गौशालामा दीर्घकालीन कृषि विकास रणनीति र कार्ययोजना गोष्ठी सम्पन्न
3 वर्ष पहिले प्रकाशित
(2080-11-16 B.S.)
1664 पटक देखिएको
निरन्जन कुमार साह
महोत्तरी , फाल्गुन १६ गते
गौशाला नगरपालिकामा दीर्घकालीन कृषि विकास र रणनीति कार्य योजना तर्जुमा अन्तर्गत परामर्शदायी बहुसरोकारवालाहरुसँग एक दिने गोष्ठी सम्पन्न भएको छ ।
महोत्तरीको गौशाला नगरपालिकाको सभाहलमा ग्रामिण उधम तथा विप्रेषण आयोजना ( समृद्धि ) को र गौशाला नगरपालिकाको आयोजकत्वमा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा गौशाला नगरपलिकाका नगर प्रवक्ता रामपृत महतोले स्वागत मन्तव्य दिदै कार्यक्रमलाई अगाडी बढाएका थिए । उनले स्वागत मन्तव्यको क्रममा पाँच वर्षीय योजना कसरि अगाडी बढाउने भन्ने कुराको उठान गरेका थिए । कृषि क्षेत्रमा राम्रो काम गर्ने किसानहरुको लागि सेवा सुविधाहरुमा एक जुट भएर लाग्नु पर्ने उनको भनाइ थियो ।
कार्यक्रममा परामर्श दाता महेन्द्र पौडेलले आफ्नो प्रस्तुतीकरण दिएका थिए । जसमा उनले भने, "कृषिमा राम्रो लगानी लगाउनुपर्छ । सरकारले कम्तिमा बजेटको १०% ले लगानी लगाउनुपर्ने थियो तर हाम्रो देशमा जम्मा २.५% मात्र कृषिमा लगानी लगाईएकोले कृषिमा समृद्धि नभएको हो । हामी सँग अथाह ज्ञान र स्रोत छ । त्यसलाई सदुपयोग कसरि गर्ने , योजना कसरि बनाउने , तर्जुमा कसरि गर्ने लगायतका सन्दर्भमा क्रियाकलापको अवश्यकता छ ।"
कार्यक्रमका विशिष्ट अतिथि मधेश प्रदेशका सांसद भरत प्रसाद साहले गौशाला नगरपालिकामा मुख्य उत्पादन हुने कृषि नै रहेको बताउदै गौशाला बजार तरकारी बजारको हब बन्दै गएको बताए । गौशाला नगरपालिकामा कृषिमा अझै विकास गर्न सिँचाई आवश्यकता रहेको उनले जिकिर गरे । गौशाला नगरपालिका भित्र इन्धनबाट चल्ने बोर्डिंग लाई विद्युतीयकरण उचित हुने उनले बताए ।
किसानलाई उच्च जातका बिउबिजन उपलब्ध गराउनु पर्ने र तरकारी खेतीमा विषादीको प्रयोग कम मात्रामा गर्नुपर्ने कुरामा उनले जोड दिए । विषादीको प्रयोगले विभिन्न रोगहरु निम्तिने हुनाले त्यसलाई कम गर्न अर्ग्यानिक खेतीमा जोड दिनुपर्ने उनको भनाइ थियो ।

त्यस्तै संघीय सरकारका प्रतिनिधि सभा सदस्य लक्ष्मी महतोले जनसमुदायले कृषि शिक्षा आफ्नो खेतबाट नै प्राप्त गर्ने भएकोले समृद्धिको लागी सबभन्दा कृषि सडक निर्माणमा जोड दिनुपर्ने बताए । उनले गौशाला नगरपालिका स्थित रहेको गाई गौशालालाई व्यवस्थित गरेमा कम्पोस्ट मल उत्पादन गर्न ठुलो सम्भावना बढ्ने बताए ।साथै उनले सबै वडा अध्यक्षहरुलाई आफ्नो वडामा सबभन्दा बढी कृषिमा लगानी गर्न अनुरोध समेत गरे ।

कर्यक्रममा नगरप्रमुख डा. दिपेन्द्र महतो ,प्रमुख अतिथि संघीय सांसद लक्ष्मी महतो ,विशेष अतिथि मधेश प्रदेश सांसद भरत प्रसाद साह ,१२ वटै वडाका वडा अध्यक्ष ,पार्टी प्रतिनिधिहरु ,कृषि ज्ञान केन्द्र महोत्तरीका प्रमुख मनिष कुमार पाल लगायत कृषि सम्बन्धि विभागीय प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
9 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
19 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
26 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
30 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
कमेन्ट गर्नुहोस्
view comments