गौशालामा चोरी गर्ने उदेश्यले त्रिभुवन मा.वि. मा तोडफोड

2 वर्ष पहिले प्रकाशित

(2080-11-08 B.S.)

1827 पटक देखिएको

निरन्जन कुमार साह

महोत्तरी , फाल्गुन ८ गते  

महोत्तरीको गौशालामा चोरी गर्ने उदेश्यले त्रिभुवन माध्यमिक विद्यालयमा तोडफोड भएको छ । गौशाला नगरपालिका वडा न. ५ स्थित रहेको सो विद्यालयमा सोमबार राति अज्ञात व्यक्तिहरुले तोडफोड गरेको विद्यालयको प्रधानाध्यापक विनोद कुमार महतोले जानकारी दिए ।

प्र.अ. महतोका अनुसार सोमबार राति अज्ञात व्यक्तिहरुले कम्युटर चोरी गर्ने उद्देश्यले प्राविधिक शाखाको झ्यालहरु तोडफोड गरेका छन् । ति व्यक्तिहरुले शाखाको प्यासेजमा आगो बालेर रक्सि र चुरोट समेत खाएको महतोले बताए । उनले भने , “करिव ४ ओटा झ्यालहरु र एक बासको  सिढी पनि तोडफोड भएको छ । केहि समयदेखि केहि व्यक्तित्वहरु विद्यालयको कम्पाउण्ड भित्र जबर्जस्ती खेल्ने र उत्पात मच्चाउने जस्ता क्रियाकलाप गर्ने गरेका छन् । सम्झाउदा उल्टै धाकधम्मी दिने समेत गरेका छन ।

प्र. अ. महतोले विद्यालय सबैको सार्वजनिक सम्पत्ति भएकोले यसको संरक्षण सबैको दायित्व रहेको बताउदै विद्यालयभित्र यस्ता किसिममा क्रियाकलाप गर्नेहरुको विरुद्धमा इलाका प्रहरी कार्यालय गौशाला, गौशाला नगरपालिको कार्यालय र वडा कार्यालयमा पत्राचार समेत गरिएको जानकारी दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश कुमार महतोले विद्यालयको कम्पाउण्डमा कसैलाई प्रवेशको अनुमति नहुँदा पनि साझपखको समयमा स्थानीय युवाहरुले जबर्जस्ती प्रवेश गर्ने गरेको बताए । विद्यालयले त्यसलाई रोक्ने प्रयास गर्दा विद्यालय वरपरका सम्पूर्ण स्थानीय वासिन्दाले विरोध गर्ने गरेको उनको भनाई छ । साथै उनले यसको नियन्त्रणको लागि सर्वदलीय बैठक चाडै नै बस्ने जानकारी समेत दिए  ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

निर्वाचन सुरक्षाका लागि महोत्तरीमा इजाजत प्राप्त हातहत..

निरन्जन कुमार साह  महोत्तरी, पुष २८ गते । जिल्ला प्रशासन कार्यालय महोत्तरीले आगामी २०८२ साल फागुन २९ गते हुने प्..

7 दिन पहिले

महोत्तरीमा केही दिनदेखि बिहान–साँझ बाक्लो हुस्सु, जनजी..

भाग्यरेखा ठाकुर, महोत्तरी ।महोत्तरी जिल्लामा केही दिनदेखि बिहान र साँझ बाक्लो हुस्सु लाग्न थालेपछि जनजीवन प्रभ..

10 दिन पहिले

कठै, यो चिसो

निरन्जन कुमार साह, महोत्तरी  कठै, यो चिसो केवल मौसमको कुरा होइन, यो राज्य, समाज र हाम्रो सामूहिक संवेदनशीलताको पर..

10 दिन पहिले

चिसो बढ्दै गर्दा घरपालुवा जनावरमा विशेष ध्यान दिन नेपाल ..

निरन्जन कुमार साह महोत्तरी,पुष १९ गते  । मौसम परिवर्तनसँगै चिसो बढ्दै जाँदा घरपालुवा जनावरहरू विभिन्न रोगको ज..

16 दिन पहिले

सहारा मल्टीपर्पस को–अपरेटिभ सोसाइटी लिमिटेड, गौशालाको ..

रोहित यादव पुस १७  गते, महोत्तरी महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा अवस्थित सहारा मल्टीपर्पस को–अपरे..

18 दिन पहिले

निर्वाचन सुरक्षाका लागि महोत्तरीमा इजाजत प्राप्त हातहत..

निरन्जन कुमार साह  महोत्तरी, पुष २८ गते । जिल्ला प्रशासन कार्यालय महोत्तरीले आगामी २०८२ साल फागुन २९ गते हुने प्..

7 दिन पहिले

महोत्तरीमा केही दिनदेखि बिहान–साँझ बाक्लो हुस्सु, जनजी..

भाग्यरेखा ठाकुर, महोत्तरी ।महोत्तरी जिल्लामा केही दिनदेखि बिहान र साँझ बाक्लो हुस्सु लाग्न थालेपछि जनजीवन प्रभ..

10 दिन पहिले

कठै, यो चिसो

निरन्जन कुमार साह, महोत्तरी  कठै, यो चिसो केवल मौसमको कुरा होइन, यो राज्य, समाज र हाम्रो सामूहिक संवेदनशीलताको पर..

10 दिन पहिले

सहारा मल्टीपर्पस को–अपरेटिभ सोसाइटी लिमिटेड, गौशालाको ..

रोहित यादव पुस १७  गते, महोत्तरी महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा अवस्थित सहारा मल्टीपर्पस को–अपरे..

18 दिन पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

28 दिन पहिले

गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ

गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..

28 दिन पहिले