बर्दिबासमा रातुठाकुर मोक्ष धाम निर्माण हुदै
ममता शर्मा
महोत्तरी , चैत्र ८ गते
महोत्तरीको बर्दिबास नगरपालिका १ स्थित रातुठाकुर मोक्षधामले नमुना पर्यटकीय स्थलको रुपमा मोक्षेश्व्र मन्दिर निर्माण गर्ने भएको छ ।मोक्षधामको समितिले पर्यटकीय क्षेत्र विकास गर्नको लागि चन्दा संकलन गरि उक्त स्थलमा नमुना पोखरी , आर्यधाट , खानेपानीको धारा ,फुलबारी , मानिसहरुलाई बस्नको लागि बसाइ स्थल लगायत निर्माण हुने भएको हो ।

बर्दिबास नगरपालिका १ रातोपुल स्थित उत्तर पट्टि रहको ५ बिघा जग्गामा पर्यटकीय स्थल बन्न लागेको समितिका अध्यक्ष कृष्ण प्रसाद देवकोटाले जानकारी दिए । उक्त स्थलमा हाल मोक्षेस्वर मन्दिरको निर्माण भएको छ । मन्दिर भन्दा केहि पर तिर लास जलाउनको लागि ५ आर्य स्थलको निर्माण भएको छ । १ लाख ५० हजार लिटरको विशाल पानी ट्यांकीको निर्माण भएको छ । साथै शौचालय , फुलबारी , पोखरी लगायत अन्य कुराहरु निर्माण छिट्टै हुने उनले बताए ।

चन्दा संकलन गरि हालसम्म २ करोड रकमको लगानी उक्त स्थलमा भइसकेको र बाकी कुराहरुको निर्माणको लागि थप बजेट लाग्न सक्ने उनको भनाइ छ ।बर्दिबास नगरपालिकाले उक्त स्थल निर्माणको लागि हाल ६ लाख ६० हजार दिएको उनले जानकारी दिए ।

बर्दिबास नगरपालिका वडा न. १ , ४ , २ र १४ का वासिन्दाहरु यस स्थलमा आएर आराम , मनोरंजन गर्न पाओस भन्ने उद्देश्यले उक्त स्थलको निर्माण गर्न लागिएको देवकोटाले बताए । उनले भने , "यहाँ धेरै मानिसहरु आवतजावत गर्छन । उनीहरुलाई आराम गर्न , बस्न , शौचालयको सुविधा प्रदान गर्नको लागि यसको निर्माण गर्न लागेका हौ । पिकनिक स्थलको रुपमा पनि यसको विकास हुनेछ । मन्दिरको दर्शन पनि सर्वसाधारणले गर्न पाउनेछन् ।"
देवकोटाले मोक्षधाम समितिले निस्वार्थ रुपमा यस स्थलको सिर्जना गर्न लागिएको बताउदै यसमा सरसहयोग गर्ने इच्छा कोहि कसैलाई भएमा निर्धक्कसंग सम्पर्क गर्न अपिल समेत गरे ।

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..
3 दिन पहिले
गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..
महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला नगरपालिकाका कर्मचारीहरूले नगर प्रहरीमाथि भएको दुर्व्यवहारको विर..
4 दिन पहिले
सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..
गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..
13 दिन पहिले
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..
14 दिन पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
28 दिन पहिले
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..
3 दिन पहिले
सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..
गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..
13 दिन पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
28 दिन पहिले
भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..
महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..
2 महीना पहिले
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
3 महीना पहिले
रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..
रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..
3 महीना पहिले
गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..
महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला नगरपालिका..
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड..
कमेन्ट गर्नुहोस्
view comments