सोनमा गाउँपालिकामा शिक्षकले उक्साएपछी विद्यार्थीले गरे आन्दोलन , प्रहरी र विद्यार्थी घाइते

3 वर्ष पहिले प्रकाशित

(2080-05-19 B.S.)

19444 पटक देखिएको

Niranjan Kumar Sah

निरन्जन कुमार साह

महोत्तरी , भदौ १९ गते 

महोत्तरीको सोनमा गाउँपालिकामा भएको शिक्षक सरुवाको विषयलाई लिएर विद्यार्थीहरु आन्दोलित भएका छन् । गाउँपालिकाले गरेको शिक्षक सरुवाको विरुद्धमा मंगलबार श्री सरस्वती जनता मा.वि सोनमा -२ का विद्यार्थीहरुले आक्रोशित हुदै पालिकामा चर्को विरोध प्रदर्शन गरेका हुन् ।

शिक्षक सरुवा हुनु भएन , राम्रो पढाइ दे , खानेपानीको व्यवस्था गर , शौचालयको सरसफाई गर लगायत विभिन्न नाराबाजी गर्दै सयौं विद्यार्थीहरुले चर्को प्रदर्शन गरेका छन् ।

शिक्षकले उक्साएपछी आन्दोलन गर्न बाध्य भएको सोही विद्यालयका कक्षा८ मा अध्ययनरत विद्यार्थी अहमद राजाले बताएका छन् । उनले भने , "तेज नारायण मण्डल, शत्रुधन यादव र सिकिन्दर सरले हामीलाई आन्दोलन गर्न उक्साएको हो । यी तिन ओटै सरले हाम्रो विद्यालयमा अध्यापनसँगै ट्युसन र कोचिंग पढाउँछन्  । त्यहि  मनसायले अर्को ठाउँमा जान नमानेर हामीलाई आन्दोलन गर भनेका थिए । हामीले आज शान्तिपूर्ण आन्दोलन गर्न आएका थियौ तर पालिकामा गापा अध्यक्षको आदेशमा एक विद्यार्थीलाइ ताल्चाले टाउको फुटाइदिए पछी आन्दोलन चर्कियो ।"

आन्दोलनमा गाउँपालिकाको भवन  ,गाउँपालिका अध्यक्ष चढ्ने गाडी , खैरबन्नी सशस्त्र प्रहरीको गाडी तोडफोड भएको छ । त्यस्तै २ वटा निजि प्लेटको मोटरसाइकल विद्यार्थीहरुले जलाएर नष्ट पारेका छन् ।

आन्दोलनको क्रममा ४ जना विद्यार्थी र ६ जना प्रहरी घाइते भएका छन् । सशस्त्र प्रहरीका जवान प्रकाशको टाउको फुटेको छ भने जनपदका फुलगेन मण्डल , सशस्त्र प्रहरी सौजलसहित ६ जना प्रहरी घाइते भएका छन् ।

आन्दोलनमा प्रहरी र विद्यार्थीबीच झडप हुँदा प्रहरीले १३ राउण्ड अश्रु ग्यास प्रहार गरेका थिए भने विद्यार्थी लगायत जनसमुदायले ढुंगामुढा प्रहार गरेका थिए । यस क्रममा प्रहरीले ४ जना गैर विद्यार्थी र २ जना विद्यार्थीलाई नियन्त्रणमा समेत लिएए इलाका प्रहरी कार्यालय गौशालामा ल्याइएको  छ ।

यस समबन्धमा पालिकाका अध्यक्ष विशेश्वोर प्रसाद यादवले अहिले शिक्षक सरुवा नगरेको बताए । उनले भने, "हामीले चर्चा मात्र चलाएका थियौं । विद्यार्थीहरु शान्तिपूर्ण रुपमा आन्दोलन गर्न आए तर यो आन्दोलनमा केहि हाम्रो विपक्षीहरुले घुसपेठ गरि शान्तिपूर्ण आन्दोलनलाइ क्रान्तिको रुप दिए । घुसपेठ गर्ने जोकोही भएपनि उनीहरुमाथि हामी मुद्दा चलाउने छौ ।"

पुर्व गा.पा अध्यक्ष राजकुमार यादवले हालको गाउँपालिका अध्यक्ष विशेश्वर प्रसाद यादवले अराजकता गर्दै मनपरि ढंगले शिक्षक सरुवा गरेको बताए । राम्रो राम्रो शिक्षक आफ्नो गाउँतिर र नराम्रो शिक्षक यताको गाउँमा सरुवा गरेको आरोप उनले लगाए । आन्दोलनमा प्रहरीको प्रयोग गरि सानो सानो विद्यार्थीलाई कुटपिट गरेकोप्रति घोर भत्सर्ना गर्दै दोषीमाथि कडा भन्दा कडा कारवाहीको माग समेत उनले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

1 घन्टा पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

4 घन्टा पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

9 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

19 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले