किसानलाई फेरि मलको चिन्ता
काठमाडौं ।
मानो रोपेर मुरी फलाउने सुरसारमा रहेका देशभरका किसानलाई फेरि मलको चिन्ताले सताएको छ । मनसुनको आगमनसँगै उत्साहित बनेका कृषक मलको अभावमा छटपटिन बाध्य भएका छन् । देशभरका कृषकको एउटै प्रश्न छ–सरकार मल नपाए कसरी खेती गर्नु ?
बर्सेनि धानबाली लगाउने क्रममा रासायनिक मलको चरम अभाव खेप्तै आएका किसान यस वर्ष पनि सोही समस्या खेप्न बाध्य भएका हुन् । हाल देशभरमा रासायनिक मलको हाहाकार भएको छ । मानो रोपेर मुरी फलाउन किसानलाई रासायनिक मलको आवश्यता पर्छ तर सोचेअनुसार मल नपाउँदा उनीहरूको मुरी फलाउने सपनामा तुषारापात हुने भएपछि कृषकहरू चिन्तित देखिएका छन् ।
मनसुनको सुरुवातीसँगै किसानहरू मलबिना नै धान रोपाइँ गर्न बाध्य भएका छन् । तराईदेखि पहाडका किसानले मल नपाएको गुनासो गरेका छन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार बर्खेबालीका लागि मात्र युरिया र डीएपी करिब ७० हजार मेट्रिक टन आवश्यक पर्छ । हाल कृषि सामग्री र साल्ट ट्रेडिङ कम्पनीसँग युरिया र डस्एपी मल गरी १८ हजार मेट्रिक टन मात्र मौज्दात छ । कृषि सामग्री कम्पनीसँग युरिया ३ हजार मेट्रिक टन र डीएपी ५ हजार मेट्रिक टन रहेको छ भने साल्ट ट्रेडिङसँग ३ हजार मेट्रिक टन युरिया र ७ हजार मेट्रिक टन डीएपी छ ।
मन्त्रालयका एक अधिकारीले यस वर्ष गत वर्षमा भन्दा मलको माग अत्यधिक बढी देखिएकाले समस्या भएको बताए । उनले गत वर्ष माग भएअनुसारको मल यस वर्ष हालसम्म बिक्री भइसकेको जानकारी दिए । उनले युरिया र डीएपी गरी करिब ३ लाख ५० हजार मेट्रिक टन भन्दा बढी बिक्री भइसकेको बताए ।
कृषि मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीले हाल समस्या भए पनि अबको दुई तीन दिनमै मलको समस्या समाधान हुने दाबी गरे । लकडाउनका कारण किसानलाई मलको अभाव भएको उनले बताए । लकडाउनका कारण १ महिना १५ दिन सम्म कोलकाता बन्दरगाहमा मल रोकिँदा समस्या भएको सचिव भारीले जानकारी दिए । उनले कोलकतामा रोकिएको ५० हजार मेट्रिक टन मल वीरगन्ज आइसकेको हुँदा अब छिटै मलको समस्या समाधान हुने जनाए । सचिव भारीका अनुसार २५ हजार मेट्रिक टन युरिया र २५ हजार मेट्रिक टन डीएपी मल छिटै आउनेछ ।
मुख्य धान बाली लगाउने समयमा किसानलाई आवश्यक मल आपूर्ति नगरेर कोरोनाको बहाना बनाउनु सरकारी निकायको नालायकीपन भएको नेपाल कृषक समूह महासंघका पूर्वअध्यक्ष उद्धव अधिकारीले बताए । उनले किसानलाई समयमा मल उपलब्ध नगराएर सरकारले किसानलाई धोक दिइरहेको आरोप लगाए । सरकारले कृषिलाई प्राथमिकता राखिएको बताए पनि व्यवहारमा भने त्यसलाई लागु गर्न नसकेको कृषि विज्ञहरूको भनाइ छ ।
नेपाल कृषक समुह महासंघका अध्यक्ष नवराज बस्नेतले अहिले देशभरका किसानलाई मलको चरम अभाव भए पनि सरकारले समयमा नै उपलब्ध नगराएर गम्भीर गल्ती गरेको बताए ।
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
3 घन्टा पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
6 घन्टा पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
9 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
19 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..
कमेन्ट गर्नुहोस्
view comments