गौशालाको कान्तिबजारमा चैते दशैको कलश
1 वर्ष पहिले प्रकाशित
(2080-12-27 B.S.)
1304 पटक देखिएको

कान्तिबजार , चैत्र २७ गते
महोतरीको गौशाला स्थित कान्तिबजारमा चैते दसैको पहिलो दिन कलश यात्रा निकालिएको छ । कान्तिबजारमा रहेको दुर्गा मन्दिरमा चैत शुक्ल अष्टमीमा मनाइने चैते दसैको पहिलो दिन मंगलबार कलश यात्रा निकालिएको हो ।
कान्तिबजारबाट सुरु भएको यात्रा एघार नम्बर, सात नम्बर, लक्ष्मिनिया हुदै रुपनीमा कलश भरी परडिया हुदै कान्तिबजार आएको थियो । बाजागाजा सहित सुरु भएको यात्रामा २ हजार भन्दा बढी स्थानीय सहभागी भएका थिए ।
कान्तिबजारमा दुर्गा मन्दिर निर्माण भएपछि यहाँ वर्षेनि चैते दशै भव्यताका साथ मनाइदै आईएको छ । कलश यात्रामा सभाागिहरुलाई स्थानीयहरुले जुश, पानी, सर्वत र अबिरले स्वागत गरेका थिए । गर्मीको समयमा खालिखुट्टा हिड्ने समस्या हुने भएर सडक पानीले भिजाइएको थियो । असुर शक्तिमाथि दैवीशक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रूपमा लिइने दसै हिन्दु धर्मावलम्बीहरूले वर्षमा दुइ पटक मनाउने गर्दछन् । असोजमा मनाईंने दसैलाई बडादशैको रूपमा मनाइन्छ भने चैत शुक्ल अष्टमीमा मनाईंने दसैलाई चैते दसै भनिन्छ ।
चैते दशै पर्वको अवसरमा देवीमन्दिर तथा घरघरमा दुर्गा सप्तशती, देवी भागवत कालिकापुराण लगायत देवी महिमायुक्त ग्रन्थको वाचन गर्ने गरिन्छ । एक वर्षमा चैत र असोज महिनामा गरी दुई पटक पुज्ने दुर्गा पूजाको हिन्दु धर्म शास्त्रहरूमा विशेष महत्त्व रहेको उल्लेख गरिएको छ । वसन्तीय नवरात्रको आठौं दिन धुमधामका साथ देशभर चैतेदशैं पर्व मनाउने चलन छ । यो शारदीय नवरात्रपछिको सबैभन्दा ठूलो दशैं हो ।
संस्कृतिविदहरुका अनुसार मध्यकालीन नेपालमा चार किमिसका दशैं धुमधामका साथ मनाउने गरिन्थ्यो । यी दशैंहरूमध्ये अहिले प्रचलनमा शारदीय र वसन्तीय नवरात्रमात्र छन् । आषाढ शुक्लमा मनाइने ग्रीष्मकालीन नवरात्र र माघ शुक्लमा मनाइने शिशिरकालीन नवरात्र विलुप्तप्रायः छन् । राष्ट्रिय अभिलेखालयमा रहेका पुष्पिका वाक्यहरूमा शारदीय नवरात्र, ग्रीष्मकालीन नवरात्र, वसन्तीय नवरात्र र शिशिरकालीन नवरात्र र त्यसक्रममा भएका विभिन्न गतिविधिको उल्लेख छ ।
चारवटै दशैंमा पूजा भने नवदूर्गाकै गर्ने गरिन्छ । नवरात्रको पहिलो दिन दशैंघरमा घटस्थापना गरेर जौ (कतै मकै र धान पनि थप गरेर) छरिन्छ । आठ किसिमका अष्टमात्रिका पनि भिन्दाभिन्दै किसिमका हुन्छन् । धेरैले शैलपुत्र्यादी नवदूर्गाको बढी पूजा गर्छन् । यो चारैवटा दशैंमा पूजा हुने देवी स्वरूप हो । यी सबै पूजा तान्त्रिक विधिबाट गरिन्छ । ज्योतिष शास्त्रअनुसार शुक्लपक्ष भनेको बिहान हो र कृष्ण पक्ष भनेको राति हो । यी सबै किसिमका दशैंहरू शुक्लपक्षमा नै मनाउने गरिन्छ । कालरात्रि पूजाबाहेक अरू सबै पूजा दिउसोमा हुनुको संकेत पनि यी सबै उज्यालोको संकेत हो भन्ने मानिन्छ ।
वातावरण संरक्षणका लागि गौशालामा वृक्षारोपण
गौशाला, साउन १३ गते । वातावरण संरक्षणको उद्देश्यसहित महोत्तरीको गौशालामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ..
