पूर्वबाट नेपाल भित्रियो यस वर्षको मनसुन, औसतभन्दा बढी वर्षा हुने अनुमान

5 महीना पहिले प्रकाशित

(2082-02-16 B.S.)

381 पटक देखिएको

महोत्तरी, जेठ १६ गते 

यस वर्षको मनसुन प्रणाली बिहीबार रातिदेखि नेपाल प्रवेश गरिसकेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुन कोशी प्रदेशको अधिकांश भूभागमा सक्रिय भइसकेको र हल्कादेखि मध्यम वर्षा सुरु भएको महाशाखाले शुक्रबार जारी गरेको बुलेटिनमा उल्लेख छ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको महाशाखाका अनुसार यस वर्ष मनसुनमा सामान्यभन्दा बढी वर्षाको सम्भावना रहेको छ। यसले बाढी, पहिरो लगायतका मनसुनजन्य विपद्को जोखिम बढाउने भएकाले राष्ट्रिय स्तरमै पूर्वतयारी कार्ययोजना निर्माण गरी लागू गरिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टका अनुसार मनसुनले यस वर्ष देशभर करिब १९ लाख ९७ हजार नागरिकलाई प्रभावित पार्ने अनुमान गरिएको छ। तीमध्ये ५२ प्रतिशत महिला हुने प्रक्षेपण छ। प्राधिकरणको आँकडाअनुसार ४ लाख ५७ हजार घरधुरी जोखिममा पर्ने छन्।

सबैभन्दा धेरै लुम्बिनी प्रदेश प्रभावित हुने सूचीमा परेको छ, जहाँ ५ लाख २३ हजारभन्दा बढी जनसंख्या असरमा पर्ने देखिएको छ। त्यसपछि क्रमशः बागमती, गण्डकी, कोशी, मधेश, सुदूरपश्चिम र सबैभन्दा कम कर्णाली प्रदेशमा मनसुनजन्य विपद्को प्रभाव पर्ने प्रक्षेपण गरिएको छ।

 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

19 घन्टा पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

9 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

9 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

9 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

12 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

19 घन्टा पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

9 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

9 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

12 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

13 दिन पहिले

दिपावली सुरक्षित रूपमा मनाउन नगर प्रमुख डा. महतोको आग्रह

ममता शर्मा महोत्तरी, कार्तिक ३ गते । दिपावली पर्वको अवसरमा सम्पूर्ण नगरवासीहरुमा शुभकामना व्यक्त गर्दै महोत्तर..

15 दिन पहिले