गौशाला बजारमा बैंकहरुको कारणले बाटो अवरुद्ध
2 वर्ष पहिले प्रकाशित
(2080-11-13 B.S.)
1139 पटक देखिएको
ममता शर्मा
महोत्तरी , फाल्गुण १३ गते
महोत्तरीको चर्चित गौशाला बजारमा व्यवस्थित पार्किंगको व्यवस्थापन नहुँदा यात्रु लगायत व्यापारीहरुलाई आवतजावत गर्न निकै कठिनाई भएको छ । साथै बजारमा अवस्थित बैंकहरुले आफ्नो सेवाग्राहीहरुको लागि पार्किंग स्थल व्यवस्थापन नगर्दा बजारमा बाटो अवरुद्ध हुने गरेको छ । बजारमा रहेको सिटिजन्स बैंक , प्राइम कमर्सियल बैंक , एनआईसी एसिया बैंक लगायतका बैंकहरुले पार्किंग व्यवस्था नगर्दा अन्य सर्वसाधारण र व्यापारीहरु मारमा परेका छन् ।
हप्ताको दुइ दिन सोमबार र विहिबार लाग्ने बजारमा कौशौ टाढाबाट बैंकमा सेवा लिनको लागि विभिन्न सर्वसाधारण तथा सेवाग्राही आउने गर्दछन र पार्किंग नहुँदा सडकमै सवारीसाधन राख्ने गर्दछन् । जसले गर्दा बजारमा आउने व्यापारी तथा सर्वसाधारण व्यक्तिलाइ पार्किंग नभएर सास्ती भोग्नुपरेको छ । बजारमा किनमेल गर्न आउने तथा बैंकको कार्यले आउनेहरुले प्रत्येक बैंकहरुको अगाडी बिच बाटोमै मोटरसाईकल, साईकल, जथाभावी राख्ने गरेकाले आवत जावतमा समस्या भएको स्थानीयहरुको गुनासो छ । बैंकले सेवाग्राहीको लागि पार्किंगको व्यवस्था गर्नुपर्ने भएता पनि सो कुनै बैंकले गरेका छैनन् ।
गौशाला बजारमा पार्किंगको व्यवस्थापन उचित तवरले हुन नसक्दा र बैंकहरुको लापरबाहीले सडक जाम हुने गरेको र जनसमुदाय दु: ख भोग्न बाध्य भएको एक व्यापारीले बताए । उनले भने , “पार्किंग नहुँदा बजारमा जताततै मोटरसाइकल , साइकल अव्यस्थित तरिकाले राखिएको हुन्छ । अझ बैंकहरुको अगाडी त अत्यधिक रुपमा सवारी साधन पार्किंग गरिएको हुन्छ । अन्य दिन खासै समस्या सिर्जना नभएपनि बजारको दिन सोमबार र विहिबार निकै समस्या हुन्छ । यसले गर्दा बाटो जाम हुने , झैँझगडा हुने , दुर्घटना हुने जोखिम बढेको छ । तरपनि बैंकबालाहरुले आखाँ चिम्म गरेर बसेका छन् । त्यसमा उनीहरुको विशेष ध्यान जान जरुरि छ ।”
साथै उनले गौशाला बजारमा केहि बैंकहरुले अत्यधिक लापरबाही गर्ने गरेको गुनासो गरेका छन् ।
यस सम्बन्धमा गौशाला नगरपालिका वडा न. ५ का वडा अध्यक्ष ओम प्रकाश गुप्ताले पटक पटक जानकारी गराउंदा पनि बैंकहरुले नटेरेको जानकारी दिए । बैंक अगाडी सधै निकै जाम लाग्ने गरेको भएपनि बैंकको म्यानेजर तथा गार्डले त्यसमा चासो नदिएको उनले बताए । साथै उनले दुर्घटनाको जोखिम न्यूनीकरणको लागि नगर प्रहरीको परिचालन हुनु जरुरि रहेको बताए ।

त्यसैगरि जसपाका गौशाला नगर अध्यक्ष कुमरकान्त झाले सम्बन्धित सरोकारवाला व्यक्तित्वहरुले गौशाला बजार व्यवस्थापनमा चासो नलिएको बताएका छन् । बैंककै अगाडी अनेकौ सवारीसाधन राखिएको हुन्छ भने सडक जाम भएर सर्वसाधारण ,किसानवर्गहरुलाई ओहोर दोहोर गर्न सास्ती भएपनि सम्बन्धित निकाय तथा बैंकले अलिकति पनि चासो नलिएको बताए ।




जलेश्वरमा रुख ढलेर टेम्पु दुर्घटना दुईको ज्यान गयो, चार ..
निरन्जन कुमार साह महोत्तरी,बैशाख ५ गते । महोत्तरीको जलेश्वरमा भएको टेम्पु दुर्घटनामा दुई जनाको मृत..
20 दिन पहिले
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
1 महीना पहिले
दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्करमाथि रहस्यमय आक्रमण
एजेन्सी, चैत्र १७ गते । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह क्षेत्रमा कुवेतको एक विशाल तेल ट्याङ्करमाथि राति..
1 महीना पहिले
राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुलमा पहिलो एसईई ..
निरन्जन कुमार साह महोत्तरी, चैत्र १४ गते । राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुल, गौशालामा “Farewell & Thanking Program&rdqu..
1 महीना पहिले
रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..
रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..
1 महीना पहिले
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
1 महीना पहिले
रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..
रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..
1 महीना पहिले
गौशालामा साहित्यकारहरु सम्मानित
रोहित यादव महोत्तरी, चित्र ८ गते । गौशाला नगरपालिकाभित्र क्रियाशील साहित्यकारहरूलाई “बृढ्यौली साहित्य स..
2 महीना पहिले
वर्षाको पानीमा डुबेर महिलाको मृत्यु
बर्दिबास, चैत ७ गते । शुक्रबार रातभर परेको हावाहुरीसहितको वर्षाका कारण महोत्तरीको बर्दिबासमा एक महिलाको मृत्यु ..
2 महीना पहिले
सुनसरीमा मोटरसाइकल दुर्घटना: एक जनाको मृत्यु
सुनसरी, चैत ३ गते । सुनसरीको बर्जु गाउँपालिका–२ मा गएराति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ..
2 महीना पहिले
तस्करीमार्फत नेपाल ल्याउँदै गरिएको १,८६० कार्टुन काँचो ..
रौतहट, चैत ३ बारा सीमासँग जोडिएको भारतीय क्षेत्रबाट अवैध रूपमा नेपालतर्फ भित्र्याउन लागिएको ठूलो परिमाणको काँच..
2 महीना पहिले
कमेन्ट गर्नुहोस्
view comments