विहे भएको दुइ महिना नबित्दै एक महिला गौशालामा मृत अवस्थामा फेला

2 वर्ष पहिले प्रकाशित

(2081-10-20 B.S.)

2535 पटक देखिएको

महोत्तरी , माघ २० गते ।

महोत्तरीको गौशालामा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । आइतबार एका बिहानै गौशालाको जिरोमाइलदेखि ३ सय मिटर उत्तरपट्टि रहेको भिक्सबन्नीमा मृत अवस्थामा फेला परेको हो । स्थानीयको अनुसार ति महिलाको विवाह भएको भर्खर दुइ महिना बितेको छ । प्रहरीका अनुसार गौशाला ८ कि २१ वर्षीया खुश्वु यादवको हत्या भएको हो। उहाँको शव गौशालाकै वडा नम्बर ५ स्थित युक्लिप्टिसको सुनसान घारीमा आइतबार अपराह्न फेला परेको थियो। माइती पक्षका अनुसार उहाँको विवाह दुई महिनाअघि भएको थियो। 

खुश्वुलाई धारिलो हतियार प्रहार गरेर हत्या गरिएको प्रहरीले अनुमान गरेको छ। जिल्ला प्रहरी कार्यालयका डिएसपी तथा सूचना अधिकारी सन्तुलालप्रसाद जयसवारका अनुसार खुश्वुको दाहिनेतर्फको कानदेखि नाकसम्म काटिएको छ। हतियारले घाँटीको केही भागमा पनि घाउ लागेको उहाँले बताउनुभयो। 

मृतक खुश्वुको माइतीघर महोत्तरीकै समसी गाउँपालिका वडा नं १ पर्सादेवाड हो। त्यहाँका वडाध्यक्ष विपिन यादवले खुश्वुका बुवा लक्ष्मण यादवलाई उद्धृत गर्दै जनाए अनुसार उहाँको विवाह गत मङ्सिर ७ गते गौशाला ८ बेलगाछीका चन्देश्वर यादवको छोरो अभिषेक यादवसँग भएको थियो। हत्या दाइजोको कारण भएको माइती पक्षको आरोप छ। 

मृतकको शव पोस्टमार्टमका लागि जलेश्वर लगिएको छ। प्रहरीले शङ्कास्पद व्यक्तिलाई निगरानीमा राखे पनि कसैलाई पक्राउ गरेको छैन। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

3 घन्टा पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

9 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

19 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले