गौशालामा एक वडा अध्यक्षले वडा कार्यालयमा लगाए ताल्चा
निरन्जन कुमार साह
गौशाला , असोज १५ गते
महोत्तरीको गौशालामा एक वडा अध्यक्षले आफु असुरक्षित भएको भन्दै एक हप्ता देखि वडा कार्यालयमा आफैले ताल्चा लगाएका छन् । वडा अध्यक्षले ताल्चा लगाएपछि सेवाग्राहीहरुको काम काज प्रभावित भएको छ ।
गौशाला नगरपालिका वडा न. ६ का वडा अध्यक्ष रामस्वार्थ यादवले असोज ८ गते स्वास्थ्य स्वयंसेविका छनौटमा विवाद हुँदा आफु असुरक्षित भएको भन्दै कार्यालयमा आफैले ताल्चा लगाएका हुन् । वडा न. ६ को स्वास्थ्य स्वयंसेविकाको मासिका अनिता देवीले भदौ २२ गते आमा समुहको बैठक बसाएर ३ जना नयाँ स्वयंसेविका भर्ना गरेका छन् र एउटा असहाय विधवा नुतन यादवलाई भर्ना गर्दा वडा अध्यक्षले आफ्नो बुहारीलाई राख्नुपर्छ भनेपछी विवाद भएको थियो ।
मासिका अनिता देवीले सबै ठाउँमा वडा अध्यक्षले आफ्नै नातेदारलाई जागिर दिन खोजेको बताइन । उनले भनिन् , “हामीले अध्यक्षको कुरा नमाने पछी उनले नौटंकी गरेर वडा कर्यालयमा ताल्चा लगाएका हुन् । हामीले कुनै प्रकारका धाक धम्कि दिएका छैनौं ।”

वडाको स्वास्थ्य प्रमुख तेजनारायण यादवले वडा अध्यक्षकको बुहारीलाई स्वयंसेविकामा नराखे पछी विवाद उत्पन्न भएको बताए । उनले भने , “वडा अध्यक्षको आफन्तहरुलाई नराखे पछी यस्तो विवाद भएको हो । यहाँ सबैको आफ्नो स्वार्थ रहेको कारण यो विवाद भएको हो । चार जना नयाँ स्वास्थ्य स्वयंसेविका गठन गरिएको छ । जसमा नियम बमोजिम कुनै पनि छैन ।”

त्यस्तै वडा अध्यक्षले आफुलाई गोलि हान्ने धाक धम्कि आएपछी सुरक्षार्थ कार्यालयमा ताल्चा लगाएको दावी गरेका छन् । उनले आफ्नो सुरक्षाको लागि नगप्रमुखसँग माग गरेको बताए । साथै आफु सुरक्षित नभएसम्म कार्यालय नखुल्ने उनको भनाइ छ ।

वडा अध्यक्ष र मासिका आफ्नो लोभ र प्रलोभनमा परेर सेवा ग्राहीलाई एक हप्ता देखि दु:ख दिइरहेको एक स्थानीयले आरोप लगाएका छन् ।
त्यसैगरि महिला स्वास्थ्य स्वयंसेविकाको मधेश प्रदेश अध्यक्ष सुलेखा ठाकुरले स्वयंसेविका बन्नको लागि १० कक्षा उत्तीर्ण गरेको र आमा समुहमा रहेको हुनुपर्ने जानकारी दिईन । फुलकाहा वडामा भएको स्वयंसेविका गठन गलत तरिकाले भएको बताइन ।


माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
2 दिन पहिले
आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि
महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..
10 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
10 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
11 दिन पहिले
महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै
ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..
13 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
2 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
10 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
11 दिन पहिले
महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै
ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..
13 दिन पहिले
देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव
निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..
14 दिन पहिले
दिपावली सुरक्षित रूपमा मनाउन नगर प्रमुख डा. महतोको आग्रह
ममता शर्मा महोत्तरी, कार्तिक ३ गते । दिपावली पर्वको अवसरमा सम्पूर्ण नगरवासीहरुमा शुभकामना व्यक्त गर्दै महोत्तर..
17 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश ..
कमेन्ट गर्नुहोस्
view comments