अनुगमनको हल्लाले लगातार ३ दिनदेखि गौशाला बजार बन्द

3 वर्ष पहिले प्रकाशित

(2080-03-24 B.S.)

4742 पटक देखिएको

निरन्जन कुमार साह

महोत्तरी , असार २४ गते

महोत्तरीको गौशाला बजार ३ दिन देखि बन्द अवस्थामा रहेको छ ।  राजस्व कार्यालयबाट चेकजांच तथा अनुगमन गर्न कर्मचारी आउने भन्ने खबरले गौशाला बजारमा सबै पसलहरु बन्द भएका छन् ।   बजारमा बिहान केहिबेर पसलहरु खुलेपनि दिउँसोभरि पसल बन्द हुन्छन  । स्थायी लेखा नम्बर नलिएका र समयमा कर चुक्ता नगरेकाहरूले पसल बन्द गरेको एक व्यापारीले बताए । उनले यसमा उद्योग वाणिज्य संघको कमीकमजोरी रहेको आरोप लगाएका छन् । 

राजस्व कार्यालयको अनुगमन आउने हल्लाले गौशाला बजार लगातार ३ दिन देखि सुनसान छ ।  गौशाला बजार महोत्तरी जिल्लाको मुख्य व्यापारी केन्द्रको रुपमा रहेको छ ।  कोशौ दुरबाट खरिदविक्री गर्ने ग्राहकहरुको यहाँ आगमन हुने गर्दछ  तर तिन दिन देखि कोशौ दुरबाट आएका व्यक्तिहरु फर्केर जाने गरेका छन् ।  करिब १ हजार गाउँको खाधान्न आपूर्ति गर्ने गौशाला बजार ३ दिन देखि बन्द हुँदा करोडौको क्षति भएको छ ।  कर कार्यालयबाट अनुगमनमा आउने कर्मचारीले पसलको कागजात , मुल्य अभिवृद्धि कर तिरेको नतिरेको चेकजाँच गर्छ भन्ने डरले व्यापारीहरु पसल बन्द गरेर बसेका छन् । 

एक ग्राहकले कर तिर्नु अनिवार्य हो तर गौशाला बजारमा व्यापारीहरु अनुगमनको डरले पसल बन्द गर्नुले कर नतिरेको भन्ने प्रष्ट रुपमा बुझिएको बताए । 

गौशाला बजारमा उद्योग वाणिज्य संघ हुँदाहुदैँ पनि संघ नभएको जस्तो महसूश भएको व्यापारीहरुले आलोचना गरेका छन् ।  व्यापारीको साझा संस्था उद्योग वाणिज्य संघ भएपनि संघले यसबारेमा कुनै चासो नलिएको र संघका पदाधिकारीहरु आफ्नै तालमा हिडेको उनीहरुले गुनासो गरेका छन् ।  पदाधिकारीको कार्यकाल सकिएपनि पुरानै पदाधिकारी घिसिपिटी हिनिरहेको उनीहरुको भनाइ छ । 

यता यस सम्बन्धमा उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम प्रसाद साहले नविकरणको लागि पटक पटक सूचना निकालेपनि कुनै पनि व्यापारीले चासो नलिएको बताए ।  जसले गर्दा नयाँ पदाधिकारी चयनको परिस्थिति नबनेको उनको भनाइ छ ।  केहि व्यापारीहरुको कारण गौशाला उद्योग वाणिज्य संघ शक्ति विहिन ,सम्पर्कविहिन , नीतिनियम विहिन बनेकोले गौशाला बजार ३ दिन देखि अनुगमनको डर र त्रासले सुनसान भएको उनले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

3 घन्टा पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

6 घन्टा पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

9 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

19 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले