मुन्नी मिश्रि भलिबलको सेमिफाइनलमा सामुदायिक विकास गौशाला

3 वर्ष पहिले प्रकाशित

(2080-07-09 B.S.)

1639 पटक देखिएको

महोत्तरी , कार्तिक ९ गते  ।

महोत्तरीको गौशाला -१२ कान्तिबजारमा जारी दोश्रो ‘स्व. मुन्नी मिश्रि स्मृती पुरुष भलिबल प्रतियोगिता २०८०’ को सेमिफानलमा आयोजक सामुदायिक विकास युवा क्लब प्रवेश गरेको छ ।

विहिबार भएको पहिलो क्वाटर फाइनलमा भरतपुरलाई सोझो २ सेटले पराजित गर्दै आयोजक सामुदायिक विकास युवा क्लब सेमिफाइनलमा प्रवेश गरेको हो । दोश्रो दिनको पहिलो नकआउट चरणको खेलमा भरतपुर महोतरी र दोश्रो खेलमा एभरेष्ट युवा क्लब बरकुर्वा विजयी भएका थिए ।

विहिबार बिहान भएको पहिलो खेलमा कालिपुरलाई १–२ सेट अन्तरले पराजित गर्दै भरतपुर विजयी भएको भएको थियो । दोश्रो खेलमा इच्छेश्वर चेरु युवा क्लबलाई सर्लाहीको एभरेष्ट युवा क्लब बरकुर्वाले २ सेटले पराजित गरेको थियो ।

तेश्रो खेलमा शंकर युवा क्लब मेघरौललाई पराजित गर्दै कटरैत भलिवल क्लब विजयी भएको छ । कटरैतले सोझो २ सेटले विजयी भएको हो । चौथो खेलमा शिवनगर महोत्तरीलाई पराजित गर्दै गोरहन्न विजयी भएको छ ।

शुक्रबार हुने दोश्रो क्वाटर फाइनलमा सतनाम युवा क्लब बसहनिया सर्लाहीसंग डुमरीया सर्लाहीले प्रतिस्पर्धा गर्ने छन् । तेश्रो क्वाटर फाइनलमा एभरेष्ट युवा क्लब बरकुर्वा सर्लाही संग गोरहन्न महोतरीले प्रतिस्पर्धा गर्नेछन् । चौथो क्वाटर फाइनलमा कटरैत भलिबल क्लब धनुषा र शिवशक्ति युवा क्लब करुणा महोत्तरी बीच हुनेछ ।

बुधबार देखि कान्तिबजारमा सुरु भएको दोश्रो‘स्व. मुन्नी मिश्रि स्मृती पुरुष भलिबल प्रतियोगिता २०८०’मा १६ टिम सहभागी छन् । खेलमा प्रथम पुरस्कार २१ हजार र द्धितीय पुरस्कार ११ हजार नगद रहेको छ । शनिबार दिउंसाे फाइनल खेल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

2 घन्टा पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

9 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

19 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले