गौशालामा दीर्घकालीन कृषि विकास रणनीति र कार्ययोजना गोष्ठी सम्पन्न

2 वर्ष पहिले प्रकाशित

(2080-11-16 B.S.)

1390 पटक देखिएको


निरन्जन कुमार साह
महोत्तरी , फाल्गुन १६ गते

गौशाला नगरपालिकामा दीर्घकालीन कृषि विकास र रणनीति कार्य योजना तर्जुमा अन्तर्गत परामर्शदायी बहुसरोकारवालाहरुसँग एक दिने गोष्ठी सम्पन्न भएको छ ।
महोत्तरीको गौशाला नगरपालिकाको सभाहलमा ग्रामिण उधम तथा विप्रेषण आयोजना ( समृद्धि ) को र गौशाला नगरपालिकाको आयोजकत्वमा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा  गौशाला नगरपलिकाका नगर प्रवक्ता रामपृत महतोले स्वागत मन्तव्य दिदै कार्यक्रमलाई अगाडी बढाएका थिए । उनले स्वागत मन्तव्यको क्रममा पाँच वर्षीय योजना कसरि अगाडी बढाउने भन्ने  कुराको उठान गरेका थिए । कृषि क्षेत्रमा राम्रो काम गर्ने किसानहरुको लागि सेवा सुविधाहरुमा एक जुट भएर लाग्नु पर्ने उनको भनाइ थियो ।

कार्यक्रममा परामर्श दाता महेन्द्र पौडेलले आफ्नो प्रस्तुतीकरण दिएका थिए । जसमा उनले भने, "कृषिमा राम्रो लगानी लगाउनुपर्छ । सरकारले कम्तिमा बजेटको १०% ले लगानी लगाउनुपर्ने थियो तर हाम्रो देशमा जम्मा २.५% मात्र कृषिमा लगानी लगाईएकोले कृषिमा समृद्धि नभएको हो । हामी सँग अथाह ज्ञान र स्रोत छ । त्यसलाई सदुपयोग कसरि गर्ने , योजना कसरि बनाउने , तर्जुमा कसरि गर्ने लगायतका सन्दर्भमा क्रियाकलापको अवश्यकता छ ।"

कार्यक्रमका विशिष्ट अतिथि मधेश प्रदेशका सांसद भरत प्रसाद साहले गौशाला नगरपालिकामा मुख्य उत्पादन हुने कृषि नै रहेको बताउदै गौशाला बजार तरकारी बजारको हब बन्दै गएको बताए । गौशाला नगरपालिकामा कृषिमा अझै विकास गर्न सिँचाई आवश्यकता रहेको उनले जिकिर गरे । गौशाला नगरपालिका भित्र इन्धनबाट चल्ने बोर्डिंग लाई विद्युतीयकरण उचित हुने उनले बताए ।
किसानलाई उच्च जातका बिउबिजन उपलब्ध गराउनु पर्ने र तरकारी खेतीमा विषादीको प्रयोग कम मात्रामा गर्नुपर्ने कुरामा उनले जोड दिए । विषादीको प्रयोगले विभिन्न रोगहरु निम्तिने हुनाले त्यसलाई कम गर्न अर्ग्यानिक खेतीमा जोड दिनुपर्ने उनको भनाइ थियो ।



त्यस्तै संघीय सरकारका प्रतिनिधि सभा सदस्य लक्ष्मी महतोले जनसमुदायले कृषि शिक्षा आफ्नो खेतबाट नै प्राप्त गर्ने भएकोले समृद्धिको लागी सबभन्दा कृषि सडक निर्माणमा जोड दिनुपर्ने बताए । उनले गौशाला नगरपालिका स्थित रहेको गाई गौशालालाई व्यवस्थित गरेमा कम्पोस्ट मल उत्पादन गर्न ठुलो सम्भावना बढ्ने बताए ।साथै उनले सबै वडा अध्यक्षहरुलाई आफ्नो वडामा सबभन्दा बढी कृषिमा लगानी गर्न अनुरोध समेत गरे ।

कर्यक्रममा नगरप्रमुख डा. दिपेन्द्र महतो ,प्रमुख अतिथि संघीय सांसद लक्ष्मी महतो ,विशेष अतिथि मधेश प्रदेश सांसद भरत प्रसाद साह ,१२ वटै वडाका वडा अध्यक्ष ,पार्टी प्रतिनिधिहरु ,कृषि ज्ञान केन्द्र महोत्तरीका प्रमुख मनिष कुमार पाल लगायत कृषि सम्बन्धि विभागीय प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

2 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

10 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

10 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

10 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

13 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

2 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

10 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

10 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

13 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

14 दिन पहिले

दिपावली सुरक्षित रूपमा मनाउन नगर प्रमुख डा. महतोको आग्रह

ममता शर्मा महोत्तरी, कार्तिक ३ गते । दिपावली पर्वको अवसरमा सम्पूर्ण नगरवासीहरुमा शुभकामना व्यक्त गर्दै महोत्तर..

16 दिन पहिले