गौशाला रोडदेखि सम्सी सम्म होर्डिंग बोर्डको स्थापना
निरन्जन कुमार साह
महोत्तरी , भदौ १६ गते
महोत्तरीको गौशाला रोड देखि सम्सी सम्म सवारी दुर्घटना न्यूनीकरण सचेतना सम्बन्धि होर्डिंग बोर्ड स्थापना भएको छ । शनिबार गौशाला नगरपालिकाको नगर प्रमुख डा. दिपेन्द्र महतो , जिल्ला ट्राफिक कार्यालय महोत्तरी , इलाका प्रहरी कार्यालय गौशाला लगायत विभिन्न सहयोगीहरुद्वारा होर्डिंग बोर्डको स्थापना गरिएको हो ।
करिब ३ दर्जन सहयोगीहरुद्वारा सम्सी देखि गौशाला रोड सम्म जोडिने सडक खण्डमा ट्राफिक सचेतनाका लागि होर्डिंग बोर्ड लगाइएको हो । जसमा संचारकर्मीहरुले सबैभन्दा बढी सहयोग गरेका छन् ।
रि स्टार प्रेस गौशालाको आयोजनामा संचालन भएको कार्यक्रममा नगर प्रमुख डा. महतो , इलाका प्रहरी कार्यालय गौशालाका प्रमुख मनोज यादव , जिल्ला ट्राफिक कार्यालय महोत्तरीका प्रमुख रामभक्त भट्टराई ,विभिन्न संचारकर्मी , शिक्षकहरु लगायत विभिन्न जनसमुदायको सहभागिता रहेको थियो ।

कार्यक्रममा आफ्नो मन्तव्य दिदै नगर प्रमुख डा. दिपेन्द्र महतोले दुर्घटना हुनुमा ट्राफिक भन्दा बढी दोषी हामी स्वयं रहेको बताएका छन् । तिब्र गतिमा सवारीसाधन चलायो भने पक्कै दुर्घटना हुने सम्भावना बढी हुन्छ , उनले भने , "सवारी साधनको गति सिमित हुनुपर्दछ । सवारी साधन चलाउदा अनिवार्य हेल्मेट ,आवश्यक कागकाजहरु सँगै राख्नु पर्दछ। यसले हामीलाई फाइदा हुन्छ ।"
महतोले गौशाला नगरपालिकामा ट्राफिक नियमको अनिवार्य कडा रुपमा सबैजनाले पालना गर्नुपर्ने कुरामा जोड दिदै सबैलाई गति सिमित गरेर सचेतता पुर्वक सवारी साधन चलाउन आग्रह गरेका छन् ।
जिल्ला ट्राफिक कार्यालय महोत्तरीका प्रमुख रामभक्त भट्टराईले सरकारले लागु गरेको ट्राफिक नियम सबैले अनिवार्य रुपमा पालना गर्नुपर्नेमा जोड दिएका छन्। दुर्घटना प्राय सवारी चालकको हेलचेक्र्याइँले नै हुने गरेको बताउदै उनले भने , “ ट्राफिक नियम जनताको लागि नै हो । यसले जनतालाई सुरक्षित गर्दछ । तर कतिपय व्यक्तिले ट्राफिक नियमको पालना नगरी , तिब्र गतिमा चलाउने , एकछिन जाममा पर्यो भने हतार गरेर अन्य बाटोबाट जान खोज्ने , कागजपत्रहरु साथमा लिएर नहिड्ने गर्दछन । जसले गर्दा उनीहरुलाई नै समस्या सिर्जना हुन्छ । दुर्घटना हुन सक्छ ,नियम उल्लङ्घन गरेपछी जरिवाना तिर्नुपर्दछ । जनताको सेवामा दिनरात खट्ने प्रहरीले जनसमुदायको स्वास्थ्यको लागि यी नियमहरुको पालना कडाइका साथ गराउनु हाम्रो दायित्व हो । त्यसैले सबैले आ-आफ्नो जिम्मेवारी बुझौ र ध्यानपुर्वक सवारी साधन चलाऔ ।"
साथै भट्टराईले गौशाला रोड देखि सम्सी सम्मको होर्डिंग बोर्डले ठुलो सहयोग पुर्याउने विश्वास व्यक्त गर्दै सबैलाई ट्राफिक नियमको पालना गरि प्रहरीलाई सहयोग पुर्याउन अनुरोध गरेका छन् ।

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
1 घन्टा पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
4 घन्टा पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
9 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
19 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..

कमेन्ट गर्नुहोस्
view comments