बाँके मरहा साझेदारी वन उपभोक्ता समूहको चौथो साधारण सभा सम्पन्न

2 वर्ष पहिले प्रकाशित

(2080-10-29 B.S.)

1198 पटक देखिएको

निरन्जन साह , महोत्तरी

महोत्तरीमा बाँके मरहा साझेदारी वन उपभोक्ता समूहको चौथो साधारण सभा सम्पन्न भएको छ । जिल्लाको गौशाला नगरपालिका वडा न. १२ लक्ष्मीनिया स्थित रहेको वन कार्यालयमा साधारण सभा सम्पन्न भएको हो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सुमनलाल कर्ण , मधेश प्रदेशका वन तथा वातावरण मन्त्री रमेश प्रसाद कुर्मी , सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने , गौशाला नगरपालिकाका नगर प्रमुख डा. दिपेन्द्र महतो , एकडारा गाउँपालिकाका अध्यक्ष , सोनमा गाउँपालिकाका अध्यक्ष विशेश्वर प्रसाद यादव लगायत साझेदारी वन महासंघका विभिन्न जिल्लाका प्रमुखहरु विभिन्न जिल्लाका वन कार्यालयका प्रमुख , कर्मचारी , सुरक्षाकर्मी , स्थानीय वासिन्दाको सहभागिता रहेको थियो ।

कार्यक्रममा आफ्नो मन्तव्य व्यक्त गर्दै गौशाला नगरपालिकाका नगरप्रमुख डा . दिपेन्द्र महतोले वनबाट प्राप्त हुने सुविधा जनतासमक्ष सहज रुपले पुग्नुपर्ने बताउनुभयो । उहाँले काठ चोरी पैठारी हुने कार्य रोक्नको लागि सुरक्षाकर्मी लगायत समग्र समाज एकजुट भएर वनको जगेर्ना गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो , "सामुदायिक बन हाम्रो सम्पत्ति हो  ,यसको जगेर्ना आवश्यक छ अहिलेको समयमा वन जंगलमा जनावरको बसोबास कम भएर किसानको बालीनाली नष्ट हुदै गएको छ वनको संरक्षण राम्ररी हुन नसकेर जंगली जनावरले किसानहरुलाई दु:ख दिईरहेको छन् त्यसलाई नियन्त्रण गर्न जरुरि छ।"

साथै प्रमुख महतोले भावीको पिढीको लागि वनको संरक्षण , सदुपयोग , वन अतिक्रमण नियन्त्रण हुनुपर्नेमा जोड दिनुभयो ।

डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख सन्तोष कुमार झाले अवको हुने समिति गठनमा एउटा दक्ष र योग्य व्यक्तित्वको चयन हुनु जरुरि रहेको बताउनुभयो । वन क्षेत्रको विकासमा पालिकाले आवश्यक अनुसार विभिन्न योजनाहरु पनि ल्याउनुपर्ने कुरामा जोड दिनुभयो ।

कार्यक्रममा आफ्नो मन्तव्य व्यक्त गर्दै वन तथा वातारण मन्त्री रमेश प्रसाद कुर्मीले वन कार्यालयको ,  सरकारको एकल प्रयासले मात्रै वनजंगल तथा पर्यावरण संरक्षण हुन नसक्ने भएकाले स्थानीय समुदायको यसमा सहयोग आवश्यक पर्ने बताउनुभयो। उहाँले जल, जंगल, जमीन र जनजीवनको अति नै घनिष्ठ सम्बन्ध रहेको भन्दै सामुदायिक वनको संरक्षण गर्न जरुरि रहेको बताउनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

2 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

10 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

10 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

10 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

13 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

2 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

10 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

10 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

13 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

14 दिन पहिले

दिपावली सुरक्षित रूपमा मनाउन नगर प्रमुख डा. महतोको आग्रह

ममता शर्मा महोत्तरी, कार्तिक ३ गते । दिपावली पर्वको अवसरमा सम्पूर्ण नगरवासीहरुमा शुभकामना व्यक्त गर्दै महोत्तर..

16 दिन पहिले