सोनमा गाउँपालिकामा तेस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु
1 वर्ष पहिले प्रकाशित
(2081-12-20 B.S.)
1191 पटक देखिएको
महोत्तरी, चैत्र २० गते
सोनमा गाउँपालिकामा तेस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगिता बुधबारदेखि श्री सरस्वती माध्यमिक विद्यालयको प्राङ्गणमा सुरु भएको छ। प्रतियोगिता गाउँपालिकाको आर्थिक सहयोग तथा स्थानीय क्रिकेट खेलाडीहरूको पहलमा आयोजना गरिएको हो।
पालिकाका अध्यक्ष बिशेश्वर प्रसाद यादवले ब्याटिङ गर्दै तथा वडा अध्यक्ष रामजीवन यादवले बलिङ गर्दै खेलको औपचारिक उद्घाटन गर्नुभयो।
प्रतियोगितामा कुल १० वटा क्रिकेट टोलीले भाग लिएका छन्। खेल अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (ICC) का नियमअनुसार सञ्चालित हुनेछ। प्रारम्भिक चरणमा सबै टोलीहरू लिग आधारमा प्रतिस्पर्धा गर्नेछन्, जसअनुसार उत्कृष्ट टोलीहरू सेमिफाइनल तथा फाइनलमा प्रवेश गर्नेछन्। खेल आधिकारिक क्रिकेट बल (लेदर बल) प्रयोग गरेर खेलाइनेछ। आयोजक समिति अनुसार लिग चरणका खेलहरू प्रतिदिन दुईवटा खेल हुनेछन्।
प्रथम स्थान प्राप्त टोलीलाई रु ६१,००० नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ। दोस्रो स्थान प्राप्त टोलीलाई रु ३५,००० नगद, ट्रफी र प्रमाणपत्र दिइनेछ।
प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सोनमा टोलीले रामगोपालपुर टोलीलाई १६१ रनको फराकिलो अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ। सोनमा टोलीका स्टार खेलाडी विकासले शतक प्रहार गर्दै उत्कृष्ट प्रदर्शन गरे। उनको विस्फोटक ब्याटिङका कारण टोलीले बलियो स्कोर खडा गर्न सफल भयो।
प्रतियोगिताका आगामी खेलहरू प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ। आयोजक सोनमा गाउँपालिकाले सम्पूर्ण खेलहरू सफलतापूर्वक सम्पन्न गराउन आवश्यक सम्पूर्ण व्यवस्थापन गरिएको जनाएको छ।
सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..
निरन्जन कुमार साह महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्..
5 दिन पहिले
कृषिमा आधारित सिकाइ तथा उद्यमशीलता अनुभव (SALEE-2026) दोस्रो चर..
भाग्यरेखा ठाकुर महोत्तरी, असार ३२ गते । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत प्राकृतिक स्रोत व्यवस..
6 दिन पहिले
सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..
महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..
11 दिन पहिले
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..
19 दिन पहिले
गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..
महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला नगरपालिकाका कर्मचारीहरूले नगर प्रहरीमाथि भएको दुर्व्यवहारको विर..
20 दिन पहिले
आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि
महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..
9 महीना पहिले
अयोजकलाई स्तब्ध पार्दै श्रीनगर विजयी
कार्तिक १ गते ।महोतरी । गौशालाको कान्तिबजार परडियामा सम्पन्न अन्डर–१६ नाईन साइड फुटबल टुर्नामेन्टको उपाधि स..
9 महीना पहिले
कान्तिबजारमा जारी फुटबल टुर्नामेन्टमा आयोजनक, टुटेश्वर..
संतोष सिंह महोतरी, असोज ३१ गते । गौशालाको कान्तिबजार परडियामा जारी अन्डर–१६ नाईन साइड फुटबल टुर्नामेन्टको प..
9 महीना पहिले
सोनमामा वडा स्तरीय क्रिकेट टुर्नामेन्ट हुदै
अनिल कुमार यादव, सोनमा महोत्तरीको सोनमा गाउँपालिका वडा नं.३ खखना स्थित सात दिने वडा स्तरीय क्रिकेट टुर्नामेन्..
1 वर्ष पहिले
गौशालामा हाजिरी जवाफ तथा खेलकुद प्रतियोगिता सम्पन्न
ममता शर्मा महोत्तरी , कार्तिक १३ गते । महोत्तरीको गौशालामा हाजिरी जवाफ तथा खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । गौ..
2 वर्ष पहिले
सम्सी गाउँपालिकामा प्रथम उपाध्यक्ष कप सुरु
निरन्जन कुमार साह महोत्तरी , पुष ३ गते महोत्तरीको सम्सी गाउँपालिकामा प्रथम उपाध्यक्ष कप शुरुभएको छ । स..
3 वर्ष पहिले
सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..
निरन्जन कुमार साह महोत्तरी, साउन १। महोत्तरीको सोनमा ..
कृषिमा आधारित सिकाइ तथा उद्यमशीलता अनुभव (SALEE-2026) दोस्रो चर..
भाग्यरेखा ठाकुर महोत्तरी, असार ३२ गते । कृषि तथा वन व..
कमेन्ट गर्नुहोस्
view comments