नागरिकता विधेयकमा पार्टी नेता प्रभु साहको असन्तुष्टि

6 वर्ष पहिले प्रकाशित

(2077-03-06 B.S.)

2802 पटक देखिएको

काठमाडौं ,७ असार २०७७

नागरिकताका सवालमा नेकपा सचिवालयले शनिबार दिउँसो लिएको निर्णयमा नेकपा प्रदेश २ अध्यक्ष तथा सांसद प्रभु साहले असन्तुष्टि जनाएका छन् । नेकपाले विदेशी बुहारीलाई विवाहको ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिन सक्ने र विदेशी ज्वाँईलाई भने नागरिकता दिन अस्वीकार गर्ने निर्णय गरेको थियो । 

नेकपाको निर्णयसँगै अब यो विषय सहमतिमा भन्दा पनि बहुमत र अल्पमतका आधारमा संसदले निर्णय गर्ने भएको छ । संसदको राज्य व्यवस्था परामर्श समितिको आज दिउँसोको बैठकमै सम्भवत अब मतदान प्रक्रियाबाट यस विषयको विवाद मिलाउने गरी प्रक्रिया अगाडी बढ्ने सम्भावना बढेको छ ।

काँग्रेस र मधेस केन्द्रीत दलले अन्तरिक संविधानको ब्यवस्था अनुसार नै अंगीकृतको ब्यवस्था गर्नुपर्ने मत जाहेर गरिरहेका छन् । तर नेकपाले भने विवाहको ७ वर्षपछि मात्र विदेशी बुहारीलाई नेपालको अंगीकृत नागरिकता दिन सक्ने निर्णय शनिबार गरेको थियो । यो निर्णयलाई केन्द्रीय सदस्य समेत रहेका साहले मधेसी जनताको जनभावना विपरितको निर्णय भएको भन्दै असन्तुष्टि जनाएका छन् । 

साहले आइतबार बिहान एक वक्तब्य जारी गर्दै परापूर्व काल देखि चल्दै आएको सम्बन्धलाई बिथोल्ने मात्र नभई मधेसी जनतामाथी अविस्वास र असहयोग गरेको आरोप लगाएका छन् । 

के भने साहले वक्तब्यमा ?

नेपाली नागरिकसँग विवाह गरेको विदेशी महिलालाई विवाहको ७ वर्षपछि मात्र नागरिकता दिने पार्टीको निर्णय मुलभुत रुपमा मधेशी जनभावना विपरीत छ । ७ वर्ष पछि नागरिकता दिदाँ नेपाली राष्ट्रियता बलियो हुने र विगतमा झैं भारतीय नागरिकता त्यागेपछि नागरिकता दिदाँ राष्ट्रियता कमजोर हुने तर्कमा कुनै तुक देखिदैन ।

यस निर्णयले परापूर्वकालदेखी चल्दै आएको हाम्रो रोटीबेटीको सम्बन्धलाई बिथोल्ने मात्र नभई मधेशी जनतामाथि अविश्वास तथा असहयोग गरेको समेत झल्किनेछ ।  सहज वैवाहिक सम्बन्धले कहीं कतै राष्ट्रियतामा नै असर र खतरा परिरहेको छैन् । एक त नेपालीहरू अहिले आफैँ विकसित देशहरूमा पलायन भइरहेको र अर्का पहिलेको तुलनामा नेपालमा विवाह गर्ने भारतीय जनताको इच्छा घट्दै गईरहेको सन्दर्भमा यो प्रावधानले मधेशी जनतामा नकारात्मक असर पर्नेछ ।

पार्टीका तराई मधेशका नेताहरुसँगको परामर्शपछि अन्तिम निष्कर्षमा पुग्दा राम्रो हुने देखिन्छ । त्यसैले यो निर्णयलाई पुर्नविचार गर्न पार्टी नेतृत्वको समयमैं गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..

महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..

2 दिन पहिले

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..

गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..

10 दिन पहिले

गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..

महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला  नगरपालिकाका कर्मचारीहरूले नगर प्रहरीमाथि भएको दुर्व्यवहारको विर..

10 दिन पहिले

सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..

गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..

20 दिन पहिले

रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..

महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..

21 दिन पहिले

सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..

महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..

2 दिन पहिले

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..

गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..

10 दिन पहिले

सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..

गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..

20 दिन पहिले

संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..

काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..

1 महीना पहिले

भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..

महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..

2 महीना पहिले

गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..

गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..

3 महीना पहिले