रामगोपालपुर नगरपालिकाले ल्यायो अनुमानित ४२ करोडको बजेट
निरन्जन कुमार साह
महोत्तरी , असार ९ गते
महोत्तरीको रामगोपालपुर नगरपालिकाको नवौ नगरसभा सम्पन्न भएको छ । शनिबार रामगोपालपुर नगरपालिका वडा न. ४ स्थित रहेको सामुदायिक भवनमा आ.व. २०८०/०८१ को लागि नीति तथा बजेट कार्यक्रम प्रस्तुत गरिएको हो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित पुर्व भौतिक पूर्वाधार तथा विकास मन्त्रि तथा वर्तमान प्रदेश सभा सदस्य सरोज कुमार यादवले पानसमा बत्ति बालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । सभामा नगर प्रमुख रामदुलार साहले नीति तथा बजेट कार्यक्रम प्रस्तुत गरेका थिए ।

सभामा प्रमुख साहले ४२ करोड ४ लाख २९ हजार ८ सय बराबरको अनुमातित बजेट प्रस्तुत गरेका हुन् । अघिल्लो आ. व. २०७९/०८० मा ४१ करोड ५४ लाख ४७ हजार ४ सय बजेट रहेको समेत उनले जानकारी गराए । पालिकाले कृषि ,स्वास्थ्य , शिक्षालाई लक्षित गर्दै नि:शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने , परामर्शसहितको स्वास्थ्य सेवा घरदैलोमा पुर्याउने , किसानहरुको खेतखेतमा विद्युतीयकरण गरि सिचाई व्यवस्था गर्ने , महिला स्वयंसेविकालाई प्रोत्साहनसहितको भत्ताको व्यवस्था गरिने , क्षयरोगमुक्त नगरपालिका घोषणा गराउने , स्वास्थ्य बिमा कार्यक्रम लयाउने , पूर्णखोप पालिका घोषणा गरिने , न्यायिक समितिमा सर्वसाधारण नागरिकको पहुचमा वृद्धि गर्ने लगायतका मुख्य रुपमा एक घर एक चापाकल लक्ष्य सहितको खानेपानी योजना ल्याउने नगरप्रमुख साहले जानकारी दिए ।


कार्यक्रममा नगर प्रमुख साह , प्रदेश सभा सदस्य सरोज कुमार यादव , पुर्व संविधान सभा सदस्य लालेन्द्र मण्डल , प्रमुख प्रशासकीय अधिकृत बिनोद कुमार मण्डल , पुर्व नगर प्रमुख अशोक मण्डल , पुर्व नगर उपप्रमुख , पालिकाको सम्पूर्ण शाखाका कर्मचारीहरु , कार्यपालिका सदस्य , वडा न.१ देखि ९ सम्मका वडा अध्यक्षहरु , वडा सदस्यहरुलगायत विभिन्न पार्टीका प्रतिनिधिहरु ,नागरिक अगुवाहरु , समाजसेवीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य दिदै प्रमुख प्रशासकीय अधिकृत बिनोद कुमार मण्डलले आफुले सम्पूर्ण कर्मचारीहरु एकजुट भएर अनुशासनपुर्वक विकासको कार्यमा अगाडी बढेको बताए । उनले कर्मचारीको अभाव भएतापनि पालिकाको विकास निर्माण कार्यमा सम्पूर्ण कर्मचारीको भूमिका महत्वपूर्ण रहेको जिकिर गरे ।

