गौशाला रोडदेखि सम्सी सम्म होर्डिंग बोर्डको स्थापना

निरन्जन कुमार साह
महोत्तरी , भदौ १६ गते
महोत्तरीको गौशाला रोड देखि सम्सी सम्म सवारी दुर्घटना न्यूनीकरण सचेतना सम्बन्धि होर्डिंग बोर्ड स्थापना भएको छ । शनिबार गौशाला नगरपालिकाको नगर प्रमुख डा. दिपेन्द्र महतो , जिल्ला ट्राफिक कार्यालय महोत्तरी , इलाका प्रहरी कार्यालय गौशाला लगायत विभिन्न सहयोगीहरुद्वारा होर्डिंग बोर्डको स्थापना गरिएको हो ।
करिब ३ दर्जन सहयोगीहरुद्वारा सम्सी देखि गौशाला रोड सम्म जोडिने सडक खण्डमा ट्राफिक सचेतनाका लागि होर्डिंग बोर्ड लगाइएको हो । जसमा संचारकर्मीहरुले सबैभन्दा बढी सहयोग गरेका छन् ।
रि स्टार प्रेस गौशालाको आयोजनामा संचालन भएको कार्यक्रममा नगर प्रमुख डा. महतो , इलाका प्रहरी कार्यालय गौशालाका प्रमुख मनोज यादव , जिल्ला ट्राफिक कार्यालय महोत्तरीका प्रमुख रामभक्त भट्टराई ,विभिन्न संचारकर्मी , शिक्षकहरु लगायत विभिन्न जनसमुदायको सहभागिता रहेको थियो ।
कार्यक्रममा आफ्नो मन्तव्य दिदै नगर प्रमुख डा. दिपेन्द्र महतोले दुर्घटना हुनुमा ट्राफिक भन्दा बढी दोषी हामी स्वयं रहेको बताएका छन् । तिब्र गतिमा सवारीसाधन चलायो भने पक्कै दुर्घटना हुने सम्भावना बढी हुन्छ , उनले भने , "सवारी साधनको गति सिमित हुनुपर्दछ । सवारी साधन चलाउदा अनिवार्य हेल्मेट ,आवश्यक कागकाजहरु सँगै राख्नु पर्दछ। यसले हामीलाई फाइदा हुन्छ ।"
महतोले गौशाला नगरपालिकामा ट्राफिक नियमको अनिवार्य कडा रुपमा सबैजनाले पालना गर्नुपर्ने कुरामा जोड दिदै सबैलाई गति सिमित गरेर सचेतता पुर्वक सवारी साधन चलाउन आग्रह गरेका छन् ।
जिल्ला ट्राफिक कार्यालय महोत्तरीका प्रमुख रामभक्त भट्टराईले सरकारले लागु गरेको ट्राफिक नियम सबैले अनिवार्य रुपमा पालना गर्नुपर्नेमा जोड दिएका छन्। दुर्घटना प्राय सवारी चालकको हेलचेक्र्याइँले नै हुने गरेको बताउदै उनले भने , “ ट्राफिक नियम जनताको लागि नै हो । यसले जनतालाई सुरक्षित गर्दछ । तर कतिपय व्यक्तिले ट्राफिक नियमको पालना नगरी , तिब्र गतिमा चलाउने , एकछिन जाममा पर्यो भने हतार गरेर अन्य बाटोबाट जान खोज्ने , कागजपत्रहरु साथमा लिएर नहिड्ने गर्दछन । जसले गर्दा उनीहरुलाई नै समस्या सिर्जना हुन्छ । दुर्घटना हुन सक्छ ,नियम उल्लङ्घन गरेपछी जरिवाना तिर्नुपर्दछ । जनताको सेवामा दिनरात खट्ने प्रहरीले जनसमुदायको स्वास्थ्यको लागि यी नियमहरुको पालना कडाइका साथ गराउनु हाम्रो दायित्व हो । त्यसैले सबैले आ-आफ्नो जिम्मेवारी बुझौ र ध्यानपुर्वक सवारी साधन चलाऔ ।"
साथै भट्टराईले गौशाला रोड देखि सम्सी सम्मको होर्डिंग बोर्डले ठुलो सहयोग पुर्याउने विश्वास व्यक्त गर्दै सबैलाई ट्राफिक नियमको पालना गरि प्रहरीलाई सहयोग पुर्याउन अनुरोध गरेका छन् ।
नाई–ठाकुर समुदायका विद्यार्थीहरूको भव्य सम्मान समारोह ..
काठमाडौँ । नाई–ठाकुर समुदायका विद्यार्थीहरूको शैक्षिक उपलब्धिलाई सम्मान गर्ने उद्देश्यले स्वतन्त्र नाई संघ (..
1 दिन पहिले
गौर घटनाको षड्यन्त्रपूर्ण निर्णय विरुद्ध गौशालामा जसपा..
महोत्तरी, भदौं ८ गते । महोत्तरीको गौशालामा गौर घटनाको षड्यन्त्रपूर्ण निर्णय विरुद्ध जनता समाजवादी पार्टी जसप..
4 दिन पहिले
उखुको अनुदान भुक्तानीको माग गर्दै उखु किसानहरु आन्दोलि..
महोत्तरी, भदौं ८ गते । गत आर्थिक बर्षको उखुको अनुदान भुक्तानीको माग गर्दै उखु किसानहरुले काठमाडौं केन्द्रीत आ..
4 दिन पहिले
रामगोपालपुरमा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्..
महोत्तरी, भदौं ७ गते महोत्तरीको रामगोपालपुर नगरपालिका–५ को कंचननिया माई टोलमा शनिबार आयोजित विशेष कार्यक..
5 दिन पहिले
सोनमा गाउँपालिकामा १२५ वर्षका ज्येष्ठ नागरिक सेवा राय य..
रोहित यादव महोत्तरी, भदौं ७ गते ।महोत्तरीको सोनमा गाउँपालिका–८ शिवनगरका बासिन्दा सेवा राय यादवले जीवनको..

एमाले मधेस प्रदेशको विधान संशोधन सुझाव संकलन बैठक सम्पन..
महोत्तरी । नेकपा एमाले मधेस प्रदेश कमिटीले विधान संशोधन सुझाव संकलन कार्यक्रम सम्पन्न गरेको छ। भदौ ५ गते महोत्तर..
7 दिन पहिले
नाई–ठाकुर समुदायका लागि दिपक जंग ठाकुरको योगदान
काठमाडौं । मधेस समाजका विभिन्न वर्ग र समुदायबीच आफ्नो पह..
रामगोपालपुरमा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्..
महोत्तरी, भदौं ७ गते महोत्तरीको रामगोपालपुर नगरपाल..
गौशाला बजारबाट लाखौँको भन्सार छलीका सामान बरामद
निरञ्जन कुमार साहगौशाला, भदौ ५ गतेमहोत्तरीको गौशाला बजा..
उखुको अनुदान भुक्तानीको माग गर्दै उखु किसानहरु आन्दोलि..
महोत्तरी, भदौं ८ गते । गत आर्थिक बर्षको उखुको अनुदान भ..
कमेन्ट गर्नुहोस्
view comments