अनुगमनको हल्लाले लगातार ३ दिनदेखि गौशाला बजार बन्द
निरन्जन कुमार साह
महोत्तरी , असार २४ गते
महोत्तरीको गौशाला बजार ३ दिन देखि बन्द अवस्थामा रहेको छ । राजस्व कार्यालयबाट चेकजांच तथा अनुगमन गर्न कर्मचारी आउने भन्ने खबरले गौशाला बजारमा सबै पसलहरु बन्द भएका छन् । बजारमा बिहान केहिबेर पसलहरु खुलेपनि दिउँसोभरि पसल बन्द हुन्छन । स्थायी लेखा नम्बर नलिएका र समयमा कर चुक्ता नगरेकाहरूले पसल बन्द गरेको एक व्यापारीले बताए । उनले यसमा उद्योग वाणिज्य संघको कमीकमजोरी रहेको आरोप लगाएका छन् ।

राजस्व कार्यालयको अनुगमन आउने हल्लाले गौशाला बजार लगातार ३ दिन देखि सुनसान छ । गौशाला बजार महोत्तरी जिल्लाको मुख्य व्यापारी केन्द्रको रुपमा रहेको छ । कोशौ दुरबाट खरिदविक्री गर्ने ग्राहकहरुको यहाँ आगमन हुने गर्दछ तर तिन दिन देखि कोशौ दुरबाट आएका व्यक्तिहरु फर्केर जाने गरेका छन् । करिब १ हजार गाउँको खाधान्न आपूर्ति गर्ने गौशाला बजार ३ दिन देखि बन्द हुँदा करोडौको क्षति भएको छ । कर कार्यालयबाट अनुगमनमा आउने कर्मचारीले पसलको कागजात , मुल्य अभिवृद्धि कर तिरेको नतिरेको चेकजाँच गर्छ भन्ने डरले व्यापारीहरु पसल बन्द गरेर बसेका छन् ।
एक ग्राहकले कर तिर्नु अनिवार्य हो तर गौशाला बजारमा व्यापारीहरु अनुगमनको डरले पसल बन्द गर्नुले कर नतिरेको भन्ने प्रष्ट रुपमा बुझिएको बताए ।
गौशाला बजारमा उद्योग वाणिज्य संघ हुँदाहुदैँ पनि संघ नभएको जस्तो महसूश भएको व्यापारीहरुले आलोचना गरेका छन् । व्यापारीको साझा संस्था उद्योग वाणिज्य संघ भएपनि संघले यसबारेमा कुनै चासो नलिएको र संघका पदाधिकारीहरु आफ्नै तालमा हिडेको उनीहरुले गुनासो गरेका छन् । पदाधिकारीको कार्यकाल सकिएपनि पुरानै पदाधिकारी घिसिपिटी हिनिरहेको उनीहरुको भनाइ छ ।
यता यस सम्बन्धमा उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम प्रसाद साहले नविकरणको लागि पटक पटक सूचना निकालेपनि कुनै पनि व्यापारीले चासो नलिएको बताए । जसले गर्दा नयाँ पदाधिकारी चयनको परिस्थिति नबनेको उनको भनाइ छ । केहि व्यापारीहरुको कारण गौशाला उद्योग वाणिज्य संघ शक्ति विहिन ,सम्पर्कविहिन , नीतिनियम विहिन बनेकोले गौशाला बजार ३ दिन देखि अनुगमनको डर र त्रासले सुनसान भएको उनले बताए ।

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
3 दिन पहिले
आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि
महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..
11 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
11 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
11 दिन पहिले
महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै
ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..
14 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
3 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
11 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
11 दिन पहिले
महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै
ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..
14 दिन पहिले
देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव
निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..
15 दिन पहिले
दिपावली सुरक्षित रूपमा मनाउन नगर प्रमुख डा. महतोको आग्रह
ममता शर्मा महोत्तरी, कार्तिक ३ गते । दिपावली पर्वको अवसरमा सम्पूर्ण नगरवासीहरुमा शुभकामना व्यक्त गर्दै महोत्तर..
17 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश ..
कमेन्ट गर्नुहोस्
view comments