गौशालामा एक महिलामाथि मरणासन्न हुने गरि कुटपिट , महिलाकर्मी र प्रहरी प्रशासन बेपरवाह

3 वर्ष पहिले प्रकाशित

(2079-12-20 B.S.)

8742 पटक देखिएको

गौशाला , चैत्र २० गते

गौशालामा एक महिलामाथि प्राणघाती कुटपिट भएको छ ।  आइतबार राती गौशाला नगरपालिका वडा न. ५ बजार स्थित रहेको लालेन्द्र मेडिकलको संचालक रामचन्द्र साहको बुहारीमाथि आफ्नै श्रीमान ससुरा र नन्दले मरणासन्न हुने गरि कुटपिट गरेका छन् ।  इलाका प्रहरी कार्यालय गौशालाले कुटपिट गर्ने ससुरा, श्रीमान र एक नन्द पक्राउ परेको छ भने अर्को नन्द तुलसी साह फरार रहेको जनाएको छ ।  त्यस्तै सोमबार बिहान एसइई परीक्षा दिनको लागि नन्द अर्चनालाई छोडेको इलाका प्रहरी कार्यालयका प्रमुख मनोज कुमार यादवले जानकारी दिएका छन् । 

ससुरा रामचन्द्र साह , श्रीमान् शैलेन्द्र साह , नन्द अर्चना र तुलसी साहले ति युवतिलाई ज्यान मार्ने उद्देश्यले कुटपिट गरेको गौशाला पोलिक्लिनिकमा हाल भर्ना भएकी पिडित युवतीले बताइन । 

पटक पटक आफ्ना श्रीमान , ससुरा र नन्दले आफुलाई सन्तान नपाएको भनेर अनेक यातना , हिँसा गर्ने गरेको उनको भनाइ छ ।  धेरै चोटी आफुलाई हिँसा गर्ने दोषीहरुलाई इलाका प्रहरी कार्यालय गौशालाले नियन्त्रणमा लिएपनि केहि बेरमै छोडदिने गरेको उनको भनाइ छ । 

महोत्तरी जिल्लामा धेरै महिलाकर्मी छन् तर वास्तिक समस्या आइपर्दा कोहि पनि अगाडी नबढ्ने गरेको उनको आरोप छ ।  महिलाको हकहितको लागि ओरेक नेपाल जस्ता संस्थाले उद्धारको कार्य गर्दै आइरहेपनि अहिले उनलाई कुनै पनि संस्थाले गुहार गर्दा पनि सहयोग नगरेको उनको गुनासो छ । 

ति युवतिको केहि दिन पहिला मात्र रामचन्द्र साहको कान्छो छोरा शैलेन्द्र साह सँग विवाह भएको हो ।  यस अघि बितेको असारमा जेठो छोरा लालेन्द्र साह सँग नै उनको विवाह भएको थियो ।  सन्तान उत्पादनको इच्छा जेठो श्रीमान बाट पुरा नभएपछी ससुरा र देवर (हालको श्रीमान ) ले जबर्जस्ति शारीरिक सम्बन्ध राख्दै आएका थिए । 

शारीरिक सम्बन्धको दबाव सहन नसकेपछी ति युवतीले केहि अगाडी इलाका प्रहरी कार्यालय गौशाला उजुरी दिएकी थिईन ।  त्यसपछी उनको विवाह फेरी लालेन्द्रको कान्छो भाई शैलेन्द्रसंग भएको थियो । 

विवाह भएको २४ घण्टा नबित्दै उनलाई नन्द , दुवै श्रीमान र ससुरा  मिलेर मरणासन्न हुनेगरि कुटपिट गरेका थिए ।  सो घटना पछी प्रहरीले  रामचन्द्र साहलाई पक्राउ गरेको थियो । तर केहि बेरमै छोडेको थियो।   

उनिमाथि ससुराली पक्षको परिवारले विवाह भएदेखि नै अनेक कुरामा हिँसा गर्दै आइरहेको युवतिको भनाइ छ । साथै उनले दोषीलाई कडा भन्दा कडा कारवाहीको माग समेत गरेकी छिन । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

3 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

11 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

11 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

11 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

14 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

3 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

11 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

11 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

14 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

15 दिन पहिले

दिपावली सुरक्षित रूपमा मनाउन नगर प्रमुख डा. महतोको आग्रह

ममता शर्मा महोत्तरी, कार्तिक ३ गते । दिपावली पर्वको अवसरमा सम्पूर्ण नगरवासीहरुमा शुभकामना व्यक्त गर्दै महोत्तर..

17 दिन पहिले