गौशालामा नव जीवन साना किसान कृषि सहकारी संस्थाको साधारण सभा सम्पन्न

2 वर्ष पहिले प्रकाशित

(2080-12-10 B.S.)

1053 पटक देखिएको

निरन्जन कुमार साह

महोत्तरी , चैत्र १० गते

 महोत्तरीको गौशालामा नव जीवन साना किसान कृषि सहकारी संस्थाको साधारण सभा सम्पन्न भएको छ । जिल्लाको गौशाला नगरपालिका वडा न .६  फुलकाहा स्थित नव जीवन साना किसान कृषि सहकारी संस्थाको दोश्रो साधारण सभा सम्पन्न भएको हो ।

शनिबार सम्पन्न साधारण सभामा नेकपा (माओवादी केन्द्र ) का नेता तथा पुर्व गृह तथा संचार मन्त्री  हाल मधेस प्रदेश सभा सदस्य भरत प्रसाद साह प्रमुख अतिथिका रुपमा उपस्थित हुनुभएको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष रामरतन यादवले दिगो विकासका लागि बचत गर्ने बानी बसाल्नुपर्ने बिचार व्यक्त गर्नुभयो । उहाँले भन्नू भयो , " दैनिक बचत गर्ने बानी हामीले बसाल्नुपर्छ । यसले भावी समयमा कठिन परिस्थितिमा हामीलाई सहयोग गर्दछ । यसले परिवारको भविष्य सुनिश्चित गर्न टेवा पुर्याउछ ।"

साथै उहाँले समाजको आर्थिक, सामाजिक र साँस्कृतिक विकासका लागि सहकारी संस्था सदैव क्रियाशील रहने प्रतिबद्धता व्यक्त समेत गर्नुभयो ।

प्रमुख अतिथी भरत प्रसाद साहले होली पर्वको शुभकामना दिदै संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो । उहाँले अर्थ क्षेत्र सहकारी संस्थाले महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने भएकोले स्थानीय स्तरमा  यस्तो सहकारी संचालन गरि जनसमुदायलाई सेवा प्रदान गरेकोले संचालकलाई धन्यवाद दिनुभयो । उहाँले भन्नुभयो , “यो सहकारी संस्थाको योजना र उद्देश्य दिगो छ । यसमा ढुक्कसंग बचत गरौँ । यसलाई अगाडी बढाउन सम्पूर्ण मिलेर  लागौं ।” साथै उहाँले संस्थामा बिगतका समयमा भएका त्रुटी , कमीकमजोरीहरु बिर्सेर सबैले संस्थाको विकासको लागि संयुक्त रुपमा लगनशीलताका साथ कार्य गर्न सम्पूर्ण शेयरधनिहरुलाई आग्रह गर्नुभयो ।

सभामा पुर्व मन्त्री भरत प्रसाद साह , संस्थाका अध्यक्ष रामरतन यादव , अखिल क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष सुर्यनारायण साह , गौशाला - ६ का माओवादी केन्द्रका नेता चन्द्रप्रभा यादव लगायत विभिन्न बचतकर्ता , शेयरधनि ,जनसमुदायको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

चिसो बढ्दै गर्दा घरपालुवा जनावरमा विशेष ध्यान दिन नेपाल ..

निरन्जन कुमार साह महोत्तरी,पुष १९ गते  । मौसम परिवर्तनसँगै चिसो बढ्दै जाँदा घरपालुवा जनावरहरू विभिन्न रोगको ज..

2 दिन पहिले

सहारा मल्टीपर्पस को–अपरेटिभ सोसाइटी लिमिटेड, गौशालाको ..

रोहित यादव पुस १७  गते, महोत्तरी महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा अवस्थित सहारा मल्टीपर्पस को–अपरे..

4 दिन पहिले

उखु बेच्न आएका किसानका लागि चिनी मिल ‘पीडाको थलो

महोत्तरी, पुष १६  गते । उखु बिक्रीका लागि देशकै ठूलो चिनी उद्योगमध्ये एक मानिने एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्..

5 दिन पहिले

गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न

भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..

10 दिन पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

14 दिन पहिले

सहारा मल्टीपर्पस को–अपरेटिभ सोसाइटी लिमिटेड, गौशालाको ..

रोहित यादव पुस १७  गते, महोत्तरी महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा अवस्थित सहारा मल्टीपर्पस को–अपरे..

4 दिन पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

14 दिन पहिले

गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ

गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..

14 दिन पहिले

सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..

निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..

15 दिन पहिले

साना किसान कृषि सहकारी संस्था कान्तिबजारकाे ११ औं वार्ष..

जितेन्द्र कुसवाहा गाैशाला, मंसिर २६ गते । महाेत्तरीकाे गाैशाला नगरपालिका - १२ मा रहेको साना किसान कृषि सहकारी सं..

24 दिन पहिले

गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन

महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..

1 महीना पहिले