गौशालामा एक महिलामाथि मरणासन्न हुने गरि कुटपिट , महिलाकर्मी र प्रहरी प्रशासन बेपरवाह

4 वर्ष पहिले प्रकाशित

(2079-12-20 B.S.)

8846 पटक देखिएको

गौशाला , चैत्र २० गते

गौशालामा एक महिलामाथि प्राणघाती कुटपिट भएको छ ।  आइतबार राती गौशाला नगरपालिका वडा न. ५ बजार स्थित रहेको लालेन्द्र मेडिकलको संचालक रामचन्द्र साहको बुहारीमाथि आफ्नै श्रीमान ससुरा र नन्दले मरणासन्न हुने गरि कुटपिट गरेका छन् ।  इलाका प्रहरी कार्यालय गौशालाले कुटपिट गर्ने ससुरा, श्रीमान र एक नन्द पक्राउ परेको छ भने अर्को नन्द तुलसी साह फरार रहेको जनाएको छ ।  त्यस्तै सोमबार बिहान एसइई परीक्षा दिनको लागि नन्द अर्चनालाई छोडेको इलाका प्रहरी कार्यालयका प्रमुख मनोज कुमार यादवले जानकारी दिएका छन् । 

ससुरा रामचन्द्र साह , श्रीमान् शैलेन्द्र साह , नन्द अर्चना र तुलसी साहले ति युवतिलाई ज्यान मार्ने उद्देश्यले कुटपिट गरेको गौशाला पोलिक्लिनिकमा हाल भर्ना भएकी पिडित युवतीले बताइन । 

पटक पटक आफ्ना श्रीमान , ससुरा र नन्दले आफुलाई सन्तान नपाएको भनेर अनेक यातना , हिँसा गर्ने गरेको उनको भनाइ छ ।  धेरै चोटी आफुलाई हिँसा गर्ने दोषीहरुलाई इलाका प्रहरी कार्यालय गौशालाले नियन्त्रणमा लिएपनि केहि बेरमै छोडदिने गरेको उनको भनाइ छ । 

महोत्तरी जिल्लामा धेरै महिलाकर्मी छन् तर वास्तिक समस्या आइपर्दा कोहि पनि अगाडी नबढ्ने गरेको उनको आरोप छ ।  महिलाको हकहितको लागि ओरेक नेपाल जस्ता संस्थाले उद्धारको कार्य गर्दै आइरहेपनि अहिले उनलाई कुनै पनि संस्थाले गुहार गर्दा पनि सहयोग नगरेको उनको गुनासो छ । 

ति युवतिको केहि दिन पहिला मात्र रामचन्द्र साहको कान्छो छोरा शैलेन्द्र साह सँग विवाह भएको हो ।  यस अघि बितेको असारमा जेठो छोरा लालेन्द्र साह सँग नै उनको विवाह भएको थियो ।  सन्तान उत्पादनको इच्छा जेठो श्रीमान बाट पुरा नभएपछी ससुरा र देवर (हालको श्रीमान ) ले जबर्जस्ति शारीरिक सम्बन्ध राख्दै आएका थिए । 

शारीरिक सम्बन्धको दबाव सहन नसकेपछी ति युवतीले केहि अगाडी इलाका प्रहरी कार्यालय गौशाला उजुरी दिएकी थिईन ।  त्यसपछी उनको विवाह फेरी लालेन्द्रको कान्छो भाई शैलेन्द्रसंग भएको थियो । 

विवाह भएको २४ घण्टा नबित्दै उनलाई नन्द , दुवै श्रीमान र ससुरा  मिलेर मरणासन्न हुनेगरि कुटपिट गरेका थिए ।  सो घटना पछी प्रहरीले  रामचन्द्र साहलाई पक्राउ गरेको थियो । तर केहि बेरमै छोडेको थियो।   

उनिमाथि ससुराली पक्षको परिवारले विवाह भएदेखि नै अनेक कुरामा हिँसा गर्दै आइरहेको युवतिको भनाइ छ । साथै उनले दोषीलाई कडा भन्दा कडा कारवाहीको माग समेत गरेकी छिन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

4 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

14 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

21 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

25 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले