देशकै सबैभन्दा ठुलो पेपर मिलको प्रधानमन्त्री ओलीद्वारा उद्घाटन

8 महीना पहिले प्रकाशित

(2081-11-22 B.S.)

651 पटक देखिएको

Mamata Sharma

भाग्यरेखा ठाकुर , महोत्तेरी ।
महोत्तरीको गौशालामा देशकै ठुलो पेपर उद्योग आजदेखि संचालनमा आएको छ । जिल्लाको गौशाला नगरपालिका वडा नं १ रामनगरको इटाटार स्थित नेपाल पेपर एण्ड पल्प इन्डस्ट्रिज प्रा. लि. संचालनमा आएको हो । जसको विहिबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छ ।
मिलको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यो उद्योगले पेपर उत्पादनमा वृद्धि तथा स्थानीय स्तरमा रोजगारी सिर्जना गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । उद्योगको दीर्घकालीन सफलताको कामना गर्दै प्रधानमन्त्री केपि शर्मा ओलीले यस उद्योगले आम्दानीको स्रोत बढाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो , "यो उद्योग राष्ट्रको लागि हो । देशले १९ अर्व जति रकम कागजमा खर्ज गरिरहेको बेलामा यस उद्योगले केहि रकम भएपनि देश बाहिर जान नदिन मदत पुर्याउने छ । रोजगारिको लागि उत्पादनशिलता , उद्यमशिलताको आवश्यकता छ । रोजगारीका लागि बाहिर जानुपर्ने बाध्यता तब मात्र हट्छ जब यस किसिममा विविध उद्योगहरु संचालन हुन्छन् ।"

साथै प्रधामन्त्री ओलीले यस उद्योगको संचालनले ठुलो संख्यामा रोजगारीको सिर्जना , आर्थिक वृद्धिमा योगदान , नयाँ प्रविधिको प्रयोग र नवप्रवर्तन, निर्यातको अवसर, समाजिक र संरचनात्मक विकास, स्थानीय र अन्तर्राष्ट्रिय सम्बन्धको मजबुती हुने विश्वास व्यक्त गर्नुभयो ।
पेपर मिलको संचालनको उद्देश्यमाथि प्रकाश पार्दै उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले पुराना कागजहरु , प्रयोग भइसकेका कागजहरु तथा खेर गएका कागजहरुलाई प्रशोधन गरि नयाँ कागज निर्माण गर्ने उद्देश्य यस उद्योगको रहेको बताउनुभयो । विभिन्न प्रयोजनको लागि स्वदेशमा निर्माण भएको कागजको उपयोगलाई बढाउन यस कम्पनिले थप सहयोग पुर्याउने उहाँको भनाइ छ । जल प्रदुषण , माटो प्रदुषण र वायु प्रदुषणलाई मध्य नजर गर्दै यस उद्योगले स्वदेशमै रोजगारको व्यवस्थामा टेवा पुर्याउने अभिप्राय राखेको जनाइएको छ । नेपालको दोश्रो सबैभन्दा ठुलो कागज निर्माण उद्योगको रुपमा यो मील स्थापित भएको छ । देशको पहिलो ठुलो पेपर मील भृकुटी कारखाना रहेकोमा हाल सो मिल बन्द अवस्थामा रहेको छ ।

ढकालले भन्नुभयो , “नेपालमा लगानीको वातावरणको सकारात्मक सन्देश यस उद्योगले दिने छ । देशमा विद्यमान आर्थिक मन्दीलाई सुधारको निम्ति यसले थप सहयोग पुर्याउने विश्वास मिलले लिएको छ ।” निजि क्षेत्रमा बढी भन्दा बढी लगानी भएमा मात्र लगानीको वातावरण सिर्जना हुने र मुलुक समृद्ध हुने ढकालले बताउनुभयो ।
त्यस्तै कार्याक्रममा आफ्नो मन्तव्य व्यक्त गर्दै मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मधेशमा अझै यस्ता ठुला उद्योगहरु संचालनको सम्भावना रहेको बताउनुभयो । यस उद्योग मार्फत बेरोजगार महिला तथा पुरुषहरुलाई जोड्न सकियो भने कामको लागि तथा रोजगारीको लागि खाडी मुलुक जानुपर्ने बाध्यतालाई निराकरण गर्न उहाँको भनाई छ । यस्ता उद्योगहरुले मधेश लगायत समग्र देशकै अर्थतन्त्र सुधारको लागि महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने उहाँले बताउनुभयो ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले वैदेशिक रोजगारी अत्यधिक रुपमा बढ्नु हाम्रो लागि एउटा चुनौतीको रूपमा रहेको बताउदै देशमा साना तथा मझौला, घरेलु, ठुला उद्योगहरुको बढीभन्दा बढी विकास र विस्तारको आवश्यकता रहेको बताउनुभयो । वैदेशिक रोजगारको विकल्पमा स्वदेशमै रोजगारी सिर्जना गर्नु आवश्यक रहेको उहाँको भनाई छ । महोत्तरीमा पेपर मिल संचालनमा आएकोमा खुसि व्यक्त गर्दै मन्त्री भण्डारीले यस मिलको माध्यमबाट गाउँका स्थानीय दिदीबहिनीले रोजगारिको अवसर पाउने विश्वास व्यक्त गर्नुभयो ।

आइएमई समूहद्वारा करिब दुई अर्बको लगानीमा सञ्चालन भएको यस मिलमा पुस्तक तथा कापीका लागि आवश्यक कागज उत्पादन हुने जनाइएको छ । १९ बिघा क्षेत्रफलमा फैलिएको यस पेपर मिलमा करिब तिन सय जनाले रोजगारी पाउने भएका छन् । मिलमा दैनिक ७५ टनसम्म कागज उत्पादन गर्न सक्ने क्षमता रहेको छ । नेपालमा वार्षिक करिब एक लाख २५ हजार टन कागज खपत हुने गरेको छ भने धेरैजसो काजग आयात हुने गरेको छ । यस मिलबाट उत्पादन भएको कागजले ३० प्रतिशतभन्दा बढी कागजको आयात प्रतिस्थापन गर्ने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

5 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

13 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

13 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

13 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

16 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

5 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

13 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

13 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

16 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

17 दिन पहिले

दिपावली सुरक्षित रूपमा मनाउन नगर प्रमुख डा. महतोको आग्रह

ममता शर्मा महोत्तरी, कार्तिक ३ गते । दिपावली पर्वको अवसरमा सम्पूर्ण नगरवासीहरुमा शुभकामना व्यक्त गर्दै महोत्तर..

19 दिन पहिले