अत्यधिक गर्मीका कारण गौशाला बजार सुनसान, व्यापारी चिन्तित

1 वर्ष पहिले प्रकाशित

(2082-01-19 B.S.)

561 पटक देखिएको

अनिषा कुमारी यादव 

गौशाला, महोत्तरी — तराई क्षेत्रमा पछिल्ला दिनहरूमा चर्को गर्मी बढ्दै गएको छ, जसको प्रत्यक्ष असर महोत्तरीको गौशाला बजारमा देखिन थालेको छ। ग्राहकहरूको उपस्थिति न्यून हुँदै जाँदा बजार सुनसान बन्दै गएको छ भने, स्थानीय व्यापारीहरू गम्भीर आर्थिक संकटमा फसेका छन्।

महोत्तरी जिल्लाको गौशाला बजार सर्लाही, धनुषा, महोत्तरी र भारत सीमाका बासिन्दाहरूको किनमेल केन्द्रको रूपमा परिचित छ। यस क्षेत्रमा दैनिक हजारौं ग्राहक आउने गर्दथे, तर अहिले गर्मीका कारण बजारको चहलपहल एक्कासी घटेको छ।एक व्यापारी भन्छन्, “पहिले दिनमा २०–३० हजार रुपैयाँ बराबरको सामान बिक्री हुन्थ्यो। अहिले पाँच हजार पनि मुस्किलले हुन्छ। ग्राहक आउँदैनन्, गर्मीले सबै घरमै छन्। यस्तो अवस्था अझै केही हप्ता रह्यो भने व्यवसाय बन्द गर्नुको विकल्प रहँदैन।”

धेरै व्यापारीहरू अहिले बैंक ऋणको किस्ता तिर्न सकिरहेका छैनन्। आम्दानी नहुँदा घर खर्च, स्टाफको तलब, भाडा, बत्तीपानीदेखि विद्यालय शुल्कसम्म तिर्न गाह्रो परेको व्यापारीहरुको गुनासो छ । यसले व्यापार मात्र होइन, व्यापारी परिवारको दैनिक जीवनमा समेत प्रतिकूल असर पारेको छ।एक स्थानीय महिला व्यवसायी बताउँछिन्, “सानोतिनो व्यापार गरेर छोराछोरी पढाउँदै थिएँ, तर अहिले व्यापार नै ठप्प भएपछि विद्यालय शुल्क तिर्न सक्ने अवस्था छैन।”

व्यापारीहरू अहिले स्थानीय सरकार र प्रशासनसँग राहत र सहुलियतको माग गरिरहेका छन्। उनीहरूको मुख्य मागमा बैंक ब्याजमा सहुलियत, कर छुट, बजार क्षेत्रको सहुलियत समय व्यवस्थापन, ग्राहकलाई आकृष्ट गर्न सहज वातावारण र बिद्युत/पानीको नियमित आपूर्ति रहेको छ।साथै, बजार क्षेत्र वरिपरि छायाँयुक्त विश्रामस्थल, पिउने पानी र स्वच्छता व्यवस्थापन गर्न सकिने हो भने गर्मीमा समेत केही हदसम्म ग्राहक आकृष्ट गर्न सकिने उनीहरूको भनाइ छ।

गर्मीले सिर्जना गरेको संकटले गौशाला बजारको अर्थतन्त्र मात्र होइन, समाजको दैनिक जीवनमै असर पारिरहेको छ। यस्तो अवस्थामा व्यापारीहरूलाई सहज वातावरण बनाउनेतर्फ सरकार र स्थानीय निकायको सक्रिय भूमिका अत्यावश्यक देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

3 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

13 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

20 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

24 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

30 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले