गौशालामा मिटर ब्याजी र ठगी गर्ने साहुको बिरोधमा प्रदर्शन 

4 वर्ष पहिले प्रकाशित

(2079-12-19 B.S.)

5580 पटक देखिएको

निरन्जन कुमार साह 
महोत्तरी , चैत्र १९ गते 

महोत्तरीको गौशालामा  चक्रवृती तथा मिटर ब्याज लिने र ठग साहुलाई कारवाहीको माग गर्दै मिटर ब्याजी पिडितहरुले गौशाला बजारमा नाराबाजी गर्दै बिरोध प्रदर्शन गरेका छ्न । 

गौशाला नगरपालिका ९ बिषहरपुरको संघर्ष समिती र किसान  मजदुर संघर्ष समितिद्वारा आयोजना गरिएको विरोध प्रदर्शनमा  मिटर ब्याजी अनिरुद साह, गौरी साह ,लाल बती देवी र  लक्ष्मण साहलाई कारवाहीको माग गर्दै गौशाला बजारमा परिक्रमा गरि  गौशाला नगरपालिकालाइ ध्यान आकर्षण समेत गराइएको छ । 

जुलुसमा जाली तमसु रद्द गर, पिडितको जमिन फिर्ता गर , पत्रकारहरुले पिडितको समाचार लेख भन्दै नाराराबाजी गरेका छन ।  त्यस्तै लघुवित्तीय संस्थाहरुको ज्यादतिको विरुद्ध समेत बिरोध जनाएको छ । 

पिडितहरुले   'लिएको पैसा भन्दा बढी नै दिसकेको छु तर पनि साहुहरुले हाम्रो जग्गा जमिन आफ्नै नाममा राखि अरुलाइ  खरिद बिक्रि समेत गरेका छन' भनेर गुनासो गरेका छन् । 

साहुको कारण  आफ्नो पुरै सम्पति  दिईसके पनि ऋण  चुक्ता नभएको र  साहुले अनेक उपद्र, धाक धम्की दिने गरेको उनीहरुको भनाई छ  । 

प्रदर्शनमा सहभागी  मोहन महतो भने  “मैले अनुरुद साहसंग  दुइ लाख ऋण मात्र लिएको ऋणको  वापत पटक पटक गरि अहिले सम्म २८ लाख तिरी सके तर पनि मेरो ऋण चुक्ता भएको छैन । ” 

महतोले पिडितहरुले  देश व्यापी आन्दोलन गरेपनि सरकारले  उनीहरुलाइ कुनै पनि कारवाही नगरेको आरोप समेत लगाएका  छन । 

प्रदर्शन कर्ताहरुले पाँच  बुदे माग सहित काठमाडौं आजै जाने निर्णय समेत गरेका छन । 

यस्तो छ उनीहरुको पाँच बुंदे माग :-
नव सामन्तीको रुपमा स्थापित लाघुवितीय संस्थाहरु खारेज गर 
लाघुवितीय संस्थाहरु द्वारा लगाइएको सामुहिक ऋण , मिनाहा गर 
आम गरिब किसानहरुलाई नि:शुल्क ऋण प्रदान गर 
आवश्यकता र क्षमतामा आधारित काम र दामको ,व्यवस्था गर 
समाजवादी अर्थतन्त्रको ,विकास गर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

4 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

14 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

21 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

25 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले