बहुउद्देश्य भवन( कबर्ड हल) उद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न

3 वर्ष पहिले प्रकाशित

(2079-12-11 B.S.)

4953 पटक देखिएको

ममता शर्मा

महोत्तरी , चैत्र ११ गते

महोत्तरीको गौशालामा बहुउद्देश्य भवन ( कबर्ड हल ) को उद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।गौशाला नगरपालिका ४ जिरोमाइल स्थित निर्माण भएको कबर्ड हल उद्योग वाणिज्य संघ गौशालालाई आज हस्तान्तरण गर्नुको साथै उद्घाटन पनि गरिएको हो । मधेश प्रदेशका पुर्व गृह तथा संचार मन्त्रि भरत प्रसाद साह (हाल प्रदेश सभा सदस्य ) ले आज पर्दा हटाएर हलको उद्घाटन गरेका छन् ।

प्रदेश स्तरबाट बजेट विनियोजन गरि करिब ३ करोडको लागतमा निर्माण भएको उक्त हल मधेश प्रदेशकै नमुना कबर्ड हलको रुपमा स्थापित भएको छ  ।

उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा गौशाला नगरपालिका वडा न.४ का वडा अध्यक्ष रामु महासेठ , प्रदेश सभा सदस्य भरत प्रसाद साह , लोसपाका नगर अध्यक्ष देवनारायण महतो , उद्योग वाणिज्य संघको अध्यक्ष रामराजा प्रसाद साह , जनमत पार्टीको केन्द्रिय सदस्य विरेन्द्र महतो , इलाका प्रहरी कार्यालय गौशालाका प्रमुख मनोज कुमार यादव , शिक्षक संगठनको नगर अध्यक्ष ब्रिजेस महतो , नेता विष्णु लामा, सूर्यनारायण साह , पुर्व उपप्रमुख आशा लामा लगायत विभिन्न पार्टीका प्रतिनिधि , शिक्षक , व्यापारीहरु र जनसमुदायको सहभागिता रहेको थियो ।

कबर्ड हल हस्तान्तरण गर्दै पुर्व मन्त्रि साहले कबर्ड हल निर्माणका लागि आवश्यक सहयोग पुर्याउने सम्बन्धित सम्पूर्ण सरोकारवालालाई धन्यवाद ज्ञापन गरेका छन् ।हाल पूर्ण रुपमा निर्माण भइनसकेको हल स्थानीय स्तरमा चलाउनको लागि सटर निर्माण गरिने उनले बताए । उद्योग वाणिज्य संघलाई आम्दानीका निम्ति यसलाई अझै व्यवस्थित गर्नु आवश्यक रहेको उनको भनाइ छ । भवन सम्पूर्ण रुपमा निर्माण गरेर हस्तान्तरण गर्ने उद्देश्य रहेतापनि हलमा केहि क्षति पुगेकोले सुरक्षार्थ छिट्टै हस्तान्तरण गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

3 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

11 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

11 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

11 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

14 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

3 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

11 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

11 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

14 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

15 दिन पहिले

दिपावली सुरक्षित रूपमा मनाउन नगर प्रमुख डा. महतोको आग्रह

ममता शर्मा महोत्तरी, कार्तिक ३ गते । दिपावली पर्वको अवसरमा सम्पूर्ण नगरवासीहरुमा शुभकामना व्यक्त गर्दै महोत्तर..

17 दिन पहिले