मधेशमा वर्षा अभावले धान खेती संकटमा, किसान चिन्तित
1 वर्ष पहिले प्रकाशित
(2082-03-23 B.S.)
765 पटक देखिएको
महोत्तरी, असार २३ गते ।
मधेश प्रदेशका अधिकांश जिल्लाहरूमा समयमै वर्षा नहुँदा धान खेती प्रभावित बनेको छ। असार महिनाको अन्त्यतिर पुग्दा पनि धान रोपाइँ सुरु नहुनु किसानहरूका लागि गम्भीर चिन्ताको विषय बनेको छ।
गत वर्षहरूमा यही समयमा लगभग ५० प्रतिशतभन्दा बढी धान रोपिसकिएको अवस्था हुन्थ्यो, तर यो वर्ष भने खेतहरू अझै बाझो छन्।
मधेशको प्रमुख खाद्यान्न बालि मानिने धान यसपाली समयमै रोप्न नसक्दा कृषकहरू आकस्मिक पानीको प्रतीक्षामा छन्। गौशाला नगरपालिका–४ का किसान रामचन्द्र साह भन्छन्, "पानी परेन, सिचाइको प्रयास गरें, तर बिजुलीको लाइन पनि आउने जाने भयो। मोटर चलायो भने लाइन जान्छ, आउन दुई–तीन घण्टा लाग्छ। खेतमा राखेको पानी पनि सुकिसक्यो। खेती गर्न यसपाली धेरै घाटा लाग्ने देखिन्छ।"
त्यस्तै, सोनमा गाउँपालिका वडा नं. २, तरहारिका किसान अनिल यादवले पनि वर्षा नपर्दा आफूहरू समस्यामा परेको बताए। "एक बिघा खेत तयार गरेर जोतेको छु, तर पानी नभएपछि रोप्न सकिएको छैन। गर्मी पनि धेरै छ, माटो सुक्खा छ," उनले दुःख पोखे। उनले भने जल तथा मौसम पूर्वानुमान महाशाखाले यो वर्ष सामान्यभन्दा बढी वर्षा हुने बताएको थियो। तर असार महिनाको अन्त्यसम्म पनि उल्लेखनीय वर्षा नपर्नु किसानहरूका लागि आशा र यथार्थबीचको गहिरो अन्तर बनेको छ।
समयमै वर्षा नभए धानको उत्पादनमा ठूलो असर पर्ने देखिएको छ। सरकारी निकायहरूद्वारा वैकल्पिक सिचाइ सुविधा वा राहत कार्यक्रम सञ्चालन नभएको किसानहरूको गुनासो छ। स्थानीय कृषि प्राविधिकहरूका अनुसार असारमा रोपिएको धानले सबैभन्दा राम्रो उत्पादन दिन्छ। रोपाइँ ढिला हुन थालेमा धानको बोट सानो हुन्छ, बालुवा जमिनमा त झन् उत्पादन घट्न सक्ने जोखिम हुन्छ।
वर्षाको अनिश्चितता, सिचाइको अव्यवस्था र सरकारी बेवास्ताले धान उत्पादनमाथि कालो बादल मडारिएको छ। यदि अबको केही दिनभित्र पानी परेन भने यो वर्ष मधेशको धान उत्पादन विगतको तुलनामा निकै कम हुन सक्ने सम्भावना छ। यस्तोमा सरकारी निकायहरूको चाँडो ध्यान नपुग्ने हो भने किसानको जीवनस्तर मात्र हैन, सम्पूर्ण खाद्य सुरक्षा प्रणाली नै प्रभावित हुन सक्छ।
महोत्तरीमा करिब ७१ हजार हेक्टर खेतीयोग्य जग्गामध्ये ४५ हजार हेक्टरमा धानखेती लगाउने गरिएको कृषि ज्ञान केन्द्र महोत्तरी कार्यालय जलेश्वरले जनाएको छ ।“यसपाली पानी नपरेकाले सिँचाइ अभावले समयमा धानको ब्याड राख्न नसकेपछि अहिलेसम्म रोपाइँ भएको छैन”, कार्यालय प्रमुख एवं वरिष्ठ कृषि अधिकृत देवानन्द यादवले भने, “यसपालि धान रोपाइँ पछि पर्ने छाँट छ ।” मुस्किलले जिल्लामा पूग/नपूग तीन–चार प्रतिशत मात्र रोपाइँ भएको उनले जानकारी दिए ।“जिल्लाको कूल खेतीयोग्य जग्गामध्ये १० प्रतिशत मात्र कुलोको पानी लाग्नेगरी सिँञ्चित छ । यसपालि लामो खडेरीले कुलो चल्ने पानीका स्रोतका मूहान सुकेका छन् । राम्ररी पानी नपरेसम्म मूहान नरसाउने हुँदा यस्ता जग्गामा पनि रोपाइँ हुन सकेको छैन”, यादवले बताए ।
नेपाल प्रहरीलाई मधेश सरकारले १२ वटा पिकअप सवारी साधन हस्..
निरन्जन कुमार साह महोत्तरी, भदौ ९ गते । मधेश प्रदेश सरकार, गृह, सञ्चार तथा कानून मन्त्रालयले सोमबार जनकपुरमा..
1 दिन पहिले
गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
3 दिन पहिले
गरिमा चौधरीका लागि गौशालामा श्रद्धाञ्जलि, दोषीमाथि कडा ..
महोत्तरी, भदौ ६ गते ।बाराको जितपुरसिमरा उपमहानगरपालिकाकी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको..
4 दिन पहिले
मधेशमा धान रोपाइँ ९७.७१ प्रतिशत सम्पन्न
निरन्जन कुमार साह महोत्तरी, साउन २९ गते मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। मधेश प्रदे..
12 दिन पहिले
गौशालामा ग्यासको अभाव नरहेको व्यवसायीहरुको दाबी
गौशाला, साउन २५ गते । देशभर एलपी ग्यासको अभाव भएको चर्चा चलिरहेका बेला महोत्तरीको गौशाला बजारमा ग्यासको अवस्था ब..
16 दिन पहिले

सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..
निरन्जन कुमार साह महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्..
1 महीना पहिले
सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..
महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..
2 महीना पहिले
गरिमा चौधरीका लागि गौशालामा श्रद्धाञ्जलि, दोषीमाथि कडा ..
महोत्तरी, भदौ ६ गते ।बाराको जितपुरसिमरा उपमहानगरपालिका..
गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्..
नेपाल प्रहरीलाई मधेश सरकारले १२ वटा पिकअप सवारी साधन हस्..
निरन्जन कुमार साह महोत्तरी, भदौ ९ गते । मधेश प्रदेश ..
कमेन्ट गर्नुहोस्
view comments