सभामा शुभकामना मन्तव्य दिदै प्रमुख अतिथि यादवले रामगोपालपुर नगरपालिकाले दलित , पिछडावर्ग , उत्पीडित वर्गका समुदायलाई प्राथमिकताका साथ समेटेर अगाडी बढ्न नगरप्रमुखलाई आग्रह गरेका छन् । दलितहरुको लागि आवसको व्यवस्था , शिक्षाको पहुच, रोजगारीको अवसर प्रदान गर्न उनले अनुरोध गरे । यादवले यस पालिकाले कृषिलाई विकासको प्रमुख आधार बनाउनुपर्ने धारणा राखे साथै उनले सम्पूर्ण वडामा माटो परिक्षण गरेर खेतीपातीका लागि योजना अगाडी सार्नुपर्ने सुझाव दिए । रामगोपालपुर नगरपालिकामा अवस्थित रहेको महोत्तरी जिल्लाको सबैभन्दा ठुलो पोखरी ‘सौतिनिया’ लाई सौन्दर्यकरण गरि पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा नगरप्रमुख साहले सम्पूर्ण पालिकाको कर्मचारी , कार्यपालिका सदस्य , वडा अध्यक्ष लगायत सम्पूर्णप्रति आभार व्यक्त गर्दै सबैको साथ र सहयोगको अपेक्षा गरेका छन् । उनले अघिल्लो आर्थिक वर्षभन्दा यसपालिको आर्थिक वर्षमा सबैलाई समेटेर अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरे । पालिकाको सम्पूर्ण निकायलाई भ्रष्टाचारमुक्त बनाउने र दलभन्दा माथि उठेर काम र विकास गर्ने बताए ।
नेपाल प्रहरीलाई मधेश सरकारले १२ वटा पिकअप सवारी साधन हस्..
निरन्जन कुमार साह महोत्तरी, भदौ ९ गते । मधेश प्रदेश सरकार, गृह, सञ्चार तथा कानून मन्त्रालयले सोमबार जनकपुरमा..
2 दिन पहिले
गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
4 दिन पहिले
गरिमा चौधरीका लागि गौशालामा श्रद्धाञ्जलि, दोषीमाथि कडा ..
महोत्तरी, भदौ ६ गते ।बाराको जितपुरसिमरा उपमहानगरपालिकाकी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको..
5 दिन पहिले
मधेशमा धान रोपाइँ ९७.७१ प्रतिशत सम्पन्न
निरन्जन कुमार साह महोत्तरी, साउन २९ गते मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। मधेश प्रदे..
13 दिन पहिले
गौशालामा ग्यासको अभाव नरहेको व्यवसायीहरुको दाबी
गौशाला, साउन २५ गते । देशभर एलपी ग्यासको अभाव भएको चर्चा चलिरहेका बेला महोत्तरीको गौशाला बजारमा ग्यासको अवस्था ब..
17 दिन पहिले
गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
4 दिन पहिले
गरिमा चौधरीका लागि गौशालामा श्रद्धाञ्जलि, दोषीमाथि कडा ..
महोत्तरी, भदौ ६ गते ।बाराको जितपुरसिमरा उपमहानगरपालिकाकी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको..
5 दिन पहिले
मधेशमा धान रोपाइँ ९७.७१ प्रतिशत सम्पन्न
निरन्जन कुमार साह महोत्तरी, साउन २९ गते मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। मधेश प्रदे..
13 दिन पहिले
गौशालामा ग्यासको अभाव नरहेको व्यवसायीहरुको दाबी
गौशाला, साउन २५ गते । देशभर एलपी ग्यासको अभाव भएको चर्चा चलिरहेका बेला महोत्तरीको गौशाला बजारमा ग्यासको अवस्था ब..
17 दिन पहिले
सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..
निरन्जन कुमार साह महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्..
1 महीना पहिले
सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..
महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..
2 महीना पहिले
गरिमा चौधरीका लागि गौशालामा श्रद्धाञ्जलि, दोषीमाथि कडा ..
महोत्तरी, भदौ ६ गते ।बाराको जितपुरसिमरा उपमहानगरपालिका..
गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्..
नेपाल प्रहरीलाई मधेश सरकारले १२ वटा पिकअप सवारी साधन हस्..
निरन्जन कुमार साह महोत्तरी, भदौ ९ गते । मधेश प्रदेश ..

कमेन्ट गर्नुहोस्
view comments