गौशालामा हाजिरी जवाफ तथा खेलकुद प्रतियोगिता सम्पन्न
2 वर्ष पहिले प्रकाशित
(2081-07-13 B.S.)
1664 पटक देखिएको
ममता शर्मा
महोत्तरी , कार्तिक १३ गते ।
महोत्तरीको गौशालामा हाजिरी जवाफ तथा खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । गौशाला नगरपालिका वडा नं ६ फुलकाहा स्थित श्री मा.वि. भेडियाही फुलकाहाको प्रांगणमा नवजीवन साना किसान सहकारी संस्थाद्वारा हाजिरी जवाफ तथा खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो । नगरका १६ वटा विद्यालयबीच नगरस्तरीय प्रतियोगिता भएको हो ।
कार्यक्रममा दौड , चेयर रेस र हाजिरी जवाफ प्रतियोगिता भएको थियो । जस अन्तर्गत दौड प्रतियोगितामा श्री राष्ट्रिय मा.वि. कान्तिबजारका छात्रा अनुरुद राउत प्रथम , भानुभक्त मेमोरियल सेकेन्डरी इंगलिस बोर्डिंग स्कुलका छात्रा दिपक राय यादव द्वितीय र त्रिभुवन मा.वि. का छात्रा रवि शंकर यादव तृतीय भएका हुन् ।
चेयर रेसमा श्री राष्ट्रिय मा.वि. कान्तिबजार प्रथम , भानुभक्त मेमोरियल सेकेन्डरी इंगलिस बोर्डिंग स्कुल द्वितीय र श्री जनता मा.वि . भरतपुरखोर तृतीय भएको छ ।
त्यसैगरि हाजिरी जवाफ प्रतियोगितामा एपेक्स एकेडेमी गौशाला प्रथम , श्री मोडर्न शारदा शिक्षा शिशु सदन रजखोर द्वितीय र श्री मा.वि . फुलकाहा र रामजानकी इंगलिस बोर्डिंग स्कुल तृतीय भएको छ ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित मधेश प्रदेशका पुर्व अर्थ मन्त्री भरत प्रसाद साहले गौशालामा यस्ता किसिममा प्रतियोगिताले खेलकुद विकासमा जोड दिने भएकोले आयोजक पक्षलाई धन्यवाद व्यक्त गरे । खेलकुदले भाइचारा सम्बन्ध स्थापितसँगै अनुशासन कायम गर्न समेत उत्तिकै प्रभावकारी भुमिका निर्वाह गर्ने उनको भनाई थियो। खेलकुदको सहयोगका लागि प्रदेश सरकार साथ सहयोग दिन तयार रहेको पनि उनले बताए।
त्यस्तै कार्यक्रममा सहयोगीका रुपमा उपस्थित युवा नेता अखिल क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष सुर्यनारायण साहले अनुशासित नागरिक उत्पादनका लागि खेलकुद अपरिहार्य रहेको जनाउँदै अहिले खेलकुद व्यवसायिक समेत बन्दै गएको बताए। उनले खेलले बालबालिकाको मानसिक , शारीरिक , बौद्धिक विकासमा सघाउ पुर्याउने भएकोले खेलकुदको निकै महत्व रहेको बताए ।

कार्यक्रमका संयोजक राम उमेश यादवले ‘स्वास्थ्य रहन जीवनका लागि खेलकुद , राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित भएको खेलकुद प्रतियोगिता सफल बनाउने सम्बन्धित सबैलाई धन्यवाद ज्ञापन गरे ।
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
22 घन्टा पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
2 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
4 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
10 दिन पहिले
नेपाल प्रहरीलाई मधेश सरकारले १२ वटा पिकअप सवारी साधन हस्..
निरन्जन कुमार साह महोत्तरी, भदौ ९ गते । मधेश प्रदेश सरकार, गृह, सञ्चार तथा कानून मन्त्रालयले सोमबार जनकपुरमा..
12 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
22 घन्टा पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
2 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
4 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
10 दिन पहिले
गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
14 दिन पहिले
गरिमा चौधरीका लागि गौशालामा श्रद्धाञ्जलि, दोषीमाथि कडा ..
महोत्तरी, भदौ ६ गते ।बाराको जितपुरसिमरा उपमहानगरपालिकाकी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको..
15 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहे..
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्त..
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्र..
कमेन्ट गर्नुहोस्
view comments