गौशालामा रहेको करिब २ दर्जन लघुवित्तिय संस्थाहरुमा तालाबन्दी, कर्मचारीहरु भागाभाग
निरन्जन कुमार साह
महोत्तरी , असार १७ गते
महोत्तरीको गौशाला बजारभित्र रहेको लघुवित्तिय संस्थाहरुमा संघर्ष समितिद्वारा तालाबन्दि गरिएको छ । आइतबार किसान मजदुर संघर्ष समितिले बजारभित्र रहेका लघुवित्तिय संस्थाहरुमा तोडफोड गरि ताल्चा लगाएका छन् । साथै लघुवित्तिय संस्थाका कर्मचारीहरु बैंकबाट समेत लखेटिएका छन् ।

संघर्ष समितिका संयोजक रामबाबु महतोको नेतृत्वमा पाच बुंदे मागसहित उनीहरुले आन्दोलन गरेका हुन् ।

आन्दोलनमा सहभागीहरुले नव सामन्तीको रुपमा स्थापित लघुवित्तिय संस्थाहरु खारेज गर , लघुवित्तिय संस्थाहरुद्वारा लगाइएको सामुहिक ऋण मिनहा गर , आम गरिव किसानहरुलाई नि :शुल्क ऋण प्रदान गर , आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था गर ,समाजवादी अर्थतन्त्रको विकास गर लगायत नाराबाजी गर्दै गौशाला बजार परिक्रमा गरि लघुवित्तिय संस्थाहरुमा तोडफोड गरेका छन् । तोडफोड भएपछी कतिपय संस्थाका कर्मचारीहरु भागे भने कतिपय संस्थाका कर्मचारीहरु कार्यालयभित्र थुनिएका छन् ।


आन्दोलनकारीहरुले बजार स्थित रहेको एन. आइ. सी. एसिया लघुवित संस्था लि. को पोस्टर च्यातेर ताल्चा लगाएका छन् ।
आन्दोलनमा लघुवित्तिय संस्थाबाट ऋण लिएका अधिकांस विपन्न दलित समुदाइका महिलाहरुको सहभागिता थियो । उनीहरुले माग पुरा नभएसम्म आन्दोलन जारी रहने दावी गरेका छन् । लघुवित्तिय संस्थाहरु घरघर पुगी महिलाहरुलाई अनेकौ बचत हुने लोभ दिएर समुहमा सम्मिलित गराई पछी ऋण लिन लगाई किस्ता तिर्न नसकेपछि अनेकौ धाक धम्कि दिने समेत गरेका ऋणी महिलाहरुले आरोप लगाएका छन् ।
संयोजक रामबाबु महतोले यो पहिलो चरणको आन्दोलन रहेको र यसपछि क र ख वर्गका बैंकहरुलाई ताल्चा लागाउने कार्यक्रम रहेको बताए । साथै घर मालिकलाई यस्तो लघुवित्तिय संस्थाहरुलाई घर खाली गराउन समेत चेतावनी दिएका छन् ।
यस सन्दर्भमा प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडीले यसरि लघुवित्तिय संस्थामा ताल्चा लगाई तोडफोड गर्नु गैरकानुनि भएको बताए । उनले यस्ता गतिविधि गर्नेलाई कानुनि दायरामा ल्याई कडा कारवाही गरिने समेत बताएका छन् । यदि लघुवित्तिय संस्थाहरुले उजुरी दिएमा यसरि अराजकता फैलाउने समिति र समुहलाई कारवाही गरिने जानकारी दिए ।



माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
3 दिन पहिले
आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि
महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..
11 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
11 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
11 दिन पहिले
महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै
ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..
14 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
3 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
11 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
11 दिन पहिले
महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै
ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..
14 दिन पहिले
देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव
निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..
15 दिन पहिले
दिपावली सुरक्षित रूपमा मनाउन नगर प्रमुख डा. महतोको आग्रह
ममता शर्मा महोत्तरी, कार्तिक ३ गते । दिपावली पर्वको अवसरमा सम्पूर्ण नगरवासीहरुमा शुभकामना व्यक्त गर्दै महोत्तर..
17 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश ..
कमेन्ट गर्नुहोस्
view comments