नेपालमा पहिलोपटक घरदैलो योजना छनोट अभियान : पूर्व अर्थमन्त्री भरत प्रसाद साहको नेतृत्वमा जनतासँग प्रत्यक्ष संवाद
2 वर्ष पहिले प्रकाशित
(2082-01-24 B.S.)
992 पटक देखिएको
निरन्जन कुमार साह
गौशाला, महोत्तरी – आउँदै गरेको आर्थिक वर्ष २०८२/०८३ को लागि मधेश प्रदेशमा पहिलोपटक अनौठो तर सशक्त अभियानको सुरुवात गरिएको छ। प्रदेशका पूर्व अर्थमन्त्री एवं माओवादी केन्द्रका नेता भरत प्रसाद साहले घर–घरमा पुगेर योजना छनौट गर्ने अभियान सुरुवात गरेका छन् । यो अभियान अन्तर्गत उनले गौशाला नगरपालिका–४, अशोक गाछी नजिकको गाउँमा जनसमुदायको भेला गरेर विभिन्न योजनाहरू छनौट गरेका हुन्।
साहले बताउनुभयो कि यो अभियानले जनतासँग प्रत्यक्ष संवादमार्फत उनीहरूका आवश्यकता बुझ्ने अवसर दिनेछ र जनचाहनाअनुसारको योजना निर्माणको बाटो खोल्नेछ। उहाँले विगतमा एउटै स्थानमा तीन तहका सरकारहरू राखिँदा समन्वयको अभावले विकासमा बाधा पुगेको स्वीकार गर्दै अब यस्तो अवरोध अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो।
नेपाली कांग्रेसका नेता राजकुमार मल्लले यस प्रकारको पहल देशमै पहिलोपटक भएको भन्दै पूर्व अर्थमन्त्री साहको कार्य प्रशंसनीय रहेको बताए। महिला समूहकी प्रतिनिधि रामा सुबेदीले विकाससँगै धार्मिक संरचनाको संरक्षण पनि आवश्यक रहेको औंल्याइन्। लोसपाका नेता हरिनारायण साहले विगतमा कुनै नेताले यस्तो कार्य नगरेकाले विकासमा समस्या आएको उल्लेख गर्दै अब चाहिँ परिवर्तन सम्भव भएको महसुस भइरहेको बताए।
यो अभियानले प्रदेशभर घरदैलो योजना छनौटको नयाँ अभ्यास सुरु गरेको छ, जसले “जनताद्वारा, जनताको लागि योजना” भन्ने सोचलाई व्यवहारमा उतार्ने अपेक्षा गरिएको छ।
प्रसाद साह को नेतृत्वमा एक ऐतिहासिक र जनमुखी अभियान प्रारम्भ गरिएको छ। यो अभियान अन्तर्गत गौशाला नगरपालिका वडा नं. ४, अशोक गाछ नजिकको गाउँमा समुदाय भेला गराई योजना छनौट गरिएको हो। अभियानको विशेषता प्रत्येक घरमा पुगेर जनताको आवाज सुन्नु र उनीहरूको प्राथमिकता अनुसार योजना तयार गर्नु हो।
साहले बताएअनुसार, अघिल्ला वर्षहरूमा योजनाहरू केन्द्रिकृत तरिकाले बनाइँदा धेरै स्थानीय आवश्यकता उपेक्षित हुने गरेका थिए। तर अब, जनताको सुझाव, पीडा र चाहना सुनेर योजना निर्माण गरिँदैछ। उहाँले भन्नुभयो, "एकै ठाउँमा तिन ओटै सरकार राख्दा समन्वयको अभावले विकास अवरुद्ध भएको थियो, अब घर-घर पुग्दा जनताको वास्तविक चाहना अनुसार विकास सम्भव छ।"
कार्यक्रम वडा अध्यक्ष रामनारायण महासेठको सभापतित्वमा सम्पन्न भएको थियो। प्रमुख अतिथि पूर्वमन्त्री भरत प्रसाद साह रहेका यस कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय प्रतिनिधि सुर्यनारायण साह, माओवादी पार्टीका प्रदेश सदस्य विजय साह, नेपाली कांग्रेसका राजकुमार मल्ल, लोसपाका हरिनारायण साह, र जनसमुदायका अन्य प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
मिटरब्याज तथा भूमिहीन पीडितलाई एकजुट हुन आह्वान, माग पूर..
