियो तर अहिले ति घरहरु पुन: रुपमा बन्दै गएको छ ।

आज सहित लगाएर चौरसियाको घर तिन पटक सम्म भत्काइएको भन्दै उनि भन्छन , ‘ मेरो घर पटक पटक गरि ३ चोटी भत्काई सकेको छ । तर यहाँ बनेको अरु घरहरु नगरपालिकाले भत्काउन चासो लिएको छैन । पैसा र पावर भएका व्यक्तिहरुको घर जस्ताको त्यस्तै छ । हामी जस्तो निमुखा गरिबहरु मात्र नगरपालिकाको हेपाइमा पर्छौ । के नियम कानुन सबैको लागि समान हैन र ?’

चौरसियाले नगरपालिकाको यस्तो गतिविधिप्रति खेद प्रकट गरेका छन् । घैला बजार नजिक रहेको ठुला ठुला बिल्डिङहरु कसैले छुन पनि नसकेको उनको गुनासो छ । त्यहाँ पावरफुल व्यक्तिहरुको बसाइ रहेको उनि बताउछन् । साथै उनले आफ्नो मात्र नभएर सबैको घरहरु कानुन अनुरुप भत्किए आफुले न्याय पाए सरह हुने बताए ।
यता नगर प्रमुख डा. दिपेन्द्र महतोले बजार, स्वास्थ्य, शिक्षाको व्यवस्थापन र दिगो विकास गर्नको लागि यो कार्यको थालनी गरिएको बताए । कानुनको पालाना सबैले गर्नुपर्छ, उनले भने , ‘सरकारी जग्गाको संरक्षण गर्नु हाम्रो दायित्व हो । आज चौरसियाको घर भत्कियो भोली अनाधिकृत रुपमा बनाइएको अरुको पनि घर अवश्य भत्किने छ ।'
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
3 दिन पहिले
आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि
महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..
11 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
11 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
11 दिन पहिले
महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै
ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..
14 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
3 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
11 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
11 दिन पहिले
महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै
ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..
14 दिन पहिले
देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव
निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..
15 दिन पहिले
दिपावली सुरक्षित रूपमा मनाउन नगर प्रमुख डा. महतोको आग्रह
ममता शर्मा महोत्तरी, कार्तिक ३ गते । दिपावली पर्वको अवसरमा सम्पूर्ण नगरवासीहरुमा शुभकामना व्यक्त गर्दै महोत्तर..
17 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश ..

कमेन्ट गर्नुहोस्
view comments