सुर्तीजन्य पदार्थको नियन्त्रण तथा नियमन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

3 वर्ष पहिले प्रकाशित

(2080-11-08 B.S.)

1195 पटक देखिएको

ममता शर्मा , महोत्तरी ।

महोत्तरीको बर्दिबासमा सुर्तीजन्य पदार्थको नियन्त्रण तथा नियमन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजना बर्दिबासको गौतम होटलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सुर्तीजन्य पदार्थको सेवनबाट मानिसमा पर्ने नकारात्मक असर , नियन्त्रण र नियमनमा देखिएका समस्याहरु , स्थानीय तहको भुमिका लगायतका विषयमा अन्तरक्रिया गरिएको थियो ।

कार्यक्रममा आफ्नो मन्तव्य दिदै जनस्वास्थ्य अधिकृत रविकान्त मिश्रले सुर्तीजन्य पदार्थको नियन्त्रण एवं नियमनमा स्थानिय तह लगायत संचारकर्मीको अहम् भुमिका रहने बताए । उनले भने , "स्थानीय सरकार चासोपुर्ण रुपले कार्य तथा निरीक्षण गर्न आवश्यक छ । सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको प्रयोग भइरहेको जानकारी प्राप्त भएमा प्रहरी प्रशासनलाई जानकारी गराउनुपर्दछ ।"

साथै उनले सुर्तीजन्य पदार्थको सेवन गर्नाले नसर्ने रोग क्यान्सर जस्तो ठुलो रोगको सिकार हुनपर्ने र सार्वजनिक स्थानमा यसको प्रयोग तथा सुर्तीजन्य पदार्थको उत्पादन एवं वितरणमा कानुन उलघंन गरेमा कानुन बमोजिम कार्वाही हुने र एक लाख सम्मको जरिवाना हुनसक्ने जानकारी दिए ।

धूम्रपान तथा सुर्ती सेवन गर्नाले हृदयाघात, क्यान्सर जस्ता रोग निम्तिने र फोक्सो र श्वासप्रश्वास सम्बन्धी समस्या सिर्जना हुने लगायत विभिन्न समस्याहरु सिर्जना हुने भएकोले यसलाइ नियन्त्रण गर्न आवश्यक रहेको र त्यसको लागि विद्यालय , अभिभावक , शिक्षा तथा स्वास्थ्य कार्यालय लगायत संचार क्षेत्र सचेतना जगाउनु आवश्यक रहेको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले बताए ।

अहिलेको परिस्थितिमा पनि युवा, महिला तथा बालबालिकाहरु यसको कुलतमा परेकाले उनिहरुलाई सुर्तीजन्य पदार्थको प्रयोगबाट बचाउन, धूम्रपान तथा सुर्ती सेवनले आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा पर्ने नकारात्मक असर, नियन्त्रणका नागरिक समाज र स्थानिय सरकारले गर्नु पर्ने प्रयास , सुर्तीजन्य पदार्थको बिक्रीवितरण र सेवनलाई न्यूनीकरण गर्ने बारेमा उत्पादन, विक्री वितरण तथा सेवन गर्ने कार्यलाई न्यूनीकरण गर्ने बारेमा जानकारी प्रदान गरिएको छ ।

कार्यक्रममा जनस्वास्थ्य अधिकृत रविकान्त मिश्र , स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रतिनिधि ,सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने , जिल्ला स्वास्थ्य कार्यालय प्रमुख , एकडारा गाउँपालिका , महोत्तरी गाउँपालिका , रामगोपालपुर नगरपालिका , बर्दिवास नगरपालिका , औरही नगरपालिका , भंगहा नगरपालिका र गौशाला नगरपालिकाका स्वास्थ्य शाखाका प्रतिनिधिहरु लगायत संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

9 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

19 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

30 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले