वर्षको करोडौ आम्दानी भएको निगौल गाई गौशालामा खानाबिना मर्दै गाईहरु

4 वर्ष पहिले प्रकाशित

(2079-12-12 B.S.)

3794 पटक देखिएको

ममता शर्मा

महोत्तरी , चैत्र १२ गते

महोत्तरीको गौशालामा रहेको निगौल गाई गौशालाको अवस्था एकदमै जिर्ण बन्दै गएको छ । गौशाला नगरपालिका वडा न.३ र वडा न. ५ स्थित रहेको गौशालाको अवस्था कमजोर हुदै गएको छ । गाईहरुको संख्यामा कमि , कर्मचारीको तलब अभाव , संस्थामाथिको ऋण लगायतका कुराले निगौल गाई गौशालाको स्वरूप फेरिन सकेको छैन ।

बि.स.१९८३ मा स्थापना भएको निगौल गाई गौशाला नेपालकै पुरानो गौशाला हो निगौल गाई गौशाला व्यवस्थापन कार्यालयमा हाल १७६ ओटा गाई रहेको छ । गाईको सेवा तथा हेरचाहका लागि अहिले १२ जना कर्मचारी रहेको छ ।

राष्ट्रिय सहकारी बोर्डमार्फत संचालन हुदै आइरहेको गौशालाको बिगतमा भन्दा अहिले कहाली लाग्दो अवस्था रहेको हालको निमित्त कार्यालय प्रमुख वीर बहादुर चौधरीले बताए ।

एक वर्ष पहिला ५ सय गाई रहेकोमा हाल घटेर १७६ मात्र गाई रहेको चौधरीले बताए । गाईलाइ खुवाउनको लागि घास , चोकर , परालको आवश्यकता अनुसार पूर्ति नभएको कारणले मासिक दर्जनौ गाई मर्ने गरेको उनले बताए ।

खेत लिएका किसान , पोखरी ठेक्का लिएका ठेकदार , आप बगैचा ठेक्का लिएका ठेकेदार ,बजारमा रहेको सटर भाडामा लिएका व्यवसायीहरुले वर्षौदेखि पैसा नतिरेपछी गौशालाको गाईलाइ खानको लागि समेत अभाव भएको चौधरीले बताए। पैसाको लागि पटक पटक ताकेता गरेतापनि पैसा नदिने ,राजनीतिक दबाव दिने र अनेकौ धाकधम्कि समेत दिने गरेको उनको गुनासो छ । उनि भन्छन , "म आउनु भन्दा अगाडी १ कठ्ठा जग्गामा पनि घास थिएँन । म आए पछी ५ विघा जमिनमा होलिस्टन, बर्सिम घास र  साहिवल घास  लगाएको छु ।"

निगौल गाई गौशालाको करिब १४८ विघा जग्गा रहेकोमा १० विघा जग्गामा बागवानी , वर्ष लाखौ आम्दानी हुने पोखरी र गौशाला बजारमा रहेको सटरबाट वर्षको लाखौ आम्दानी आउने हुदा हुदै पनि विगत आर्थिक वर्षको लाखौ पैसा असुल हुन बाकी रहेको उनले बताए ।

एम . के. ट्रेडर्स बगैचाको ३ लाख ३८ हजार ,रामवृक्ष साह तेली ४ लाख ७५ हजार , महा लक्ष्मी खाद्य तथा विज भण्डार ६९ हजार , जय हनुमान गल्ला भण्डार ६८ हजार , शेष हस्मत अटो पार्ट सेन्टर १ लाख ९१ हजार , नेपाल रेडक्रस सोसाइटी ५३ हजार , सिकिन्दर मोटर साइकल वर्क सप ११ हजार ९ सय , साह किसान ट्रेडर्स ४९ हजार ३ सय , जनकपुर कान उपचार केन्द्र  ८ हजार ७ सय , खेतको मनखपबाट आ.व. २०७८ /०७९ को ३ लाख ९५ हजार र गौशाला नगरपालिका संग आ.व. २०७२ /०७३ को बाकी ६३ हजार ८ सय ४० र २०७३ /०७४ देखि हाल सम्मको रकम असुल उपर गर्न बाकी रहेको उनले जानकारी दिए ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

4 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

14 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

21 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

25 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले