रामगोपालपुर नगरपालिकाले ल्यायो अनुमानित ४२ करोडको बजेट

2 वर्ष पहिले प्रकाशित

(2080-03-09 B.S.)

5824 पटक देखिएको

Niranjan Kumar Sah

निरन्जन कुमार साह

महोत्तरी , असार ९ गते

महोत्तरीको रामगोपालपुर नगरपालिकाको नवौ नगरसभा सम्पन्न भएको छ । शनिबार रामगोपालपुर नगरपालिका वडा न. ४ स्थित रहेको सामुदायिक भवनमा आ.व. २०८०/०८१ को लागि नीति तथा बजेट कार्यक्रम प्रस्तुत गरिएको हो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित पुर्व भौतिक पूर्वाधार तथा विकास मन्त्रि तथा वर्तमान प्रदेश सभा सदस्य सरोज कुमार यादवले पानसमा बत्ति बालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । सभामा नगर प्रमुख रामदुलार साहले  नीति तथा बजेट कार्यक्रम प्रस्तुत गरेका थिए ।

सभामा प्रमुख साहले ४२ करोड ४ लाख २९ हजार ८ सय बराबरको अनुमातित बजेट प्रस्तुत गरेका हुन् । अघिल्लो आ. व. २०७९/०८० मा ४१ करोड ५४ लाख ४७ हजार ४ सय बजेट रहेको समेत उनले जानकारी गराए । पालिकाले कृषि ,स्वास्थ्य , शिक्षालाई लक्षित गर्दै नि:शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने , परामर्शसहितको स्वास्थ्य सेवा घरदैलोमा पुर्याउने , किसानहरुको खेतखेतमा विद्युतीयकरण गरि सिचाई व्यवस्था गर्ने , महिला स्वयंसेविकालाई प्रोत्साहनसहितको भत्ताको व्यवस्था गरिने , क्षयरोगमुक्त नगरपालिका घोषणा गराउने , स्वास्थ्य बिमा कार्यक्रम लयाउने , पूर्णखोप पालिका घोषणा गरिने , न्यायिक समितिमा सर्वसाधारण नागरिकको पहुचमा वृद्धि गर्ने लगायतका मुख्य रुपमा एक घर एक चापाकल लक्ष्य सहितको खानेपानी योजना ल्याउने नगरप्रमुख साहले जानकारी दिए 

कार्यक्रममा नगर प्रमुख साह , प्रदेश सभा सदस्य सरोज कुमार यादव , पुर्व संविधान सभा सदस्य लालेन्द्र मण्डल , प्रमुख प्रशासकीय अधिकृत बिनोद कुमार मण्डल , पुर्व नगर प्रमुख अशोक मण्डल , पुर्व नगर उपप्रमुख , पालिकाको सम्पूर्ण शाखाका कर्मचारीहरु , कार्यपालिका सदस्य , वडा न.१ देखि ९ सम्मका वडा अध्यक्षहरु , वडा सदस्यहरुलगायत विभिन्न पार्टीका प्रतिनिधिहरु ,नागरिक अगुवाहरु , समाजसेवीहरुको सहभागिता रहेको थियो 

कार्यक्रममा स्वागत मन्तव्य दिदै प्रमुख प्रशासकीय अधिकृत बिनोद कुमार मण्डलले आफुले सम्पूर्ण कर्मचारीहरु एकजुट भएर अनुशासनपुर्वक विकासको कार्यमा अगाडी बढेको बताए । उनले कर्मचारीको अभाव भएतापनि पालिकाको विकास निर्माण कार्यमा सम्पूर्ण कर्मचारीको भूमिका महत्वपूर्ण रहेको जिकिर गरे ।

सभामा शुभकामना मन्तव्य दिदै प्रमुख अतिथि यादवले रामगोपालपुर नगरपालिकाले दलित , पिछडावर्ग , उत्पीडित वर्गका समुदायलाई प्राथमिकताका साथ समेटेर अगाडी बढ्न नगरप्रमुखलाई आग्रह गरेका छन् । दलितहरुको लागि आवसको व्यवस्था , शिक्षाको पहुच, रोजगारीको अवसर प्रदान गर्न उनले अनुरोध गरे । यादवले यस पालिकाले कृषिलाई विकासको प्रमुख आधार बनाउनुपर्ने धारणा राखे साथै उनले सम्पूर्ण वडामा माटो परिक्षण गरेर खेतीपातीका लागि योजना अगाडी सार्नुपर्ने सुझाव दिए । रामगोपालपुर नगरपालिकामा अवस्थित रहेको महोत्तरी जिल्लाको सबैभन्दा ठुलो पोखरी ‘सौतिनिया’ लाई सौन्दर्यकरण गरि पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने उनको भनाइ थियो 

कार्यक्रममा नगरप्रमुख साहले सम्पूर्ण पालिकाको कर्मचारी , कार्यपालिका सदस्य , वडा अध्यक्ष लगायत सम्पूर्णप्रति आभार व्यक्त गर्दै सबैको साथ र सहयोगको अपेक्षा गरेका छन् । उनले अघिल्लो आर्थिक वर्षभन्दा यसपालिको आर्थिक वर्षमा सबैलाई समेटेर अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरे  पालिकाको सम्पूर्ण निकायलाई भ्रष्टाचारमुक्त बनाउने र दलभन्दा माथि उठेर काम र विकास गर्ने बताए 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

3 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

11 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

11 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

11 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

14 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

3 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

11 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

11 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

14 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

15 दिन पहिले

दिपावली सुरक्षित रूपमा मनाउन नगर प्रमुख डा. महतोको आग्रह

ममता शर्मा महोत्तरी, कार्तिक ३ गते । दिपावली पर्वको अवसरमा सम्पूर्ण नगरवासीहरुमा शुभकामना व्यक्त गर्दै महोत्तर..

17 दिन पहिले