कारागारमा पस्यो पानी ,कैदी बन्दि बिचल्लीमा
रौतहट , असोज १३ गते
रौतहटमा कारागारमा पानी पसेपछि कैदी बन्दिको बिचल्ली भएको छ । जिल्लाको सदरमुकाम गौर स्थित कारागारमा बाढी पसेपछि कैदी बन्दीलाई बास स्थानको समस्या भएर अन्यत्र व्यवस्थापन गरिएको छ। कारागारभित्र पानी पसेको हुनाले छतमाथि पुरुष कैदी बन्दीलाई कडा सुरक्षासहित राखिएको छ भने महिला कैदी बन्दीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा सारिएको छ।
शुक्रबारदेखि परेको पानीले बागमती नदी र लालबकैया नदीको पानी बिहानैदेखि गौरमा पसेर डुबान भएको छ । कारागारभित्र तीन फिटसम्म पानी ताल परेको छ । कारागारमा बस्ने अवस्था नभएको कारण चौतर्फी प्रहरी राखेर पुरुष कैदी बन्दीलाई छतमा राखिएको सिडिओ हिरालाल रेग्मीले बताएका छन्। उनीहरूको खानाको व्यवस्थापन समेत कारागारको छत माथि नै भइरहेको छ।
त्यस्तै १२ जना महिला कैदी लाई जिल्ला प्रहरी कार्यालय गौराको हिरासतमा राखिएको सिडिओ रेग्मीले जानकारी दिए। बिहीबारदेखिको अविरल वर्षासँगै रौतहटको पूर्व भेग स्थित बागमती पश्चिममा लालबकैया नदीमा आएको बाढीको सतह घट्दै जाँदा सदरमुकाम गौर बजार क्षेत्रमा पानीको दबाब बढ्दै गएको छ।
अहिले गौर बजारको मूल बाटोमा चौतर्फी पानी ताल परेको छ। गौर भन्सार एरियाको बाटोमा ४ फिटसम्म पानी जमेको छ भने नेपाल विद्युत् प्राधिकरण गौर शाखा जलमग्न भएको छ।
सदरमुकाम गौरका अधिकांश सडकहरू डुबेको छ भने कतिपय होचा घरहरूमा बाढी पसेको छ । बिपी चोकको सडक छेउका घर बाहेकका एरिया बाढीले डुबानमा परेका छन् । सिडिओ हिरालाल रेग्मीका अनुसार हाल सदरमुकाम गौर डुबानमा परेको छ, प्रायः सम्पूर्ण सरकारी कार्यालयहरूमा दुईदेखि तीन फिट सम्म पानी जमेर आज खुल्ने अवस्था छैन।
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
1 दिन पहिले
आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि
महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..
9 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
9 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
10 दिन पहिले
महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै
ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..
12 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
1 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
9 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
10 दिन पहिले
महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै
ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..
12 दिन पहिले
देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव
निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..
13 दिन पहिले
दिपावली सुरक्षित रूपमा मनाउन नगर प्रमुख डा. महतोको आग्रह
ममता शर्मा महोत्तरी, कार्तिक ३ गते । दिपावली पर्वको अवसरमा सम्पूर्ण नगरवासीहरुमा शुभकामना व्यक्त गर्दै महोत्तर..
16 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश ..
कमेन्ट गर्नुहोस्
view comments