निरन्जन कुमार साह महोत्तरी, मङ्सिर ५ गते । मिटरब्याज तथा भूमि पीडितहरूले आफ्ना माग पूरा गराउन देशभरका पीडितलाई एà¤..
21 घन्टा पहिले
गौशालामा तेस्रो मेयर कप क्रिकेट प्रतियोगिता सुरु, वडा नं..
निरन्जन कुमार साह महोत्तरी, मङ्सिर ४ गते । महोत्तरीको गौशाला नगरपालिकामा स्थानीय स्तरमा क्रिकेट खेलको विकास, यà..
2 दिन पहिले
तेस्रो भरतपुर कपको उपाधि भरतपुर एफसीलाई, फाइनलमा मदनपट्à..
निरन्जन कुमार साह महोत्तरी, मंसिर ३ गते ।महोत्तरीको गौशाला नगरपालिका–११, भरतपुरमा आयोजित तेस्रो भरतपुर कप २०८३..
3 दिन पहिले
सार्वजनिक जग्गा खाली गराउन प्रशासनको उदासीनता, सुरक्षा à..
भाग्यरेखा ठाकुर महोत्तरी, कार्तिक २८ गते । सार्वजनिक जग्गा अतिक्रमणमुक्त गराउने अभियानमा गौशाला नगरपालिका अघि à¤..
8 दिन पहिले
सूर्यनारायण साहको सहभागितामा गौशालामा रक्तदान कार्यक्à..
कार्तिक १८ गते । महोत्तरी-महोत्तरीको गौशाला नगरपालिका–६, फूलकाहामा आयोजित रक्तदान कार्यक्रममा नेपाà¤..
18 दिन पहिले
मिटरब्याज तथा भूमिहीन पीडितलाई एकजुट हुन आह्वान, माग पूर..
निरन्जन कुमार साह महोत्तरी, मङ्सिर ५ गते । मिटरब्याज तथा भूमि पीडितहरूले आफ्ना माग पूरा गराउन देशभरका पीडितलाई एà¤..
21 घन्टा पहिले
तेस्रो भरतपुर कपको उपाधि भरतपुर एफसीलाई, फाइनलमा मदनपट्à..
निरन्जन कुमार साह महोत्तरी, मंसिर ३ गते ।महोत्तरीको गौशाला नगरपालिका–११, भरतपुरमा आयोजित तेस्रो भरतपुर कप २०८३..
3 दिन पहिले
सार्वजनिक जग्गा खाली गराउन प्रशासनको उदासीनता, सुरक्षा à..
भाग्यरेखा ठाकुर महोत्तरी, कार्तिक २८ गते । सार्वजनिक जग्गा अतिक्रमणमुक्त गराउने अभियानमा गौशाला नगरपालिका अघि à¤..
8 दिन पहिले
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
2 महीना पहिले
गौशालामा तेस्रो मेयर कप क्रिकेट प्रतियोगिता सुरु, वडा नं..
निरन्जन कुमार साह महोत्तरी, मङ्सिर ४ गते । महोत्तरीको ग..
मिटरब्याज तथा भूमिहीन पीडितलाई एकजुट हुन आह्वान, माग पूर..
निरन्जन कुमार साह महोत्तरी, मङ्सिर ५ गते । मिटरब्याज तथा à..
तेस्रो भरतपुर कपको उपाधि भरतपुर एफसीलाई, फाइनलमा मदनपट्à..
निरन्जन कुमार साह महोत्तरी, मंसिर ३ गते ।महोत्तरीको गौशा..
कमेन्ट गर्नुहोस्
view comments