सुनको सिक्री नपाउँदा विवाह रद्द गर्ने बेहुलालाई कारवाही गर्न नेता साहको माग
2 वर्ष पहिले प्रकाशित
(2080-11-30 B.S.)
889 पटक देखिएको
महोत्तरी , फाल्गुन ३० गते
विवाहमा दाइजोमा सुनको सिक्री नदिएपछि विवाह नै नगर्ने वेहुलालाई कारवाही गर्न अखिल (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष सुर्यनारायण साहले माग गरेका छन् ।
गत सोमबार विरगंज महानगरपालिकाका स्वास्थ्य शाखामा कार्यरत कम्पुटर अपरेटर उमेश साहले दाइजोमा सुनको सिक्री नपाएपछि विवाह नगर्ने निर्णय लिएपछि विवाह नै रद्द गरेका थिए ।
बारा कलैया उपमहानगरपालिका–४ सिनेमा चौक बस्ने साहले दाइजोमा नगद १२ लाख, मोटरसाइकल बापत ३ लाख २५ हजार, एक थान ल्यापटप र एक एक थान सुनको औंठी र हनुमानको माला पाइसकेपछि पनि मण्डपमा सुनको सिक्री नपाएको भन्दै बिहे नै रोकिदिएर जन्ती फिर्ता लगेका थिए ।
पर्साको वीरगन्ज महानगरपालिका–२४ रानीघाटका सुखल साहकी अन्दाजी २४ वर्षीय छोरी रमिता कुमारीको विवाह बाराको कलैया उपमहानगरपालिका–४ सिनेमा चौक निवासी बच्चलाल साहका अन्दाजी २६ वर्षीय छोरा उमेश साहसँग फागुनमा २८ हुने तय भएको थियो ।
तर, आर्थिक अभावका कारण दाइजोको सम्पूर्ण समान दिए तर सुनको सिक्री दिन नसक्दा बेहुलाले यस्तो गरेकोमा नेता साहले खेद प्रकट गर्दै दाइजो माग्ने बेहुलालाई कारवाहीको माग गरेका हुन् । दाइजो लिनु र दिनु दुवै कानुनि अपराध भएकोले बेहुला तथा बेहुला पक्षका व्यक्तिहरुलाई कडा भन्दा कडा कारवाहीको माग गर्दै साहले दाइजो बेहुली पक्षबाट राजीखुसी आउने उपहार भएकोले जबर्जस्ती माग्ने र बाध्य गराउनु गलत रहेकोले यस्तो नगर्न नगराउन सम्बन्धित सबैमा अनुरोध समेत गरे ।

निर्वाचन सुरक्षाका लागि महोत्तरीमा इजाजत प्राप्त हातहत..
निरन्जन कुमार साह महोत्तरी, पुष २८ गते । जिल्ला प्रशासन कार्यालय महोत्तरीले आगामी २०८२ साल फागुन २९ गते हुने प्..
6 दिन पहिले
महोत्तरीमा केही दिनदेखि बिहान–साँझ बाक्लो हुस्सु, जनजी..
भाग्यरेखा ठाकुर, महोत्तरी ।महोत्तरी जिल्लामा केही दिनदेखि बिहान र साँझ बाक्लो हुस्सु लाग्न थालेपछि जनजीवन प्रभ..
9 दिन पहिले
कठै, यो चिसो
निरन्जन कुमार साह, महोत्तरी कठै, यो चिसो केवल मौसमको कुरा होइन, यो राज्य, समाज र हाम्रो सामूहिक संवेदनशीलताको पर..
9 दिन पहिले
चिसो बढ्दै गर्दा घरपालुवा जनावरमा विशेष ध्यान दिन नेपाल ..
निरन्जन कुमार साह महोत्तरी,पुष १९ गते । मौसम परिवर्तनसँगै चिसो बढ्दै जाँदा घरपालुवा जनावरहरू विभिन्न रोगको ज..
16 दिन पहिले
सहारा मल्टीपर्पस को–अपरेटिभ सोसाइटी लिमिटेड, गौशालाको ..
रोहित यादव पुस १७ गते, महोत्तरी महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा अवस्थित सहारा मल्टीपर्पस को–अपरे..
17 दिन पहिले
निर्वाचन सुरक्षाका लागि महोत्तरीमा इजाजत प्राप्त हातहत..
निरन्जन कुमार साह महोत्तरी, पुष २८ गते । जिल्ला प्रशासन कार्यालय महोत्तरीले आगामी २०८२ साल फागुन २९ गते हुने प्..
6 दिन पहिले
महोत्तरीमा केही दिनदेखि बिहान–साँझ बाक्लो हुस्सु, जनजी..
भाग्यरेखा ठाकुर, महोत्तरी ।महोत्तरी जिल्लामा केही दिनदेखि बिहान र साँझ बाक्लो हुस्सु लाग्न थालेपछि जनजीवन प्रभ..
9 दिन पहिले
कठै, यो चिसो
निरन्जन कुमार साह, महोत्तरी कठै, यो चिसो केवल मौसमको कुरा होइन, यो राज्य, समाज र हाम्रो सामूहिक संवेदनशीलताको पर..
9 दिन पहिले
सहारा मल्टीपर्पस को–अपरेटिभ सोसाइटी लिमिटेड, गौशालाको ..
रोहित यादव पुस १७ गते, महोत्तरी महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा अवस्थित सहारा मल्टीपर्पस को–अपरे..
17 दिन पहिले
मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..
मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..
27 दिन पहिले
गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ
गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..
27 दिन पहिले
निर्वाचन सुरक्षाका लागि महोत्तरीमा इजाजत प्राप्त हातहत..
निरन्जन कुमार साह महोत्तरी, पुष २८ गते । जिल्ला प्रशास..
कमेन्ट गर्नुहोस्
view comments