महोत्तरीको सम्सी गाउँपालिकामा स्तनपान कक्ष संचालन

6 महीना पहिले प्रकाशित

(2082-02-08 B.S.)

457 पटक देखिएको

निरन्जन कुमार साह, महोत्तरी ।

महोत्तरीको सम्सी गाउँपालिकामा स्तनपान कक्ष निर्माण गरिएको छ ।

पालिकाले केहि दिन अगाडीदेखि स्तनपान कक्ष निर्माण गरि सञ्चालनमा ल्याएको हो ।

गाउँपालिकामा कार्यरत महिला कर्मचारीहरु र सेवा लिन आउने आमाको स्वास्थ्य सुधारमा टेवा पुर्याउने उद्देश्यका साथ र सहज सुविधाका लागि स्तनपान कक्ष सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष रामनाथ यादवले बताउनुभयो ।

‘यसअघि गाउँपालिकामा सेवा लिन आउने आमाहरूले आफ्नो शिशुलाई सुरक्षित स्तनपान गराउने र शिशुलाई आराम गराउने स्थानको अभावमा समस्या भोग्नुपरेको थियो’ गाउँपालिका अध्यक्ष रामनाथ यादवले – ‘स्तनपान कक्षको निर्माणपछि अब भने शिशु र आमा दुवैलाई सहजता आउने छ ।’

गाउँपालिकामा सेवा लिन आउने आमाहरूले सार्वजनिक रूपमा आफ्ना बालबालिकालाई स्तनपान गराउन अप्ठ्यारो भएको महसुस गरिएपछि गाउँपालिकामा स्तनपान कक्ष निर्माण गरेको यादवको भनाइ छ ।

गाउँपालिकामा निर्माण गरिएको स्तनपान कक्षमा बिछ्यौनासहितको शैया, शिशुलाई सुताउने झोलुङ्गो, आमाको हात सफा गर्नका लागि साबुनपानीलगायतको व्यवस्थापन गरिएको गाउँपालिकाले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन

महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..

10 दिन पहिले

महोत्तरीमा पत्नीको हत्या प्रकरण धारिलो हतियार प्रहार ग..

निरन्जन कुमार साह महोत्तरी, कात्तिक २९ गते । महोत्तरीको औरही नगरपालिका–६ मा शनिवार बैरिया बस्ने २५ वर्षीया कवि..

18 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

24 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

30 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

1 महीना पहिले

गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन

महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..

10 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

24 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

30 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

1 महीना पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

1 महीना पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

1 महीना पहिले