बल्ल संचालनमा आयो गौशालामा नापी तथा मालपोत कार्यालय
निरन्जन कुमार साह
गौशाला , कार्तिक २३ गते
महोत्तरीको गौशालामा नापी तथा मालपोत कार्यालय संचालन आएको छ । जिल्लाको मुख्य व्यापारिक केन्द्र गौशालामा नापी कार्यालय र मालपोत कार्यालय संचालनमा आएको हो ।
लामो समयको प्रयासपछि गौशालामा संचालनमा आएको नापी तथा मालपोत कार्यालयबाट गौशाला र औरही नगरपालिका र सोनमा गाउँपालिकाका जनसमुदायले प्रत्यक्ष रुपमा सेवा लिन सक्ने भएका छन् ।
गौशालामा नापी तथा मालपोत कार्यालय नहुँदा जनसमुदायलाइ टाढा गएर काम गर्नुपर्दा निकै खर्च हुने गरेको थियो । अब भने त्यस्ता समस्याबाट उल्लेखित पालिकाका स्थानीयहरु मुक्त हुने भएका छन् । गौशाला, औरही, सोनमाजस्ता पालिकाको स्थानीय वासीलाइ नापी र मालपोतको सेवा लिन सदरमुकाम जलेश्वर पुग्नुपर्ने बाध्यता हटेको छ ।
मालपोत कार्यालय संचालनको लागि आज कर्मचारीको व्यवस्थापन भएको छ । भुमि व्यवस्थापन तथा अभिलेख विभागका महा निर्देशक बिदुर खनाल ,निदेशक हरि कृष्ण सुवेदी , रोशन शंकर घिमिरे ,शाखा अधिकृत तेजनाथ पोखरेल लगायत कम्प्युटर अपरेटर परमेश्वर पौडेलको संयुक्त प्रयासले कर्मचारी व्यवस्थापन गरिएको अनेरास्ववियु (क्रान्तिकारी ) का केन्द्रिय उपाध्यक्ष सुर्य नारायण साहले जानकारी दिएका छन् ।
कार्यालयको लागि भौतिक पूर्वाधारको तयारीमा कुनै कमी नहुने उनको भनाइ छ । उनले भने , "अब चाही यहाँका जनताहरुले सहजै मालपोत तथा नापी कार्यालयको सेवा सुविधा प्राप्त गर्न सक्नेछन । टाढा जानुपर्ने बाध्यता हटेको छ । उद्योग वाणिज्य संघ गौशालाको अध्यक्ष रामराजा प्रसाद साह लगायत हाम्रो अथक प्रयासले आज यो काम सफल भएको छ ।" साथै उनले कार्यालयमा सुरक्षा व्यवस्थाको लागि आवश्यक मात्रामा त्यहाँ सुरक्षाकर्मी समेत परिचालन गरिने जानकारी दिए ।
वि.स. २०७८ साल चैत्र २० गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रि शशी श्रेष्ठले गौशालामा मालपोत कार्यालय स्थापना गर्ने वाचा गर्नुभएको थियो ।
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
2 दिन पहिले
आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि
महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..
10 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
10 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
10 दिन पहिले
महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै
ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..
13 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
2 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
10 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
10 दिन पहिले
महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै
ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..
13 दिन पहिले
देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव
निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..
14 दिन पहिले
दिपावली सुरक्षित रूपमा मनाउन नगर प्रमुख डा. महतोको आग्रह
ममता शर्मा महोत्तरी, कार्तिक ३ गते । दिपावली पर्वको अवसरमा सम्पूर्ण नगरवासीहरुमा शुभकामना व्यक्त गर्दै महोत्तर..
17 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश ..

कमेन्ट गर्नुहोस्
view comments