गौशालामा पुर्व मन्त्री साहद्वारा ३ विपन्न आवास घरको शिलान्यास

2 वर्ष पहिले प्रकाशित

(2080-11-17 B.S.)

1031 पटक देखिएको

निरन्जन कुमार साह

महोत्तरी , फाल्गुन १७ गते   

महोत्तरीको गौशाला नगरपालिका वडा न. १ मा तिन विपन्न घरपरिवारलाइ विपन्न आवास घर निर्माण हुने भएको छ । जसको बिहिबार पुर्व गृह तथा संचार मन्त्री भरत प्रसाद साहले शिलान्यास गरेका छन्  ।

मधेश प्रदेश अन्तर्गत महेन्द्र नारायण निधि विपन्न आवास योजनामा गौशाला नगरपालिका वडा न. १ मा तिन घर परिवारलाई प्रदान गरिएकोमा तिन ओटै घरको आज सांसद साहले शिलान्यास गरेका हुन्  । गौशाला -१ इटाटारका सम्पतिया देवी सदा ,सोनाबती महरा ,मन्तोरिया पासमानलाई उक्त घर प्रदान गरिने भएको छ ।

घर बन्ने कुरामा खुसि व्यक्त गर्दै सम्पतिया देवी पासवानले गरिव , विपन्नहरुको लागि सरकारले सुविधा प्रदान गर्नुपर्ने र गरिवको सहारा नै सरकार रहेको बताइन् । उनले घर नहुँदा हुरी बतास , वर्षाले निकै समस्या हुने गरेको दुखासो पोख्दै अब घर बनेपछी त्यसबाट राहत हुने बताइन् । वडा अध्यक्ष नविन साहको पहलमा र पुर्व मन्त्री भरत साहको प्रयासले यो सम्भव भएको बताउदै त्यसको लागि धन्यवाद ज्ञापन गरेकी छिन ।

त्यस्तै सोनाबति महराले भनिन् , “मेरो घरपरिवारको धेरै बिजोग थियो । श्रीमान बितिसकेपछि  यो संसारमा कोहि छैन जस्तो लाग्थ्यो । तर वडा अध्यक्ष र माननीय आज हाम्रो सहारा हुनुभयो । बल्ल घर बन्ने भएको छ ।  निकै खुसि महसुस भइरहेको छ।”

मनतोरिया पासमानले पनि घर नहुँदा अनेक दु:ख पिडा भोगेको साथै खुल्ला आकाशमा बस्ने गरेको बताउंदै घर बन्ने भएपछी संसार नै पाए सरह भएको बताए ।

त्यसैगरि सांसद भरत प्रसाद साहले राजनीतिक स्वार्थको लागि होइन जनताको लागि गर्नुपर्ने बताउंदै जनता खुसि छ भयो भने मात्र रराजनीतिक सफल र सहि हुने बताए । आफनै क्षेत्रको जनता दु:ख बुझ्न नसक्नु राजनीतिक केको लागि भन्ने आफैमाथि प्रश्न बन्ने बताए  । उनले भने ,  “करिव सयभन्दा बढी विपन्न परिवारको घर शिलान्यास गरि हस्तान्तरण गरिसकेको छु ।जब कुनै व्यक्तिले मलाइ धन्यवाद र आशिर्वाद दिन्छ त्यतिखेर मेरो राजनीतिक यात्रा सफल भएको अनुभूति हुन्छ । विपन्न परिवारले घर पाउनुपर्छ  त्यसमा मेरो प्रयास सधै रहिरहने छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

2 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

10 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

10 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

10 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

13 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

2 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

10 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

10 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

13 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

14 दिन पहिले

दिपावली सुरक्षित रूपमा मनाउन नगर प्रमुख डा. महतोको आग्रह

ममता शर्मा महोत्तरी, कार्तिक ३ गते । दिपावली पर्वको अवसरमा सम्पूर्ण नगरवासीहरुमा शुभकामना व्यक्त गर्दै महोत्तर..

16 दिन पहिले