गौशाला बजारमा बैंकहरुको कारणले बाटो अवरुद्ध  

2 वर्ष पहिले प्रकाशित

(2080-11-13 B.S.)

1015 पटक देखिएको

ममता शर्मा

महोत्तरी , फाल्गुण १३ गते

महोत्तरीको चर्चित गौशाला बजारमा व्यवस्थित पार्किंगको व्यवस्थापन नहुँदा यात्रु लगायत व्यापारीहरुलाई आवतजावत गर्न निकै कठिनाई भएको छ । साथै बजारमा अवस्थित बैंकहरुले आफ्नो सेवाग्राहीहरुको लागि पार्किंग स्थल व्यवस्थापन नगर्दा बजारमा बाटो अवरुद्ध हुने गरेको छ । बजारमा रहेको सिटिजन्स बैंक , प्राइम कमर्सियल बैंक , एनआईसी एसिया बैंक लगायतका बैंकहरुले पार्किंग व्यवस्था नगर्दा अन्य सर्वसाधारण र व्यापारीहरु मारमा परेका छन् ।

हप्ताको दुइ दिन सोमबार र विहिबार लाग्ने बजारमा कौशौ टाढाबाट बैंकमा सेवा लिनको लागि विभिन्न सर्वसाधारण तथा सेवाग्राही आउने गर्दछन र पार्किंग नहुँदा सडकमै सवारीसाधन राख्ने गर्दछन् । जसले गर्दा बजारमा आउने व्यापारी तथा सर्वसाधारण व्यक्तिलाइ पार्किंग नभएर सास्ती भोग्नुपरेको छ । बजारमा किनमेल गर्न आउने तथा बैंकको कार्यले आउनेहरुले प्रत्येक बैंकहरुको अगाडी बिच बाटोमै मोटरसाईकल, साईकल, जथाभावी राख्ने गरेकाले आवत जावतमा समस्या भएको स्थानीयहरुको गुनासो छ । बैंकले सेवाग्राहीको लागि पार्किंगको व्यवस्था गर्नुपर्ने भएता पनि सो कुनै बैंकले गरेका छैनन् ।  

गौशाला बजारमा पार्किंगको व्यवस्थापन उचित तवरले हुन नसक्दा र बैंकहरुको लापरबाहीले सडक जाम हुने गरेको र जनसमुदाय दु: ख भोग्न बाध्य भएको एक व्यापारीले बताए । उनले भने , “पार्किंग नहुँदा बजारमा जताततै मोटरसाइकल , साइकल अव्यस्थित तरिकाले राखिएको हुन्छ । अझ बैंकहरुको अगाडी त अत्यधिक रुपमा सवारी साधन पार्किंग गरिएको हुन्छ । अन्य दिन खासै समस्या सिर्जना नभएपनि बजारको दिन सोमबार र विहिबार निकै समस्या हुन्छ । यसले गर्दा बाटो जाम हुने , झैँझगडा हुने , दुर्घटना हुने जोखिम बढेको छ । तरपनि बैंकबालाहरुले आखाँ चिम्म गरेर बसेका छन् । त्यसमा उनीहरुको विशेष ध्यान जान जरुरि छ ।”

साथै उनले गौशाला बजारमा केहि बैंकहरुले अत्यधिक लापरबाही गर्ने गरेको गुनासो गरेका छन् ।

यस सम्बन्धमा गौशाला नगरपालिका वडा न. ५ का वडा अध्यक्ष ओम प्रकाश गुप्ताले पटक पटक जानकारी गराउंदा पनि बैंकहरुले नटेरेको जानकारी दिए । बैंक अगाडी सधै निकै जाम लाग्ने गरेको भएपनि बैंकको म्यानेजर तथा गार्डले त्यसमा चासो नदिएको उनले बताए । साथै उनले दुर्घटनाको जोखिम न्यूनीकरणको लागि नगर प्रहरीको परिचालन हुनु जरुरि रहेको बताए ।

त्यसैगरि जसपाका गौशाला नगर अध्यक्ष कुमरकान्त झाले सम्बन्धित सरोकारवाला व्यक्तित्वहरुले गौशाला बजार व्यवस्थापनमा चासो नलिएको बताएका छन् । बैंककै अगाडी अनेकौ सवारीसाधन राखिएको हुन्छ भने सडक जाम भएर सर्वसाधारण ,किसानवर्गहरुलाई ओहोर दोहोर गर्न सास्ती भएपनि सम्बन्धित निकाय तथा बैंकले अलिकति पनि चासो नलिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

2 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

10 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

10 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

10 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

13 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

2 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

10 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

10 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

13 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

14 दिन पहिले

दिपावली सुरक्षित रूपमा मनाउन नगर प्रमुख डा. महतोको आग्रह

ममता शर्मा महोत्तरी, कार्तिक ३ गते । दिपावली पर्वको अवसरमा सम्पूर्ण नगरवासीहरुमा शुभकामना व्यक्त गर्दै महोत्तर..

16 दिन पहिले