मिटरव्याज पिडितद्वारा गौशालाको इलाका प्रहरी कार्यालय घेराउ

2 वर्ष पहिले प्रकाशित

(2081-01-19 B.S.)

1528 पटक देखिएको

निरन्जन कुमार साह

महोत्तरी , बैशाख १९ गते  

महोत्तरीको गौशालामा मिटरव्याज पीडितहरुले प्रदर्शन गर्दै इलाका प्रहरी कार्यालय  घेराउ गरेका छन् । बुधबार किसान मजदुर संघर्ष समितिले इलाका प्रहरी कार्यालय गौशालाको प्रहरी निरीक्षक मनोज कुमार यादवको विरुद्धमा प्रदर्शन गर्दै प्रहरी कार्यालय घेराउ समेत गरेका हुन् ।

मिटरव्याज पिडितहरुले औरहीमा नगर संघर्ष समिति गठन गर्न राखेको कार्यक्रमलाई त्यहाँका मिटरव्याजी साहुहरूले बिथोलेको र त्यसमा प्रहरी निरीक्षक मनोज कुमार यादवले पिडितमाथि दमन गरेको भन्दै गौशाला बजारमा मिटरव्याज पिडितहरुले चर्को नाराबाजी सहित प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरुले निरीक्षक मनोज यादवलाई तत्काल कारवाही हुनुपर्ने माग गरेका थिए भने गौशाला बजारभरि प्रदर्शन गर्दै गौशाला इलाका प्रहरी कार्यालय अगाडी करिव एक घण्टा घेराउ गरेका थिए ।

मिटरव्याज तथा ठगि गर्नेहरुको बिरुद्ध किसान मजदुर संघर्ष समितिले वर्षोदेखि आन्दोलन गर्दै आइरहेको भएपनि न्याय नपाएको पिडितहरुको गुनासो छ । आज भएको प्रदर्शनमा उनीहरुले ‘ प्रहरी निरीक्षक मनोज कुमार यादवलाई कारवाही गर , मिटरव्याज पिडितलाई न्याय दे ,  कपाली तमसुक खारेज गर , साहुहरुलाई जेल चलान गर , लगायतका मागसहित नाराबाजी गरेका थिए ।

माग पुरा नहुन्जेलसम्म आन्दोलन जारी राख्ने समितिका धनुषा जिल्लाको अध्यक्ष राजाराम यादवले बताए उनले भने , “गरिवलाई रोडमा आउँन बाध्य साहुहरुले गरेको छ । सरकारले यस्ता साहुहरुलाई जबसम्म कारवाही गर्दैन तबसम्म हाम्रो आन्दोलन रोकिने छैन ।”

त्यस्तै एमाले पार्टीका नेता अजय कुशवाहाले जनताको र पिडितको सुरक्षाको लागि प्रहरी प्रसाशन भएको भएपनि प्रहरी निरीक्षक मनोज कुमार यादवले गौशालामा धाँधली गरि पिडितलाई कुटपिट गरेको भन्दै आक्रोश व्यक्त गरे । कुशवाहाले यादव घुसखोर र भ्रष्ट रहेको भन्दै आरोप समेत लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

साना किसान कृषि सहकारी संस्था कान्तिबजारकाे ११ औं वार्ष..

जितेन्द्र कुसवाहा गाैशाला, मंसिर २६ गते । महाेत्तरीकाे गाैशाला नगरपालिका - १२ मा रहेको साना किसान कृषि सहकारी सं..

1 दिन पहिले

गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन

महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..

20 दिन पहिले

महोत्तरीमा पत्नीको हत्या प्रकरण धारिलो हतियार प्रहार ग..

निरन्जन कुमार साह महोत्तरी, कात्तिक २९ गते । महोत्तरीको औरही नगरपालिका–६ मा शनिवार बैरिया बस्ने २५ वर्षीया कवि..

28 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

1 महीना पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

1 महीना पहिले

साना किसान कृषि सहकारी संस्था कान्तिबजारकाे ११ औं वार्ष..

जितेन्द्र कुसवाहा गाैशाला, मंसिर २६ गते । महाेत्तरीकाे गाैशाला नगरपालिका - १२ मा रहेको साना किसान कृषि सहकारी सं..

1 दिन पहिले

गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन

महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..

20 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

1 महीना पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

1 महीना पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

2 महीना पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

2 महीना पहिले