मधेशीलाई अपमान र आक्रमण गर्ने व्यक्तिलाई कारवाही गर्न नेता साहको माग

11 महीना पहिले प्रकाशित

(2081-09-07 B.S.)

811 पटक देखिएको

निरन्जन कुमार साह

महोत्तरी , पुष ७ गते

अनेरास्ववियु (क्रान्तिकारी )केन्द्रिय उपाध्यक्ष तथा युवा नेता सुर्य नारायण साहले मधेशीलाई अपमान र आक्रमण गर्ने व्यक्तिलाई कारवाही गर्न माग गरेका छन् । मधेशी सभ्यतामा असर पर्ने खालका शब्द प्रयोग गरि अपशब्द बोल्ने जोकोहीलाई पनि कानुनको दायरामा ल्याउनु पर्ने र सचेत गराउनु पर्ने उनको माग रहेको छ ।

हिजो शनिबार भएको एनपीएल खेलको बिजेता जनकपुर बोल्ट्सलाई लक्षित गरेर केहि व्यक्तिहरुले अनावश्यक शब्दहरु प्रयोग गरि सामाजिक संजाल तथा अन्य स्थानमा मधेशको प्रतिष्ठामाथि खलल पुर्याउने खालका शब्दहरु प्रयोग गरेको प्रति नेता साहले विरोध जनाएका छन् ।

मधेशीलाई बिभिन्न तरिका होच्याउने, अपमान गर्ने, तल देखाउने, बेइज्जत गर्ने , कुटपिट गर्ने जस्ता कार्यहरु गरेको भन्दै यथाशिघ्र कारवाही गर्नुपर्ने साहको सम्बन्धित निकायसँग माग छ । 

मुलुकी फौजदारी संहिता, २०७४ को राज्य  बिरुद्धका कसूर अन्तर्गत दफा ४९ (४) विभिन्न जातजाति वा सम्प्रदायबीचको सुसम्बन्ध खलल गर्नु वा गराउनु हुँदैन भन्ने उल्लेख भएको सोही ऐनको सार्वजनिक शान्ति विरुद्धको कसूर अन्तर्गत दफा ६५ (१) मा कसैले लेखेर, वचनले वा आकार वा चिन्हद्वारा वा अरु कुनै किसिमबाट धर्म, वर्ग, जातजाति, सम्प्रदाय वा भाषाको आधारमा नेपालको विभिन्न वर्ग, क्षेत्र वा समुदायका व्यक्तिहरुका बीचको सुसम्बन्धमा खलल पार्ने काम गर्न हुँदैन” भन्ने व्यवस्था गरेको देखिन्छ ।

तर यो व्यवस्थालाई उल्लङ्घन गर्दै फाइनल खलको बिजेता जनकपुर बोल्ट्सका समर्थकहरुलाई काठमाडौंमा अपमानजनक शब्द प्रयोग गर्दै रड प्रहार गरि कुटपिट गर्नु निन्दनीय रहेको बताउदै साहले दोषीलाई शिघ्र कारवाहीको माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

1 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

9 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

9 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

9 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

12 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

1 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

9 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

9 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

12 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

13 दिन पहिले

दिपावली सुरक्षित रूपमा मनाउन नगर प्रमुख डा. महतोको आग्रह

ममता शर्मा महोत्तरी, कार्तिक ३ गते । दिपावली पर्वको अवसरमा सम्पूर्ण नगरवासीहरुमा शुभकामना व्यक्त गर्दै महोत्तर..

16 दिन पहिले