फेरी गौशालामा जल र ढल निकासको डिपीआर  हुन थाल्यो  

2 वर्ष पहिले प्रकाशित

(2080-02-32 B.S.)

5066 पटक देखिएको

Niranjan Kumar Sah

निरन्जन कुमार साह , महोत्तरी 

गौशाला नगरपालिका ५ स्थित मुख्य व्यापारी केन्द्रको रुपमा रहेको गौशाला बजारमा ढल र जल निकासको लागि फेरी डिपीआर हुने भए छ ।

जेष्ठ ३१ गते बुधबारका दिन गौशाला बजार स्थित खानेपानी तथा सरसफाई आयोजना पानीपोखरी काठमान्डौ र गौशाला नगरपालिकाको सहलगानिमा जल निकास आयोजना र ढल प्रशोधन केन्द्रको डिपीआर सुरुवात हुन थालिनिएको छ । यो काम करिव ३ महिना मा सम्पन्न हुने डिपीआर गर्न आएका टिमको इन्जिनियर अनुसार इमान महर्जनले बताए । डिपिआर सकेपछी करोडौको लगानी लाग्ने अनुमान रहेको र निर्माण अवधि करिव २ वर्ष हुने समेत उनले बताए ।

यो योजना सम्पन्न भए लगतै गौशाला बजारको ठुलो समस्या समाधान हुने गौशाला नगरपालिकाका नगरप्रमुख डा. दिपेन्द्र महतोको भनाइ छ । उनले भने, “आशा गरेको छु, गौशाला बजारका व्यापारीहरुको साथ र सहयोग पाउनेछु भन्ने विस्वास छ ।”

महोत्तरीको धेरै पुरानो बजार गौशाला बजार हो । पुर्वकाल देखि नै यो बजार विकसित हुदै आएको छ । कोसो दुरदेखि यो बजारमा व्यापारीहरु आउने गर्दछन् तर सरसफाईमा केहि परिवर्न नदेखेको व्यापारीहरुको  गुनासो समेत रहेको छ गौशाला बजार भित्र ढल र जल निकासको लागि पटक पटक  डिपीआर  भएपनि योजन नआएको उनीहरुको भनाई छ गौशाला बजारका एक व्यापारी भन्छन्, "यसपाली पनि डिपीआर मात्र हुनेको कि योजना पनि आउने हो विस्वास लाग्दैन । यो नेताहरुको भोट बैंक मात्र बनेको बजार हो ठुलो ठुलो सपना देखाउने अनि पदमा गएपछि वेवास्ता गर्ने प्रचलन नै रहेको देखिन्छ ।"

वर्षायाममा गौशाला बजारको केहि भाग जलमग्न हुने पानीको निकास नभएपछी यस्तो दु:ख वर्षौ देखि यहाँका जनसमुदाय भोग्दै आएका छन्  । बजारभित्र ढल निकाश नभएको कारण सेप्टी टंकीको फोहर, नालाको फोहर व्यवस्थित गर्न समस्या रहेको व्यापारीहरुको गुनासो रहेको छ ।

तिन तहको सरकार आएपनी विकाशको मुहान पुरानै रहेको देखिन्छ चुनावको बेला ‘म नै राजा , म नै   मन्त्रि’ छु जस्तो जनतालाई भ्रमित गरेपछी आफ्नो स्वार्थवादको राजनैतिक गर्ने मनसायका नेताहरुले गौशाला बजारको यस्तो अवस्था पुर्याएको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

3 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

11 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

11 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

11 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

14 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

3 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

11 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

11 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

14 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

15 दिन पहिले

दिपावली सुरक्षित रूपमा मनाउन नगर प्रमुख डा. महतोको आग्रह

ममता शर्मा महोत्तरी, कार्तिक ३ गते । दिपावली पर्वको अवसरमा सम्पूर्ण नगरवासीहरुमा शुभकामना व्यक्त गर्दै महोत्तर..

17 दिन पहिले