आरतीको हत्यारालाई कारवाहीको माग गर्दै गौशालामा आन्दोलनमा उत्रिए जनसमुदाय तथा महिला संजाल

3 वर्ष पहिले प्रकाशित

(2080-01-11 B.S.)

9585 पटक देखिएको

ममता शर्मा

महोत्तरी , बैशाख ११ गते

महोत्तरीको गौशालामा आरतीको हत्यारालाई कारवाहीको माग गर्दै जनसमुदाय तथा महिला संजालका व्यक्तिहरु  आन्दोलनमा उत्रिएका छन् । गत शुक्रबार राती विष सेवन गराई आरतिको हत्या गरेको आरोप लागेका  श्रीमान , नन्द र जेठाजुलाइ कडा भन्दा कडा कारवाहीको माग गर्दै गौशाला -४ रजखोरका जनताहरु आन्दोलनमा उत्रीएका हुन् ।

सोमबार गौशाला नगरपालिका वडा न.४ मल्हनिया पोखरी स्थित सडक खण्डमा सयौको संख्यामा विरोधमा उत्रिएका जनसमुदायले प्ले कार्ड बोकेर , टायर बालेर र करिब डेढ घण्टा सडक अवरुद्ध गरेर चर्को नारावाजी सहित प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागी जनसमुदायले दोषीलाई कारवाही गर , महिला विरुद्धको हिँसा बन्द गर , हत्यारालाइ सजाय दे ,फरार नन्दलाइ पक्राउ गर ,पिडितलाइ न्याय दे ,मृतकको बच्चालाइ संरक्षण दे  , उमेश साह मुर्दाबाद , आशा साह मुर्दाबाद ,जेठाजु बिनोद साहलाइ पक्राउ गर लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।

आरोपित उमेश साहलाइ पक्राउ गरेपनि नन्द आशा साह र जेठाजु विनोद साहलाई प्रहरीले पक्राउ नगरेकोले जनसमुदायले पक्राउ गर्नका निम्ति माग गरेका छन् ।

आन्दोलनको क्रममा स्थानीय र प्रहरीबीच झडप समेत भएको छ । झडपको क्रममा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक मनोज यादव सहित केहि प्रहरी र केहि जनसमुदाय सामान्य घाइते भएका थिए स्थिति नियन्त्रणमा लिनको लागि प्रहरीले १३ सेल अश्रु ग्याँस र ९ राउण्ड हवाई फायर समेत गरेको थियो ।

गत शुक्रबार गौशाला नगरपालिका वडा न. ४ रजखोर निवासी करिब ३८ वर्षीय श्रीमान उमेश साहले आफ्नै श्रीमतीलाइ कुटपिट गरि विष सेवनबाट मृतु भएको थियो । मृतक आरतिको बुबा बलि साहको अनुसार शुक्रबार श्रीमान र नन्द मिलेर आरतिलाइ मरणासन्न हुनेगरि कुटपिट गरि विष सेवन गराएका थिए। विष सेवनबाट घाइते आरतिलाई उपचारको लागि गौशालाको प्राथमिक स्वास्थ्य केन्द्रमा राति नै ल्याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछी बर्दिबासको साइमल्टी स्पेस्यालिटि ट्रमा सेन्टरमा उपचारको क्रममा युवतिको राति साढे १२ बजेको समयमा मृत्यु भएको चिकित्सकको भनाई छ ।

मृतक युवतिको  उमेश साहसंग विवाह भएको ६ वर्ष बितीसकेको छ  । उनको ३ वर्षीय छोरी र ७ महिनाको एक छोरा छ । श्रीमान र श्रीमतीविच वर्षौदेखि आपसी विवाद हुदै आइरहेको थियो।  श्रीमानले मृतक आरतिलाइ मन नपराएको र सोहि विषयलाइ लिएर पटक पटक कुटपिट ,झैँझगडा र विवाद हुने गरेको छरछिमेकको भनाइ छ  ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जलेश्वरमा रुख ढलेर टेम्पु दुर्घटना दुईको ज्यान गयो, चार ..

निरन्जन कुमार साह  महोत्तरी,बैशाख ५ गते । महोत्तरीको जलेश्वरमा  भएको टेम्पु दुर्घटनामा दुई जनाको मृत..

21 दिन पहिले

गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..

गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..

1 महीना पहिले

दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्करमाथि रहस्यमय आक्रमण

एजेन्सी, चैत्र १७ गते । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह क्षेत्रमा कुवेतको एक विशाल तेल ट्याङ्करमाथि राति..

1 महीना पहिले

राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुलमा पहिलो एसईई ..

निरन्जन कुमार साह महोत्तरी, चैत्र १४ गते । राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुल, गौशालामा “Farewell & Thanking Program&rdqu..

1 महीना पहिले

रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..

रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..

2 महीना पहिले

गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..

गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..

1 महीना पहिले

रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..

रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..

2 महीना पहिले

गौशालामा साहित्यकारहरु सम्मानित

रोहित यादव  महोत्तरी, चित्र ८ गते । गौशाला नगरपालिकाभित्र क्रियाशील साहित्यकारहरूलाई “बृढ्यौली साहित्य स..

2 महीना पहिले

वर्षाको पानीमा डुबेर महिलाको मृत्यु

बर्दिबास, चैत ७ गते । शुक्रबार रातभर परेको हावाहुरीसहितको वर्षाका कारण महोत्तरीको बर्दिबासमा एक महिलाको मृत्यु ..

2 महीना पहिले

सुनसरीमा मोटरसाइकल दुर्घटना: एक जनाको मृत्यु

सुनसरी,  चैत ३ गते । सुनसरीको बर्जु गाउँपालिका–२ मा गएराति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ..

2 महीना पहिले

तस्करीमार्फत नेपाल ल्याउँदै गरिएको १,८६० कार्टुन काँचो ..

रौतहट, चैत ३ बारा सीमासँग जोडिएको भारतीय क्षेत्रबाट अवैध रूपमा नेपालतर्फ भित्र्याउन लागिएको ठूलो परिमाणको काँच..

2 महीना पहिले