पोखरीमा कार डुब्दा रेडियो गौशालाको संचालकसहित दुईको मृत्यु

1 वर्ष पहिले प्रकाशित

(2081-07-20 B.S.)

1579 पटक देखिएको

Mamata Sharma

ममता शर्मा

महोत्तरी , कार्तिक २० गते

सर्लाहीमा पोखरीमा एक कार डुब्दा दुईजनाको मृत्यु भएको छ । कारमा सवार तिन जना मध्य दुइ जनाको मृत्यु भएको हो भने एकजना भने सकुसल छन् । मृत्यु हुनेमा रेडियो गौशालाका संचालक गौशाला नगरपालिका–१० निवासी ३८ वर्षीय सुरेश कुमार महतो र सोनमा गाउँपालिका-८ का ३७ वर्षीय रमाकान्त ठाकुरको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय सर्लाहीको अनुसार जिल्लाको बयलबासबाट महोत्तरीको गौशाला जादै गरेको लु. २ च. ६७५८ नम्बरको कार अचानक अनियन्त्रित भएर ईश्वरपुर नगरपालिका -२ मियाँखोर स्थित रहेको पोखरीमा मंगलबार बिहान डुबेको हो । कारमा सवार महोत्तरीको गौशाला –२ का ३१ वर्षीय जनक यादव पौडिएर बाहिर निस्कन सफल भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकरी दिनुभयो ।

स्थानीय जनसमुदायहरुले घटना लगत्तै प्रहरीलाई खबर गरेपछि खोजी तथा उद्धारका लागि पुगेको प्रहरी टोली पुगेको थियो । पोखरीमा  बेपत्ता भएका दुई जनालाई फेला पार्न नसकेपछि बर्दिबासस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनीबाट गोताखोर टोली बोलाएको प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकरी दिनुभयो ।

कार अनियन्त्रित भएर सडक छेउमा रहेको सरस्वती उच्च माध्यमिक विद्यालयको पोखरीमा गएर डुबेको स्थानीयको भनाइ छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न

भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..

2 दिन पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

5 दिन पहिले

गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ

गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..

5 दिन पहिले

महत्तरी क्षेत्र नं. ४ बाट प्रचण्ड र भरत प्रसाद साह उम्मेद..

निरन्जन कुमार साह महत्तरी, पुष ७ गते । आउदै गरेको फाल्गुन २१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि महोत्तर..

6 दिन पहिले

सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..

निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..

6 दिन पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

5 दिन पहिले

गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ

गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..

5 दिन पहिले

सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..

निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..

6 दिन पहिले

साना किसान कृषि सहकारी संस्था कान्तिबजारकाे ११ औं वार्ष..

जितेन्द्र कुसवाहा गाैशाला, मंसिर २६ गते । महाेत्तरीकाे गाैशाला नगरपालिका - १२ मा रहेको साना किसान कृषि सहकारी सं..

15 दिन पहिले

गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन

महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..

1 महीना पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

2 महीना पहिले