बाँके खोलामा अवैध उत्खनन, ईश्वरपुर नगरपालिका वेपरवाह

3 वर्ष पहिले प्रकाशित

(2079-12-23 B.S.)

4599 पटक देखिएको

महोत्तरी , २३ गते

महोत्तरी र सर्लाहीको सिमानामा अवस्थित रहेको बाँके खोलामा अवैध उत्खनन भइरहेको पाइएको छ । खोलामा अवैध रूपमा स्काइभेटरको प्रयोग गरेर बालुवा तथा खोलाजन्य पदार्थको उत्खनन हुदा पनि इश्वरपुर नगरपालिकाले वेवास्ता गरेको हो ।

गौशाला नगरपालिका र इश्वरपुर नगरपालिकाबीच आपसी समझदारीमा तोकिएको ठाँउबाट मात्र खोला उत्खनन गर्ने सहमति भए पनि अवैध रूपमा खोला उत्खनन भएको पाइएको छ। 

अवैध उत्खननको सूचना पाएपछी आज गौशाला नगरपालिकाको नगरप्रमुख डा. दिपेन्द्र महतोको टोलि सहित अनुगमनमा जादा नियम विपरित खोलामा अबैध उत्खनन भएको पाइएको हो ।

१ वर्ष गौशाला नगरपालिका र १ वर्ष इश्वरपुर नगरपालिकाले खोला ठेक्का लगाउने आपसी सहमति भएको छ । यसपालि इश्वरपुर नगरपालिकाले ठेक्का लगाउनुपर्ने भएकोले पालिकाले वेपरवाह रुपमा आवश्यकता भन्दा बढी र नियम विपरित अवैध उत्खनन गरेको पाइएको गौशाला नगरपालिकाको इन्जिनियर अजय कुमार यादवले बताए ।

विजय निर्माण सेवा बर्दिवास- १२ ले १ करोड ६ लाखमा खोला ठेक्कामा लिएको उनले जानकारी दिए ।

 

गौशाला नगरपालिका वडा न. १२ का वडा अध्यक्ष कुशेश्वर सिंहले इश्वरपुर नगरपालिकाको मिलोमतोमा यसरि अवैध उत्खनन भईरहेको बताए ।

बर्सेनि अवैध रूपमा खोलानालाहरू उत्खननले गर्दा स्थानीयहरू समस्यामा पर्न सक्ने नगर प्रमुख महतोको भनाइ छ। उनले यसरि इश्वरपुर नगरपालिका वेपरवाह हुनु अनुचित भएको बताए । उनले सार्वजनिक सम्पत्ति सबैको साझा सम्पत्ति रहेकोले यसको संरक्षण गर्नु स्थानीय सरकारको दायित्व रहेको बताए । साथै उनले यसरी अवैध उत्खनन गर्ने ठेकेदारहरुलाई कडा भन्दा कडा कारवाहीको लागि हदै सम्मको प्रयास गर्ने दावी समेत गरे ।

आज अवैध रुपमा उत्खनन गरिरहेका १० ओटा स्काइभेटरमध्य २ ओटालाई नियन्त्रणमा लिन खोज्दा ठेकेदार पक्षका करिब २ सय जना मान्छे भेला भइ स्काइभेटर ल्याउन नदिएपछी जनपद प्रहरी , सशस्त्र प्रहरी र नगर प्रहरीले स्काइभेटर खोलामै छोडेर फर्किएका छन् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

3 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

11 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

11 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

11 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

14 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

3 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

11 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

11 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

14 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

15 दिन पहिले

दिपावली सुरक्षित रूपमा मनाउन नगर प्रमुख डा. महतोको आग्रह

ममता शर्मा महोत्तरी, कार्तिक ३ गते । दिपावली पर्वको अवसरमा सम्पूर्ण नगरवासीहरुमा शुभकामना व्यक्त गर्दै महोत्तर..

17 दिन पहिले