गौशालाका गंगा ठाकुरले बंगुर फर्मबाट लाखौं कमाउदै

2 वर्ष पहिले प्रकाशित

(2080-02-20 B.S.)

5102 पटक देखिएको

मनिषा शर्मा 
महोत्तरी , जेठ २० गते 

महोत्तरीको गौशाला नगरपालिका वडा न .४  निवासी  गंगा ठाकुरले बंगुर फर्मबाट महिनाको लाखौं आमदानी गर्ने गरेका छन   । ठाकुरको बंगुर फर्ममा अहिले ७२ ओटा बंगुर राखिएको  छ ।

यो भन्दा पहिला ठाकुर खाडी मुलुकमा  मासिक एक लाख कमाइरहेका थिए ।  तर जति कमाएपनि अरुको देशमा अरुकै इसारामा काम गर्नु  भनेको सजिलो नभएको उनि बताउछन् ।  उनि भन्छन , 'विदेशमा न  समय मा खाना हुन्थ्यो न  त  आराम नै ।  घरपरिवारलाइ छोडेर अरुको देश मा बस्नु भनेको धेरै नै गार्हो हो । करिव पाँच वर्ष पछी आफ्नै  देश फर्किए र ठाकुर कृषि तथा बंगुर पालन फर्म संचालन गरे मैले  ।'

अहिले बंगुर फार्मले घर परिवार चलाउन सहज भएको र छोरा छोरीलाइ पठन पाठन गराउन पनि कठिनाइ नभएको ठाकुरले बताए । उनले भने,  'अहिने बंगुर बेचेर महिनाको लाख जति आरामले आम्दानि गर्न सफल भएको छु ।  फार्ममा  प्रशस्त मात्रामा बंगुर पनि छ । म र मेरो परिवार सबै मिलेर बंगुरलाइ पालन पोशनमा जुटेका  छौ ।'

बंगुरले सालमा २ पल्ट बच्चा जन्माउने गर्छन । एउटा बंगुरले एक चोटीमा १५ देखि १८ वटा सम्म बच्चा जन्माउने गर्दछन । ४ /५ महिनाको एउटा बंगुरको बच्चा करिब पाँच हजार देखि लिएर आठ हजार सम्ममा बिक्ने  गर्दछन   । 

जस सन्तुष्ट ठाकुर भन्छन ,  'विदेश हैन स्वदेश नै राम्रो छ । यदि  हामीले चाह्यौ आफ्नै देशमा यस्तो खालका अनेक व्यवसाय गरेर लाखौ कमाउन सक्छौ ।  तर यहाँको युवाहरुमा त्यो जोस जागरण  छैन । अरुको देशमा गएर मिहिनेत गर्नु भन्दा  आफ्नै देशमा मिहिनेत गरेर बस्नु पर्छ । 

केहि वर्ष पहिला ऋणमा डुबेका ठाकुर अहिले बंगुर पालनबाट निकै लाभान्वित भएको बताउदै आफ्नो सम्पूर्ण आर्थिक समस्याहरुको समाधान भएको बताउछन् । साथै उनि यसरि नै   मधेशका युवाहरु स्वदेशमै मेहनत गर्न  अनुरोध पनि गर्दछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

3 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

11 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

11 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

11 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

14 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

3 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

11 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

11 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

14 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

15 दिन पहिले

दिपावली सुरक्षित रूपमा मनाउन नगर प्रमुख डा. महतोको आग्रह

ममता शर्मा महोत्तरी, कार्तिक ३ गते । दिपावली पर्वको अवसरमा सम्पूर्ण नगरवासीहरुमा शुभकामना व्यक्त गर्दै महोत्तर..

17 दिन पहिले