वडा अध्यक्षले नै लगाए वडा कार्यालयमा ताल्चा , सेवाग्राहीहरुलाई भयो शास्ती

1 वर्ष पहिले प्रकाशित

(2081-06-22 B.S.)

395 पटक देखिएको

Radio Juntara

अनिल कुमार यादव

महोत्तरी , असोज २२ गते

महोत्तरीको सोनमा गाउँपालिकाको वडा न. ८ मा बिगत केहि दिन देखि वडा अध्यक्ष सुनिल कुमार महतोले वडा कार्यालयमा ताल्चा लगाएका छन् । वडा अध्यक्षले नै ताल्चा लगाएपछि जनसमुदायीले पाउनु पर्ने सेवा अवरुद्ध भएको छ ।

सोमवार सेवा ग्राहीहरुले सेवा लिन जाँदा वडा कार्यालयमा ताल्चा लागेको हुँदा उनीहरु आक्रोशित भएका थिए ।  एक सेवाग्राही विनोद साह भन्छन् , "वडा अध्यक्ष सुनिल कुमार महतो र गाउँपालिका अध्यक्ष विशेश्वर प्रसाद यादव सँगको कमिसन बाडफाड नमिले पछी वडा अध्यक्षले वडा कार्यालमा ताल्चा लगाएका हुन्  । सचिव सँगको विवाद बहाना मात्र हो ।"

त्यस्तै अर्का एक सेवाग्राहीले यस वडा कार्यालयमा जहिले पनि विवाद मात्र हुने गुनासो गरे । उनि भन्छन्  , “हामी सेवा लिन आएका हौँ । यो वडा कार्यालयमा जहिले आएपनि विवाद हुन्छ । कहिले वडा अध्यक्षले सचिवलाई हात पात गरेको त कहिले वडा अध्यक्षले आफ्नो दादा गिरि देखाउने मात्र गरेको पाइन्छ । यो वडा कार्यालयमा पैसा दिदा तुरन्तै काम हुन्छ तर नदिदा अनेक बहाना बाजी हुने गरेको छ । हामी हैरान छौं ।

यस सम्बन्धमा वडा अध्यक्ष सुनिल कुमार महतोले वडा सचिव धनिपथ यादव आफ्नो मनमानी गर्दै काम गर्ने गरेका र सेवा ग्राही सँग मनमानी पैसा समेत लिने गरेका बताए । उनले यसको गुनासो गाँउपालिका अध्यक्षसँग गर्दा पनि कुनै कारवाही नभएपछी आफु ताल्चा लगाउन बाध्य भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

1 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

9 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

9 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

10 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

12 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

1 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

9 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

10 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

12 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

13 दिन पहिले

दिपावली सुरक्षित रूपमा मनाउन नगर प्रमुख डा. महतोको आग्रह

ममता शर्मा महोत्तरी, कार्तिक ३ गते । दिपावली पर्वको अवसरमा सम्पूर्ण नगरवासीहरुमा शुभकामना व्यक्त गर्दै महोत्तर..

16 दिन पहिले