गौशालाको राम जानकी इंगलिश बोर्डिंग स्कुलको २१ औं वार्षिकोत्सव सम्पन्न

2 वर्ष पहिले प्रकाशित

(2081-01-07 B.S.)

1630 पटक देखिएको

ममता शर्मा

महोत्तरी वैशाख ७ गते  

महोत्तरीको गौशाला नगरपालिका वडा न. ४ स्थित रहेको रामजानकी इंगलिश बोडिंग स्कुलले  २१ औं वार्षिक उत्सव भव्यताका साथ मनाएको छ  ।

स्कुलले वार्षिक परिक्षाको नतिजा सार्वजानिक गर्नुको साथै २१ औं वार्षिक उत्सव पनि मनाएको हो । वार्षिकोत्समा विद्यार्थीका अभिभावकहरु , शिक्षक शिक्षिकाहरु लगायत जनसमुदायको उपस्थिति रहेको थियो । कार्यक्रममा सबै अभिभावकले स्कुललाई शुभकामना दिदै राम्रो तथा गुणस्तरीय पठन पाठन रहदै आएको र निरन्तर रहिरहनुपर्ने प्रधानाध्यापक उमेश कुसवाहालाई आग्रह गरेका थिए  ।

कार्यक्रमका विशिष्ट अतिथीको रुपमा आमन्त्रित रेडियो जुनतारा १०३.४ मेगाहर्जका प्रमुख निरन्जन कुमार साहले वर्तमान शिक्षामा सुधार गर्नु सम्पूर्ण सम्बन्धित व्यक्तिको दायित्व रहेको बताउंदै  विद्यालयमा समय समयमा अभिभावक आउनुपर्ने आफ्नो बालबालिकाको पढाइ प्रति चासो लिनुपर्ने कुरामा जोड दिए । साथै उनले विद्यालयमा अध्यापन मात्र नभएर खेलकुद , नाँचगान , विभिन्न प्रतिस्पर्धात्मक कार्यक्रम र सिपमुलक तथा जीवनोपयोगी शिक्षा प्रदान गर्नुपर्ने धारणा व्यक्त गरे  ।

 कार्यक्रममा नतिजा सार्वजानिक गर्दै प्रत्येक कक्षाबाट दश/दश जना टप  टेन विधार्थीहरुलाई मेडल र पुरुस्कार समेत प्रदान गरिएको थियो ।

कार्यक्रममा विद्यालयका प्र.अ  उमेश कुसवाहाले अभिभावकहरुलाई धन्यवाद दिदै आगामी दिनमा यो भन्दा पनि राम्रो तबरले विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले गौशालामा आर्थिक आम्दानी भन्दा पनि गुणस्तरीय शिक्षा प्रदान गर्नको लागि यो विद्यालयको स्थापना गरिएको जानकारी दिए  ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

'प्रचण्ड' पुष २ गते गौशाला आउँदै, स्व. काशी महतोको श्रद्धा..

निरन्जन कुमार साह  महोत्तरी, मंसिर २८ गते ।नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकम..

7 दिन पहिले

साना किसान कृषि सहकारी संस्था कान्तिबजारकाे ११ औं वार्ष..

जितेन्द्र कुसवाहा गाैशाला, मंसिर २६ गते । महाेत्तरीकाे गाैशाला नगरपालिका - १२ मा रहेको साना किसान कृषि सहकारी सं..

9 दिन पहिले

गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन

महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..

28 दिन पहिले

महोत्तरीमा पत्नीको हत्या प्रकरण धारिलो हतियार प्रहार ग..

निरन्जन कुमार साह महोत्तरी, कात्तिक २९ गते । महोत्तरीको औरही नगरपालिका–६ मा शनिवार बैरिया बस्ने २५ वर्षीया कवि..

1 महीना पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

1 महीना पहिले

साना किसान कृषि सहकारी संस्था कान्तिबजारकाे ११ औं वार्ष..

जितेन्द्र कुसवाहा गाैशाला, मंसिर २६ गते । महाेत्तरीकाे गाैशाला नगरपालिका - १२ मा रहेको साना किसान कृषि सहकारी सं..

9 दिन पहिले

गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन

महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..

28 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

1 महीना पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

2 महीना पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

2 महीना पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

2 महीना पहिले

'प्रचण्ड' पुष २ गते गौशाला आउँदै, स्व. काशी महतोको श्रद्धा..

निरन्जन कुमार साह  महोत्तरी, मंसिर २८ गते ।नेपाली कम्य..