नेपाली पत्रकारिता क्षेत्रको जिउँदो इतिहासको रुपमा चिनिने   राजेश्वर नेपालीको निधन 

3 वर्ष पहिले प्रकाशित

(2080-05-12 B.S.)

2669 पटक देखिएको

महोत्तरी , भदौ १२ गते 
बरिष्ठ पत्रकार एवं प्रेस स्वतन्त्र सेनानी राजेश्वर नेपालीको निधन भएको छ ।लामोसमयदेखि बिरामी भएर थला परेका नेपालीको ७८ वर्षको उमेरमा जनकपुरधाम २३ लादोबेला स्थित निवासमा निधन भएको उनका छोरा राघवेन्द्र साहले जानकारी दिए । नेपाली पत्रकारिता क्षेत्रको जिउँदो इतिहासको रुपमा चिनिने नेपालीको निधन सोमबार साँझ ८ बजेर ५ मिनेटमा निधन भएको हो ।

उनको पार्थिव शरीरलाई  मंगलबार  बिहान १० बजे जनकपुरधामको नगरपरिक्रमा गराई जनकपुरधाम भएर बग्ने दुधमती नदीमा अन्त्येष्टि गरिने परिवारजनले जनाएको छ ।
समाचार लेखेकै कारण २०३६, २०३९ र २०४२ सालमा उनलाई तत्कालीन ब्यवस्थाले जेल हालेको थियो । २०३६ र २०३९ सालमा क्रमशः डेढ महिना जेल बसेका उनी २०४२ सालमा भने एक वर्ष जेल बसेका थिए । पत्रकारिता, साहित्य, सस्कृति र भाषाको क्षेत्रमा विशेष योगदान पु¥याउँदै आएका नेपालीले प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याए वापत प्रजातान्त्रिक सेनानीको रुपमा २०६५ मा अभिनन्दन गरिएको थियो ।
राजनीतिबाट प्रभावित उनलाई २०१७ सालमा राजा महेन्द्रले ‘कु’ गरेपछि विघटन भएको संसदका सदस्य सरोजप्रसाद कोइरालाले प्रजातन्त्र पुनः स्थापनाका लागि हतियार बन्द आन्दोलनमा सहभागी बन्न खुबै जोड गरे । तर आफू गान्धिवादी दर्शनबाट प्रभावित भएको भन्दै हतियार उठाएर होइन, कलम चलाएर आन्दोलनमा सहभागी बन्छु भनेर जवाफ दिए अनि लागे सक्रिय पत्रकारितामा !
नेपाली, मैथिली र हिन्दी साहित्यमा कलम चलाउँदै आएका नेपाली आफ्नो लेखनमा प्रजातन्त्र, मानवता, शान्ति र राष्ट्रप्रेमलाई प्राथमिकतामा राख्थे । उनले समाजको लागि परिवर्तनकारी सोच, सामाजिक रुपान्तरणको लागि कलम निरन्तर चलाउँदै आएका उनी सरल स्वभावका आदर्शमुखी थिए । उनी गान्धी विचारबाट प्रभावित भएर पोशाक पनि गान्धी कै जस्तो खादी र सुती लगाउथे ।
मैथिली साहित्यमा एमए गरेका नेपालीका २ छोरा ३ छोरी थिए तर पत्रकारितामै लागेका जेठो छोरा रविन्द्र साहको २९ वर्षकै अल्पआयुमा निधन भयो । जेठो छोरा रविन्द्रले प्रकाशन सुरु गरेको विश्व जागरण दैनिक हालसम्म पनि राजेश्वर नेपालीको संरक्षकणमा प्रकाशन भइरहेकै थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

2 दिन पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

2 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

10 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

21 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

28 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले