बाँके खोलामा अवैध उत्खनन, ईश्वरपुर नगरपालिका वेपरवाह

3 वर्ष पहिले प्रकाशित

(2079-12-23 B.S.)

4702 पटक देखिएको

महोत्तरी , २३ गते

महोत्तरी र सर्लाहीको सिमानामा अवस्थित रहेको बाँके खोलामा अवैध उत्खनन भइरहेको पाइएको छ । खोलामा अवैध रूपमा स्काइभेटरको प्रयोग गरेर बालुवा तथा खोलाजन्य पदार्थको उत्खनन हुदा पनि इश्वरपुर नगरपालिकाले वेवास्ता गरेको हो ।

गौशाला नगरपालिका र इश्वरपुर नगरपालिकाबीच आपसी समझदारीमा तोकिएको ठाँउबाट मात्र खोला उत्खनन गर्ने सहमति भए पनि अवैध रूपमा खोला उत्खनन भएको पाइएको छ। 

अवैध उत्खननको सूचना पाएपछी आज गौशाला नगरपालिकाको नगरप्रमुख डा. दिपेन्द्र महतोको टोलि सहित अनुगमनमा जादा नियम विपरित खोलामा अबैध उत्खनन भएको पाइएको हो ।

१ वर्ष गौशाला नगरपालिका र १ वर्ष इश्वरपुर नगरपालिकाले खोला ठेक्का लगाउने आपसी सहमति भएको छ । यसपालि इश्वरपुर नगरपालिकाले ठेक्का लगाउनुपर्ने भएकोले पालिकाले वेपरवाह रुपमा आवश्यकता भन्दा बढी र नियम विपरित अवैध उत्खनन गरेको पाइएको गौशाला नगरपालिकाको इन्जिनियर अजय कुमार यादवले बताए ।

विजय निर्माण सेवा बर्दिवास- १२ ले १ करोड ६ लाखमा खोला ठेक्कामा लिएको उनले जानकारी दिए ।

 

गौशाला नगरपालिका वडा न. १२ का वडा अध्यक्ष कुशेश्वर सिंहले इश्वरपुर नगरपालिकाको मिलोमतोमा यसरि अवैध उत्खनन भईरहेको बताए ।

बर्सेनि अवैध रूपमा खोलानालाहरू उत्खननले गर्दा स्थानीयहरू समस्यामा पर्न सक्ने नगर प्रमुख महतोको भनाइ छ। उनले यसरि इश्वरपुर नगरपालिका वेपरवाह हुनु अनुचित भएको बताए । उनले सार्वजनिक सम्पत्ति सबैको साझा सम्पत्ति रहेकोले यसको संरक्षण गर्नु स्थानीय सरकारको दायित्व रहेको बताए । साथै उनले यसरी अवैध उत्खनन गर्ने ठेकेदारहरुलाई कडा भन्दा कडा कारवाहीको लागि हदै सम्मको प्रयास गर्ने दावी समेत गरे ।

आज अवैध रुपमा उत्खनन गरिरहेका १० ओटा स्काइभेटरमध्य २ ओटालाई नियन्त्रणमा लिन खोज्दा ठेकेदार पक्षका करिब २ सय जना मान्छे भेला भइ स्काइभेटर ल्याउन नदिएपछी जनपद प्रहरी , सशस्त्र प्रहरी र नगर प्रहरीले स्काइभेटर खोलामै छोडेर फर्किएका छन् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..

गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..

3 दिन पहिले

गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..

महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला  नगरपालिकाका कर्मचारीहरूले नगर प्रहरीमाथि भएको दुर्व्यवहारको विर..

4 दिन पहिले

सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..

गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..

13 दिन पहिले

रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..

महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..

14 दिन पहिले

संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..

काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..

28 दिन पहिले

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..

गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..

3 दिन पहिले

सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..

गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..

13 दिन पहिले

संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..

काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..

28 दिन पहिले

भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..

महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..

2 महीना पहिले

गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..

गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..

3 महीना पहिले

रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..

रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..

3 महीना पहिले