संक्रमण पहिचानका लागि पीसीआर परीक्षण बढाउन र खर्च पारदर्शी बनाउन माग गर्दै युवाहरुले देश भर गरे प्रदर्शन

6 वर्ष पहिले प्रकाशित

(2077-02-29 B.S.)

1233 पटक देखिएको

 

 कोभिड–१९ रोकथाम र नियन्त्रणमा सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै राजधानी काठमाडौं, पोखरा, विराटनगर, चितवन र जनकपुरमा बिहीबार व्यापक प्रदर्शन भएको छ । संक्रमण पहिचानका लागि पीसीआर परीक्षण बढाउन र खर्च पारदर्शी बनाउन माग गर्दै युवाले स्वस्फूर्त प्रदर्शन गरेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा ३ दिनयता सरकारविरोधी आन्दोलन भइरहेको छ । युवाले बिहीबार पनि त्यस क्षेत्रमा प्रदर्शन गरे । भाटभटेनी–बालुवाटार सडकमा बिहान पौने ११ बजेतिर हातमा प्लेकार्ड बोकेका युवा एकाएक उत्रिएका थिए । उनीहरू निषेधित क्षेत्रतर्फ अघि बढेपछि प्रहरीले भीड हटाउन खोजेको थियो ।

तर भीड बढ्दै सडक ढाकिएपछि प्रहरीले गाडीबाटै पानीको फोहोरा हान्यो । भीड तितरबितर नभएपछि ११ सेल अश्रुग्यास प्रहार गरिएको थियो । केहीलाई लाठी प्रहार गर्दै प्रहरीले नियन्त्रणमा लिएको थियो । पानीको फोहोरा र लाठी प्रहारबाट केही घाइते भएका छन् ।

सरकारविरुद्ध चर्को नाराबाजीमा उत्रिएका उनीहरू २० देखि ३५ वर्ष उमेर समूहका थिए । ‘केपी ओली सरकार असफल’, ‘समाधान लकडाउन होइन, अब पुग्यो’ जस्ता नारा लेखिएका प्लेकार्डसहित उनीहरू आएका थिए । युवा दिनहुँजसो प्रदर्शनमा उत्रन थालेपछि बालुवाटार क्षेत्रमा प्रहरी तैनाथी बढाइएको छ । कान्तिपुर दैनिकमा खबर छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..

रोहित यादव  महोत्तरी,फाल्गुन १३ गते  । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..

18 दिन पहिले

बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..

  निरन्जन कुमार साह  महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..

19 दिन पहिले

नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..

महोत्तरी, फागुन ११ गते । रोहित यादव  नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..

20 दिन पहिले

महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..

जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते ।   महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..

21 दिन पहिले

महोत्तरी–१ मा उत्साहको लहर: गिरिराज मणि पोखरेलतर्फ बढ्द..

रोहित यादव महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी क्षेत्र नं. १ मा चुनावी माहोल दिनानुदिन तातिँदै गएको छ। गाउँ बस्त..

21 दिन पहिले

गौशाला–५ मा ढल निर्माण तथा सरसफाइ आयोजनाको शिलान्यास

निरन्जन कुमार साह  महोत्तरी, माघ २६ गते ।गौशाला नगरपालिका–५ मा ढल निर्माण तथा सरसफाइ आयोजनाको शिलान्यास कार्..

1 महीना पहिले

पीडितको घरमै पुगेर उम्मेदवार महतोको मानवीय पहल

  महोत्तरी ,माघ १३ गते । भ्रष्टाचारको अन्त्य र जनताको प्रत्यक्ष सेवा गर्ने प्रतिबद्धतासहित महोत्तरी क्षेत्र ..

2 महीना पहिले

निर्वाचन सुरक्षाका लागि महोत्तरीमा इजाजत प्राप्त हातहत..

निरन्जन कुमार साह  महोत्तरी, पुष २८ गते । जिल्ला प्रशासन कार्यालय महोत्तरीले आगामी २०८२ साल फागुन २९ गते हुने प्..

2 महीना पहिले

महोत्तरीमा केही दिनदेखि बिहान–साँझ बाक्लो हुस्सु, जनजी..

भाग्यरेखा ठाकुर, महोत्तरी ।महोत्तरी जिल्लामा केही दिनदेखि बिहान र साँझ बाक्लो हुस्सु लाग्न थालेपछि जनजीवन प्रभ..

2 महीना पहिले

कठै, यो चिसो

निरन्जन कुमार साह, महोत्तरी  कठै, यो चिसो केवल मौसमको कुरा होइन, यो राज्य, समाज र हाम्रो सामूहिक संवेदनशीलताको पर..

2 महीना पहिले

सहारा मल्टीपर्पस को–अपरेटिभ सोसाइटी लिमिटेड, गौशालाको ..

रोहित यादव पुस १७  गते, महोत्तरी महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा अवस्थित सहारा मल्टीपर्पस को–अपरे..

2 महीना पहिले