बाँके मरहा साझेदारी वन उपभोक्ता समूहको चौथो साधारण सभा सम्पन्न
3 वर्ष पहिले प्रकाशित
(2080-10-29 B.S.)
1367 पटक देखिएको
निरन्जन साह , महोत्तरी
महोत्तरीमा बाँके मरहा साझेदारी वन उपभोक्ता समूहको चौथो साधारण सभा सम्पन्न भएको छ । जिल्लाको गौशाला नगरपालिका वडा न. १२ लक्ष्मीनिया स्थित रहेको वन कार्यालयमा साधारण सभा सम्पन्न भएको हो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सुमनलाल कर्ण , मधेश प्रदेशका वन तथा वातावरण मन्त्री रमेश प्रसाद कुर्मी , सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने , गौशाला नगरपालिकाका नगर प्रमुख डा. दिपेन्द्र महतो , एकडारा गाउँपालिकाका अध्यक्ष , सोनमा गाउँपालिकाका अध्यक्ष विशेश्वर प्रसाद यादव लगायत साझेदारी वन महासंघका विभिन्न जिल्लाका प्रमुखहरु विभिन्न जिल्लाका वन कार्यालयका प्रमुख , कर्मचारी , सुरक्षाकर्मी , स्थानीय वासिन्दाको सहभागिता रहेको थियो ।
कार्यक्रममा आफ्नो मन्तव्य व्यक्त गर्दै गौशाला नगरपालिकाका नगरप्रमुख डा . दिपेन्द्र महतोले वनबाट प्राप्त हुने सुविधा जनतासमक्ष सहज रुपले पुग्नुपर्ने बताउनुभयो । उहाँले काठ चोरी पैठारी हुने कार्य रोक्नको लागि सुरक्षाकर्मी लगायत समग्र समाज एकजुट भएर वनको जगेर्ना गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो , "सामुदायिक बन हाम्रो सम्पत्ति हो ,यसको जगेर्ना आवश्यक छ अहिलेको समयमा वन जंगलमा जनावरको बसोबास कम भएर किसानको बालीनाली नष्ट हुदै गएको छ वनको संरक्षण राम्ररी हुन नसकेर जंगली जनावरले किसानहरुलाई दु:ख दिईरहेको छन् त्यसलाई नियन्त्रण गर्न जरुरि छ।"
साथै प्रमुख महतोले भावीको पिढीको लागि वनको संरक्षण , सदुपयोग , वन अतिक्रमण नियन्त्रण हुनुपर्नेमा जोड दिनुभयो ।
डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख सन्तोष कुमार झाले अवको हुने समिति गठनमा एउटा दक्ष र योग्य व्यक्तित्वको चयन हुनु जरुरि रहेको बताउनुभयो । वन क्षेत्रको विकासमा पालिकाले आवश्यक अनुसार विभिन्न योजनाहरु पनि ल्याउनुपर्ने कुरामा जोड दिनुभयो ।
कार्यक्रममा आफ्नो मन्तव्य व्यक्त गर्दै वन तथा वातारण मन्त्री रमेश प्रसाद कुर्मीले वन कार्यालयको , सरकारको एकल प्रयासले मात्रै वनजंगल तथा पर्यावरण संरक्षण हुन नसक्ने भएकाले स्थानीय समुदायको यसमा सहयोग आवश्यक पर्ने बताउनुभयो। उहाँले जल, जंगल, जमीन र जनजीवनको अति नै घनिष्ठ सम्बन्ध रहेको भन्दै सामुदायिक वनको संरक्षण गर्न जरुरि रहेको बताउनुभयो ।
नेपाल प्रहरीलाई मधेश सरकारले १२ वटा पिकअप सवारी साधन हस्..
निरन्जन कुमार साह महोत्तरी, भदौ ९ गते । मधेश प्रदेश सरकार, गृह, सञ्चार तथा कानून मन्त्रालयले सोमबार जनकपुरमा..
1 दिन पहिले
गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
4 दिन पहिले
गरिमा चौधरीका लागि गौशालामा श्रद्धाञ्जलि, दोषीमाथि कडा ..
महोत्तरी, भदौ ६ गते ।बाराको जितपुरसिमरा उपमहानगरपालिकाकी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको..
5 दिन पहिले
मधेशमा धान रोपाइँ ९७.७१ प्रतिशत सम्पन्न
निरन्जन कुमार साह महोत्तरी, साउन २९ गते मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। मधेश प्रदे..
12 दिन पहिले
गौशालामा ग्यासको अभाव नरहेको व्यवसायीहरुको दाबी
गौशाला, साउन २५ गते । देशभर एलपी ग्यासको अभाव भएको चर्चा चलिरहेका बेला महोत्तरीको गौशाला बजारमा ग्यासको अवस्था ब..
16 दिन पहिले

सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..
निरन्जन कुमार साह महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्..
1 महीना पहिले
सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..
महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..
2 महीना पहिले
गरिमा चौधरीका लागि गौशालामा श्रद्धाञ्जलि, दोषीमाथि कडा ..
महोत्तरी, भदौ ६ गते ।बाराको जितपुरसिमरा उपमहानगरपालिका..
गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्..
नेपाल प्रहरीलाई मधेश सरकारले १२ वटा पिकअप सवारी साधन हस्..
निरन्जन कुमार साह महोत्तरी, भदौ ९ गते । मधेश प्रदेश ..
कमेन्ट गर्नुहोस्
view comments