खाने थलो भयो गौशाला बजारको रामजानकी मन्दिरको सम्पत्ति

2 वर्ष पहिले प्रकाशित

(2081-05-25 B.S.)

1480 पटक देखिएको

Bhagyarekha Thakur

ममता शर्मा

महोत्तरी , भदौ २५ गते

महोत्तरीको गौशाला नगरपालिका वडा न. ५ गौशाला बजार स्थित रहेको रामजानकी मन्दिरको आम्दानी स्रोत मासिक करिव १ लाख  रहेको छ  ।  मन्दिरमा वर्षौदेखि बस्दै आएका पुजारीहरुको बासस्थानको राम्रो व्यवस्था नहुनुको साथै मन्दिरको पनि उचित व्यवस्थापन हुन सकेको छैन  । यहाँ जुनसुकै समिति आएपनि खाने थलो मात्र बनाएको छ   । मन्दिरको नाममा प्रसस्त जग्गा जमिन रहेको छ तर आज सम्म कुनै समितिले मन्दिरको उन्नति गर्न सकेका छैनन् भने आम्दानि र खर्चको विवरण सार्वजानिक नभएको स्थानीयहरुको गुनासो छ ।

पछिल्लो समय अध्यक्ष गौरी साहको नेतृत्वमा नयाँ समिति बनाइएको थियो  । समिति निर्माण भएको करिब १८ महिना बितीसक्दा पनि हालसम्म आम्दानी र खर्चको  विवरण सार्जनिक नहुनुमा गौशालाका व्यापारीहरुले आपत्ति जनाएका छन्  । व्यापारी जगदिस प्रसाद गुप्ता भन्छन , "यो मन्दिर सबैको खाने थलो बनेको छ  । हामीले पटक पटक विवरणहरु सार्वजनिक गर्नुभन्दा पनि गर्दैनन्  । अध्यक्षले आफ्नो नैतिकता भुलिसकेको छ  । मन्दिर जनताको एउटा सार्वजनिक सम्पत्ति हो  । यसको प्रत्येक क्रियाकलापबारे उनीहरुलाई खबर हुन आवश्यक छ  । समितिले खर्च विवरण भोलि देखाउछु , पर्सि देखाउछु भन्दै टार्दै आएको छ  । करिब १०-१२ कठ्ठा जग्गा मन्दिरको नाममा  छ होला  । यसलाई उपभोग गरेर विभिन्न कार्यहरु गर्न सकिन्छ  । त्यो समितिले गर्नुपर्ने हो तर यहाँ के भईरहेको  छ छैन भन्ने कुरा नै प्रस्ट छैन आफ्नै सम्पत्ति सम्झेर खाइरहेका छन्  ।"

राम जानकी मन्दिरका पुजारी बाबा चरण दासले यस मन्दिरमा धेरै समय देखि कुनै पनि समिति हेर्नको लागि पनि नआएको गुनासो गरे  । उनले आफुले  मागेर खानुपर्ने अवस्था रहेको बताए  । साथै मन्दिरमा शौचालयको व्यवस्था नभएको र मन्दिरको अवस्था दिनदिनै जर्जट हुँदै गएको बताए ।

त्यस्तै नेता तथा जुगल किशोर साहले चुनाव पछी वडा अध्यक्ष ओम प्रकाश गुप्ताले गठन गरेको नयाँ समितिले मन्दिरको व्यवस्थापनका निम्ति राम्ररी कार्य गर्न नसकेको प्रति खेद प्रकट गरेका छन्  । मन्दिरको जति सम्पत्ति रहेको त्यसले मन्दिरको व्यवस्थापन साथै अन्य समाज कल्याणमा पनि लगाउन सकिने भएको हुँदा पनि समितिले खासै केहि गर्न नसकेको उनको भनाइ छ  । मन्दिरको चारैतिर रहेको कोठाहरु भाडा लागेको र त्यसबाट मनग्य आम्दानी भएको जानकारी दिदै उनले यस मन्दिरको संरक्षणको लागि सबैले प्रयास गर्नुपर्ने बताए  ।

