गौशालामा पालिकाले भत्काएको घर पुन: बनाउन खोजेपछी निर्माण कार्य रोक्न आदेश
ममता शर्मा
गौशाला , असोज १५ गते
महोत्तरीको गौशाला नगरपालिकाले केहि समय अगाडी भत्काएको घर पुन: बनाउन खोजेपछी निर्माण कार्य रोक्न आदेश दिएको छ । निगौल गाई गौशालाको नाममा रहेको गौशाला बजार क्षेत्रभित्रको सिकिन्दर कुमार चौरसियाको घर केहि समय अगाडी २०७९ साल फाल्गुन २९ गते पालिकाको नगर प्रहरीले भत्काएको थियो ।
चौरसियाले पालिकाले भत्काएको घर पुन: निर्माणको थालनी गरेका छन् । जसले गर्दा पालिकाले सोमबार पत्र काट्दै अनाधिकृत रुपमा जग्गामा घर निर्माण गर्न लागेकोले निर्माण कार्य तुरुन्त रोक्न निर्देशन दिएको छ । साथै ३ दिन भित्र जग्गा खाली गर्न आग्रह गरेको छ ।

नगरपालिकाद्वारा काटिएको पत्र सोमबार नगर प्रहरी टेक बहादुर लामाद्वारा सिकिन्दरलाई बुझाइएको छ । पत्र बुझ्दै सिकिन्दरले नगरपालिकाले त्यति सजिलैसँग घर भत्काउन नपाउने बताएका छन् ।उनले भने , "घर भत्काउनको लागि मलाइ पालिकाको होइन अदालतको आदेश चाहियो । यहाँ अन्य घरहरु पनि यस्ता छन् , जसले गाई गौशालाको जग्गामा घर बनाएर बसिरहेका छन् । मेरो बन्न लागेको घर भत्किन्छ भने अरुको पनि घर भत्किनुपर्यो ।"
चौरसियाले पालिकाले पटक पटक आफ्नो घर भत्काएकोले आफुमाथि अन्याय भएको गुनासो गरेका छन् । गौशाला बजारमा अनाधिकृत रुपमा जग्गा हड्पेर घर बनाएर वर्षौदेखि कयौं मानिसहरु बसोबास गर्दै आएका छन् तर धनि धनाढ्य भएर उनीहरुलाई केहि नगरेको र गरिव ,निमुखा जनताको घर भत्काउन लागेर पालिकाले खोक्रो शासन गरिरहेको उनले आरोप लगाएका छन् । उनले भने , "भुमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रि पद्मा अर्यालले मिति २०७६ फाल्गुन १९ गते गाई गौशालामा बनाएको ३० वटा घरहरु भत्काएको थियो । अहिले फेरी त्यो सबै घरहरु पुन: बनिसकेको छ । तर घर भत्काउने आदेश मेरो लागि मात्र किन ? अरु घरतिर नगरपालिकाको आखाँ किन जादैन ?"
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
2 दिन पहिले
आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि
महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..
10 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
10 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
11 दिन पहिले
महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै
ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..
13 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
2 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
10 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
11 दिन पहिले
महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै
ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..
13 दिन पहिले
देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव
निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..
14 दिन पहिले
दिपावली सुरक्षित रूपमा मनाउन नगर प्रमुख डा. महतोको आग्रह
ममता शर्मा महोत्तरी, कार्तिक ३ गते । दिपावली पर्वको अवसरमा सम्पूर्ण नगरवासीहरुमा शुभकामना व्यक्त गर्दै महोत्तर..
17 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश ..
कमेन्ट गर्नुहोस्
view comments