बर्दिबासमा रातुठाकुर मोक्ष धाम निर्माण हुदै

3 वर्ष पहिले प्रकाशित

(2079-12-08 B.S.)

2001 पटक देखिएको

ममता शर्मा 
महोत्तरी , चैत्र ८ गते 

महोत्तरीको बर्दिबास नगरपालिका १ स्थित रातुठाकुर मोक्षधामले नमुना पर्यटकीय स्थलको रुपमा मोक्षेश्व्र मन्दिर निर्माण गर्ने भएको छ ।मोक्षधामको समितिले पर्यटकीय क्षेत्र विकास गर्नको लागि चन्दा संकलन गरि उक्त स्थलमा नमुना पोखरी , आर्यधाट , खानेपानीको धारा ,फुलबारी , मानिसहरुलाई बस्नको लागि बसाइ स्थल लगायत निर्माण हुने भएको हो ।

बर्दिबास नगरपालिका १ रातोपुल स्थित उत्तर पट्टि रहको ५ बिघा जग्गामा पर्यटकीय स्थल बन्न लागेको समितिका अध्यक्ष कृष्ण प्रसाद देवकोटाले जानकारी दिए । उक्त स्थलमा हाल मोक्षेस्वर मन्दिरको निर्माण भएको छ । मन्दिर भन्दा केहि पर तिर लास जलाउनको लागि ५ आर्य स्थलको निर्माण भएको छ । १ लाख ५० हजार लिटरको विशाल पानी ट्यांकीको निर्माण भएको छ । साथै शौचालय , फुलबारी , पोखरी लगायत अन्य कुराहरु निर्माण छिट्टै हुने उनले बताए ।

चन्दा संकलन गरि हालसम्म २ करोड रकमको लगानी  उक्त स्थलमा भइसकेको र बाकी कुराहरुको निर्माणको लागि थप बजेट लाग्न सक्ने उनको भनाइ छ ।बर्दिबास नगरपालिकाले उक्त स्थल निर्माणको लागि हाल ६ लाख ६० हजार दिएको उनले जानकारी दिए ।

बर्दिबास नगरपालिका वडा न. १ , ४ , २ र १४ का वासिन्दाहरु यस स्थलमा आएर आराम , मनोरंजन गर्न पाओस भन्ने उद्देश्यले उक्त स्थलको निर्माण गर्न लागिएको देवकोटाले बताए । उनले भने , "यहाँ धेरै मानिसहरु आवतजावत गर्छन । उनीहरुलाई आराम गर्न , बस्न , शौचालयको सुविधा प्रदान गर्नको लागि यसको निर्माण गर्न लागेका हौ । पिकनिक स्थलको रुपमा पनि यसको विकास हुनेछ । मन्दिरको दर्शन पनि सर्वसाधारणले गर्न पाउनेछन् ।"

देवकोटाले मोक्षधाम समितिले निस्वार्थ रुपमा यस स्थलको सिर्जना गर्न लागिएको बताउदै यसमा सरसहयोग गर्ने इच्छा कोहि कसैलाई भएमा निर्धक्कसंग सम्पर्क गर्न अपिल समेत गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

3 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

11 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

11 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

11 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

14 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

3 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

11 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

11 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

14 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

15 दिन पहिले

दिपावली सुरक्षित रूपमा मनाउन नगर प्रमुख डा. महतोको आग्रह

ममता शर्मा महोत्तरी, कार्तिक ३ गते । दिपावली पर्वको अवसरमा सम्पूर्ण नगरवासीहरुमा शुभकामना व्यक्त गर्दै महोत्तर..

17 दिन पहिले