त्यसैगरि शम्भु साह सोनारले यस मन्दिरको पहिलाको अध्यक्ष र हालको अध्यक्ष उस्तै रहेको बताए  । उनले भने , "अध्यक्ष गौरी साहले टावरको भाडाबापत २ लाख रकम ल्याइएका थिए  । तर त्यो पैसा कहाँ खर्च भए नभएको केहि थाह भएन यसले प्रस्ट हुन्छ  । सबै पैसाहरु अध्यक्ष लगायत समितिको खल्तीमा गईरहेको छ  । मन्दिरमा भोग लगाउनको लागि समेत अवस्था छैन  । हामीले पटक पटक समिति समक्ष गुनासो गरेपनि कसैले सुन्दैन   ।

जनता समाजवादी पार्टीका नगर संयोजक कुमार कान्त झा यस मन्दिरमा जुनसुकै समिति आएपनि चोरको काम मात्र गरेको टिप्पणी गरे  । उनले भने , "धर्मस्थलको सम्पत्ति जसले खान्छ त्यसको विनाश निश्चित छ । मन्दिरको करोडौको सम्पत्ति भएपनि यहाँका पुजारीहरु मागेर खान बाध्य छन्  । समितिका मानिसहरु व्यक्तिगत स्वार्थ पुरा गर्नमा लागेका छन्   ।यो मन्दिर गौशाला बजारको धरोहर हो  । यसको संरक्षण गर्नु हामी सबैको दायित्व हो  । गौशालामा कुनै पनि सार्वजनिक संस्थाको कार्य समितिको कार्य अवधि सकेपछी  पनि  उनीहरु नै समितिमा बसिरहेका हुन्छ  । जस्तै गौशाला उद्योग वाणीज्य संघको कार्य अवधि सकिसकेको छ तर पनि आफुलाई कार्य समितिमा राखी संस्थालाइ बर्बाद पारिरहेका छन्  ।  मन्दिरको छेउमा शौचालय निर्माण हुन सकेको छैन  । जसले गर्दा पुजारीहरुलाई निकै समस्या भएको छ  । मन्दिरको नाममा रहेको जग्गा प्रयोगविहिन छन्  । यसले कारणले आम्दानीमा कमि ल्याएको छ । तसर्थ समितिले खाने र लुट्ने मनसाय नराखेर मन्दिरको प्रगतिको बारेमा जोड दिनु आवश्यक छ  ।" 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मधेशमा धान रोपाइँ ९७.७१ प्रतिशत सम्पन्न

निरन्जन कुमार साह  महोत्तरी, साउन २९ गते मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। मधेश प्रदे..

1 दिन पहिले

गौशालामा ग्यासको अभाव नरहेको व्यवसायीहरुको दाबी

गौशाला, साउन २५ गते । देशभर एलपी ग्यासको अभाव भएको चर्चा चलिरहेका बेला महोत्तरीको गौशाला बजारमा ग्यासको अवस्था ब..

5 दिन पहिले

सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..

निरन्जन कुमार साह  महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्..

30 दिन पहिले

कृषिमा आधारित सिकाइ तथा उद्यमशीलता अनुभव (SALEE-2026) दोस्रो चर..

भाग्यरेखा ठाकुर  महोत्तरी, असार ३२ गते । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत प्राकृतिक स्रोत व्यवस..

1 महीना पहिले

सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..

महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..

1 महीना पहिले

मधेशमा धान रोपाइँ ९७.७१ प्रतिशत सम्पन्न

निरन्जन कुमार साह  महोत्तरी, साउन २९ गते मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। मधेश प्रदे..

1 दिन पहिले

गौशालामा ग्यासको अभाव नरहेको व्यवसायीहरुको दाबी

गौशाला, साउन २५ गते । देशभर एलपी ग्यासको अभाव भएको चर्चा चलिरहेका बेला महोत्तरीको गौशाला बजारमा ग्यासको अवस्था ब..

5 दिन पहिले

सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..

निरन्जन कुमार साह  महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्..

30 दिन पहिले

सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..

महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..

1 महीना पहिले

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..

गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..

1 महीना पहिले

सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..

गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..

2 महीना पहिले

गौशालामा ग्यासको अभाव नरहेको व्यवसायीहरुको दाबी

गौशाला, साउन २५ गते । देशभर एलपी ग्यासको अभाव भएको चर्चा ..

मधेशमा धान रोपाइँ ९७.७१ प्रतिशत सम्पन्न

निरन्जन कुमार साह  महोत्तरी, साउन २९ गते मधेश प्रदेशम..