गौशालामा रहेको करिब २ दर्जन लघुवित्तिय संस्थाहरुमा तालाबन्दी, कर्मचारीहरु भागाभाग

3 वर्ष पहिले प्रकाशित

(2080-03-17 B.S.)

20865 पटक देखिएको

निरन्जन कुमार साह

महोत्तरी , असार १७ गते  

महोत्तरीको गौशाला बजारभित्र रहेको लघुवित्तिय संस्थाहरुमा संघर्ष समितिद्वारा तालाबन्दि गरिएको छ  । आइतबार किसान मजदुर संघर्ष समितिले बजारभित्र रहेका लघुवित्तिय संस्थाहरुमा तोडफोड गरि ताल्चा लगाएका छन्  । साथै लघुवित्तिय संस्थाका कर्मचारीहरु बैंकबाट समेत लखेटिएका छन्   ।

संघर्ष समितिका संयोजक रामबाबु महतोको नेतृत्वमा पाच बुंदे मागसहित उनीहरुले आन्दोलन गरेका हुन्   ।

आन्दोलनमा सहभागीहरुले नव सामन्तीको रुपमा स्थापित लघुवित्तिय संस्थाहरु खारेज गर , लघुवित्तिय संस्थाहरुद्वारा लगाइएको सामुहिक ऋण मिनहा गर , आम गरिव किसानहरुलाई नि :शुल्क ऋण प्रदान गर , आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था गर ,समाजवादी अर्थतन्त्रको विकास गर लगायत नाराबाजी गर्दै गौशाला बजार परिक्रमा गरि लघुवित्तिय संस्थाहरुमा तोडफोड गरेका छन्  । तोडफोड भएपछी कतिपय संस्थाका कर्मचारीहरु भागे भने कतिपय संस्थाका कर्मचारीहरु कार्यालयभित्र थुनिएका छन्  ।

आन्दोलनकारीहरुले बजार स्थित रहेको एन. आइ. सी. एसिया लघुवित संस्था लि. को पोस्टर च्यातेर ताल्चा लगाएका छन् ।

आन्दोलनमा लघुवित्तिय संस्थाबाट ऋण लिएका अधिकांस विपन्न दलित समुदाइका महिलाहरुको सहभागिता थियो  । उनीहरुले माग पुरा नभएसम्म आन्दोलन जारी रहने दावी गरेका छन्  ।  लघुवित्तिय संस्थाहरु घरघर पुगी महिलाहरुलाई अनेकौ बचत हुने लोभ दिएर समुहमा सम्मिलित गराई पछी ऋण लिन  लगाई किस्ता तिर्न नसकेपछि अनेकौ धाक धम्कि दिने समेत गरेका ऋणी महिलाहरुले आरोप लगाएका छन्   ।

संयोजक रामबाबु महतोले यो पहिलो चरणको आन्दोलन रहेको र यसपछि क र ख वर्गका बैंकहरुलाई ताल्चा लागाउने कार्यक्रम रहेको बताए  । साथै घर मालिकलाई यस्तो लघुवित्तिय संस्थाहरुलाई घर खाली  गराउन समेत चेतावनी दिएका छन्  ।

यस सन्दर्भमा प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडीले यसरि लघुवित्तिय संस्थामा ताल्चा लगाई तोडफोड गर्नु गैरकानुनि भएको बताए  । उनले यस्ता गतिविधि गर्नेलाई कानुनि दायरामा ल्याई कडा कारवाही गरिने समेत बताएका छन्  । यदि लघुवित्तिय संस्थाहरुले उजुरी दिएमा यसरि अराजकता फैलाउने समिति र समुहलाई कारवाही गरिने जानकारी दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

3 घन्टा पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

6 घन्टा पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

9 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

19 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले