आरतीको हत्यारालाई कारवाहीको माग गर्दै गौशालामा आन्दोलनमा उत्रिए जनसमुदाय तथा महिला संजाल

3 वर्ष पहिले प्रकाशित

(2080-01-11 B.S.)

9508 पटक देखिएको

ममता शर्मा

महोत्तरी , बैशाख ११ गते

महोत्तरीको गौशालामा आरतीको हत्यारालाई कारवाहीको माग गर्दै जनसमुदाय तथा महिला संजालका व्यक्तिहरु  आन्दोलनमा उत्रिएका छन् । गत शुक्रबार राती विष सेवन गराई आरतिको हत्या गरेको आरोप लागेका  श्रीमान , नन्द र जेठाजुलाइ कडा भन्दा कडा कारवाहीको माग गर्दै गौशाला -४ रजखोरका जनताहरु आन्दोलनमा उत्रीएका हुन् ।

सोमबार गौशाला नगरपालिका वडा न.४ मल्हनिया पोखरी स्थित सडक खण्डमा सयौको संख्यामा विरोधमा उत्रिएका जनसमुदायले प्ले कार्ड बोकेर , टायर बालेर र करिब डेढ घण्टा सडक अवरुद्ध गरेर चर्को नारावाजी सहित प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागी जनसमुदायले दोषीलाई कारवाही गर , महिला विरुद्धको हिँसा बन्द गर , हत्यारालाइ सजाय दे ,फरार नन्दलाइ पक्राउ गर ,पिडितलाइ न्याय दे ,मृतकको बच्चालाइ संरक्षण दे  , उमेश साह मुर्दाबाद , आशा साह मुर्दाबाद ,जेठाजु बिनोद साहलाइ पक्राउ गर लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।

आरोपित उमेश साहलाइ पक्राउ गरेपनि नन्द आशा साह र जेठाजु विनोद साहलाई प्रहरीले पक्राउ नगरेकोले जनसमुदायले पक्राउ गर्नका निम्ति माग गरेका छन् ।

आन्दोलनको क्रममा स्थानीय र प्रहरीबीच झडप समेत भएको छ । झडपको क्रममा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक मनोज यादव सहित केहि प्रहरी र केहि जनसमुदाय सामान्य घाइते भएका थिए स्थिति नियन्त्रणमा लिनको लागि प्रहरीले १३ सेल अश्रु ग्याँस र ९ राउण्ड हवाई फायर समेत गरेको थियो ।

गत शुक्रबार गौशाला नगरपालिका वडा न. ४ रजखोर निवासी करिब ३८ वर्षीय श्रीमान उमेश साहले आफ्नै श्रीमतीलाइ कुटपिट गरि विष सेवनबाट मृतु भएको थियो । मृतक आरतिको बुबा बलि साहको अनुसार शुक्रबार श्रीमान र नन्द मिलेर आरतिलाइ मरणासन्न हुनेगरि कुटपिट गरि विष सेवन गराएका थिए। विष सेवनबाट घाइते आरतिलाई उपचारको लागि गौशालाको प्राथमिक स्वास्थ्य केन्द्रमा राति नै ल्याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछी बर्दिबासको साइमल्टी स्पेस्यालिटि ट्रमा सेन्टरमा उपचारको क्रममा युवतिको राति साढे १२ बजेको समयमा मृत्यु भएको चिकित्सकको भनाई छ ।

मृतक युवतिको  उमेश साहसंग विवाह भएको ६ वर्ष बितीसकेको छ  । उनको ३ वर्षीय छोरी र ७ महिनाको एक छोरा छ । श्रीमान र श्रीमतीविच वर्षौदेखि आपसी विवाद हुदै आइरहेको थियो।  श्रीमानले मृतक आरतिलाइ मन नपराएको र सोहि विषयलाइ लिएर पटक पटक कुटपिट ,झैँझगडा र विवाद हुने गरेको छरछिमेकको भनाइ छ  ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

3 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

11 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

11 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

11 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

14 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

3 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

11 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

11 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

14 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

15 दिन पहिले

दिपावली सुरक्षित रूपमा मनाउन नगर प्रमुख डा. महतोको आग्रह

ममता शर्मा महोत्तरी, कार्तिक ३ गते । दिपावली पर्वको अवसरमा सम्पूर्ण नगरवासीहरुमा शुभकामना व्यक्त गर्दै महोत्तर..

17 दिन पहिले