सोनमामा गाउँपालिका अध्यक्षद्वारा कृषि सडकको शिलान्यास
निरन्जन कुमार साह
महोत्तरी, जेठ १६ गते ।
सोनमा गाउँपालिका वडा नं. २ स्थित एक महत्वपूर्ण कृषि सडकको शिलान्यास गरिएको छ। गाउँपालिकाका अध्यक्ष विशेश्वर प्रसाद यादवले औपचारिक रूपमा उक्त आयोजनाको शुभारम्भ गर्दै कृषि क्षेत्रमा पूर्वाधार विकासले दीर्घकालीन फाइदा पुर्याउने विश्वास व्यक्त गरे।
सडक निर्माणका लागि गाउँपालिकाले रु. २ लाख बजेट विनियोजन गरेको छ। कार्यक्रमका क्रममा अध्यक्ष यादवले भने, “कृषकहरूले उत्पादन गरे पनि बजारसम्म सहज पहुँच नहुनु ठूलो चुनौती हो। यो सडक निर्माणपछि कृषकले समयमै आफ्ना उत्पादन बेच्न पाउनेछन्, जसले आयमा वृद्धि ल्याउनेछ।”
कार्यक्रममा अनिल कुमार यादव, अन्य स्थानीय जनप्रतिनिधि, समाजसेवी, कृषक समूह तथा युवाहरूको उपस्थिति थियो। सबैले सडक निर्माणलाई ग्रामीण विकासका लागि अत्यन्त आवश्यक कदमको रूपमा स्वागत गरे।सडक निर्माणपछि यस क्षेत्रका कृषकहरूले सहज रूपमा मल, बीउ, उपकरणजस्ता सामग्री प्राप्त गर्न सक्नेछन्। साथै उत्पादनलाई बजारसम्म लान सहज भएकाले बिचौलियाको निर्भरता घट्ने र कृषकलाई प्रत्यक्ष लाभ हुने अपेक्षा गरिएको छ।
अध्यक्ष यादवले भने , “गाउँमा यस्ता विकास आयोजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके, केन्द्र र प्रदेश सरकारको योजना सफल हुने मात्र होइन, स्थानीय जनताको विश्वास पनि बढ्नेछ।”कार्यक्रममा सहभागी स्थानीय बासिन्दाहरूले सडक निर्माणसँगै सिंचाइ सुविधा, कृषि तालिम, प्रविधि हस्तान्तरण, र कृषकलाई सुलभ ऋण प्रणाली स्थापना गर्नुपर्ने सुझाव दिएका थिए। उनीहरूले बस्तीको दिगो विकासका लागि एकीकृत योजना आवश्यक रहेको धारणा राखे।
गाउँपालिकाले आगामी वर्षहरूमा थप कृषि सडकहरू, सिँचाइ आयोजना तथा कृषिसम्बन्धी व्यवसायिक तालिममार्फत कृषकलाई आत्मनिर्भर बनाउने लक्ष्य लिएको जानकारी पनि कार्यक्रममा दिइयो।यो आयोजना सोनमा गाउँपालिकाभित्र ग्रामीण भौतिक पूर्वाधार सुधारको दिशामा उठाइएको एउटा महत्वपूर्ण कदम हो, जसले आगामी दिनमा समग्र गाउँ विकासमा नयाँ गति दिने अपेक्षा गरिएको छ ।
निर्वाचन सुरक्षाका लागि महोत्तरीमा इजाजत प्राप्त हातहत..
निरन्जन कुमार साह महोत्तरी, पुष २८ गते । जिल्ला प्रशासन कार्यालय महोत्तरीले आगामी २०८२ साल फागुन २९ गते हुने प्..
7 दिन पहिले
महोत्तरीमा केही दिनदेखि बिहान–साँझ बाक्लो हुस्सु, जनजी..
भाग्यरेखा ठाकुर, महोत्तरी ।महोत्तरी जिल्लामा केही दिनदेखि बिहान र साँझ बाक्लो हुस्सु लाग्न थालेपछि जनजीवन प्रभ..
10 दिन पहिले
कठै, यो चिसो
निरन्जन कुमार साह, महोत्तरी कठै, यो चिसो केवल मौसमको कुरा होइन, यो राज्य, समाज र हाम्रो सामूहिक संवेदनशीलताको पर..
10 दिन पहिले
चिसो बढ्दै गर्दा घरपालुवा जनावरमा विशेष ध्यान दिन नेपाल ..
निरन्जन कुमार साह महोत्तरी,पुष १९ गते । मौसम परिवर्तनसँगै चिसो बढ्दै जाँदा घरपालुवा जनावरहरू विभिन्न रोगको ज..
17 दिन पहिले
सहारा मल्टीपर्पस को–अपरेटिभ सोसाइटी लिमिटेड, गौशालाको ..
रोहित यादव पुस १७ गते, महोत्तरी महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा अवस्थित सहारा मल्टीपर्पस को–अपरे..
18 दिन पहिले
निर्वाचन सुरक्षाका लागि महोत्तरीमा इजाजत प्राप्त हातहत..
निरन्जन कुमार साह महोत्तरी, पुष २८ गते । जिल्ला प्रशासन कार्यालय महोत्तरीले आगामी २०८२ साल फागुन २९ गते हुने प्..
7 दिन पहिले
महोत्तरीमा केही दिनदेखि बिहान–साँझ बाक्लो हुस्सु, जनजी..
भाग्यरेखा ठाकुर, महोत्तरी ।महोत्तरी जिल्लामा केही दिनदेखि बिहान र साँझ बाक्लो हुस्सु लाग्न थालेपछि जनजीवन प्रभ..
10 दिन पहिले
कठै, यो चिसो
निरन्जन कुमार साह, महोत्तरी कठै, यो चिसो केवल मौसमको कुरा होइन, यो राज्य, समाज र हाम्रो सामूहिक संवेदनशीलताको पर..
10 दिन पहिले
सहारा मल्टीपर्पस को–अपरेटिभ सोसाइटी लिमिटेड, गौशालाको ..
रोहित यादव पुस १७ गते, महोत्तरी महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा अवस्थित सहारा मल्टीपर्पस को–अपरे..
18 दिन पहिले
मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..
मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..
28 दिन पहिले
गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ
गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..
28 दिन पहिले
निर्वाचन सुरक्षाका लागि महोत्तरीमा इजाजत प्राप्त हातहत..
निरन्जन कुमार साह महोत्तरी, पुष २८ गते । जिल्ला प्रशास..

कमेन्ट गर्नुहोस्
view comments