सोनमामा विद्यालय बन्द गरि सम्पूर्ण शिक्षक सोनपुर मेला गएपछि अभिवावक द्वारा तालाबन्दी
निरन्जन कुमार साह
महोत्तरी , मङ्सिर १५ गते
महोत्तरीको सोनामा गाउँपालिका वडा न. ८ स्थित रहेको श्री नेपाल राष्ट्रिय राघबेन्द्र माध्यमिक विद्यालयमा ५ जना शिक्षकहरुले विद्यालय बन्द गरि भारतको सोनपुर मेला घुम्न गएपछि अभिवावकहरुले विद्यालय तालाबन्दी गरेका छन् ।
शुक्रबार विद्यालयमा कक्षा ८,९ र १० का विद्यार्थीलाई विदा दिई कुनै पनि जानकारी नगरिकन स्कुलका प्रधानाध्यापक सरोज कुमार यादव लगायत भविक्षण यादव ,अजय यादव , अनिल यादव र चन्देश्वर शिक्षक भारतको सोनपुर मेला घुम्न गएको त्यहि विद्यालयका शिक्षिका ललिता यादवले जानकारी दिईन् ।
विधालयमा विद्यार्थी आउने गर्छन् तर शिक्षकहरु घुम्नमा व्यस्त भएपछी पठन पाठन नभएको सोनमा -८ निवासी रामप्रताप यादवले जानकारी दिए । उनले भने , "यो स्कुलमा सबैभन्दा बढी लापरवाही हुन्छ । प्र.अ. सरोज कुमारलाई जे मन लाग्छ त्यहि नै गर्छ ।"

त्यस्तै स्कुल बन्द गरेर मेला जानु उचित कुरा नरहेको अर्का एक स्थानिय मुक्तिनारायण यादवको भनाइ छ । विद्यालयमा राजनीतिक मात्र हुने गरेको र त्यसले गर्दा विद्यालयको शैक्षिक स्तर खस्केको उनले बताए ।

शुक्रबार अचानक बालविकास कक्षाका बालबालिकालाई मर्निंगमा बोलाएपछी अभिवावकहरु आक्रोशित भएर विद्यालय पुगेका थिए । विद्यालय पुगेपछि शिक्षकहरु सोनपुर मेला घुम्न गएको थाहा भएपछी विद्यालयको कार्यालयमा तालाबन्दि गरे । साथै उनीहरुले शिक्षा शाखालाई ध्यानाकर्षण पत्र समेत बुझाए । जब सम्म सरोज कुमार यादवको सरुवा हुदैन तबसम्म ताला नखुल्ने उनीहरुको दावी छ ।
यस सम्बन्धमा सोनमा गाउँपालिकाको शिक्षा शाखाका सह –संयोजक धर्मेन्द्र यादवले यस्तो गतिवधि गर्ने शिक्षकलाई कडा भन्दा कडा कारवाही गर्ने जानकारी दिए ।

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
12 दिन पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
12 दिन पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
21 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
1 महीना पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
कमेन्ट गर्नुहोस्
view comments