6 दिन पहिले
गौशालामा दलित तथा विपन्न महिलाहरुलाई उद्यम व्यवसाय सुर..
महोत्तरी, साउन ९ गते । महोत्तरीको गौशालामा दलित तथा विपन्न समुदायका महिलाहरुलाई लक्षित गरी सात दिने सुक्ष्म उद..
10 दिन पहिले
सोनमा गाउँपालिकाको पहिलो प्राथमिकतामा शिक्षा
अनिल कुमार यादव , महोत्तरी । श्रावण,४ गते मधेश प्रदेशको सोनमा गाउँपालिकाले शिक्षा क्षेत्रको सुधारलाई पहिलो प्र..
15 दिन पहिले
नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क सम..
महोत्तरी , साउन ३ गते । नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क समिति गठन गरिएको छ। शनिबार काठमाडौं..
16 दिन पहिले
गौशालामा जिउँदै मान्छेको शरीरमा पेट्रोल छर्केर आगो लाग..
महोत्तरी, साउन १ गते । महोत्तरीको गौशालामा आफ्नै छिमेकीलाई पेट्रोल छर्केर आगो लगाउने व्यक्ति पक्राउ परेका छन्..
18 दिन पहिले
वातावरण संरक्षणका लागि गौशालामा वृक्षारोपण
गौशाला, साउन १३ गते । वातावरण संरक्षणको उद्देश्यसहित महोत्तरीको गौशालामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ..
6 दिन पहिले
गौशालामा दलित तथा विपन्न महिलाहरुलाई उद्यम व्यवसाय सुर..
महोत्तरी, साउन ९ गते । महोत्तरीको गौशालामा दलित तथा विपन्न समुदायका महिलाहरुलाई लक्षित गरी सात दिने सुक्ष्म उद..
10 दिन पहिले
गौशालामा जिउँदै मान्छेको शरीरमा पेट्रोल छर्केर आगो लाग..
महोत्तरी, साउन १ गते । महोत्तरीको गौशालामा आफ्नै छिमेकीलाई पेट्रोल छर्केर आगो लगाउने व्यक्ति पक्राउ परेका छन्..
18 दिन पहिले
राजनीतिक हस्तक्षेपले त्रिविको उपकुलपति नियुक्तिमा विव..
काठमाडौं, २६ असार — सरकारले शिक्षाको क्षेत्रमा निष्पक्षता र पारदर्शिता कायम राख्ने दाबी गरिरहेकै बेलामा त्रिभ..
25 दिन पहिले
मधेशमा वर्षा अभावले धान खेती संकटमा, किसान चिन्तित
महोत्तरी, असार २३ गते । मधेश प्रदेशका अधिकांश जिल्लाहरूमा समयमै वर्षा नहुँदा धान खेती प्रभावित बनेको छ। असार ..
28 दिन पहिले
गौशालामा राष्ट्रिय स्वतन्त्र पार्टीको हस्ताक्षर अभिया..
महोत्तरी, असार १४ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि भइरहेको "राजनीतिक प्रतिश..
1 महीना पहिले
वातावरण संरक्षणका लागि गौशालामा वृक्षारोपण
गौशाला, साउन १३ गते । वातावरण संरक्षणको उद्देश्यसहित म..
कमेन्ट गर्नुहोस्
view comments